रेखा शर्मा माओवादी केन्द्र, दाङ - २ महिला , ५३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विरुद्ध सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)की रेखा शर्मालाई उठाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की विश्वासपात्र शर्माबीचको प्रतिस्पर्धा दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको छ ।

२०७४ मा यो क्षेत्रबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए । तर, यसपटक उनी नउठ्ने भएपछि शर्माले टिकट पाइन् ।

२०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेकी शर्माले २०७२ मा सामान्य प्रशासनमन्त्री बन्ने अवसर पाइन् । २०७४ सालमा पनि उनी समानुपातिकबाट सांसद बनिन् । प्रत्यक्ष चुनाव लड्ने उनको इच्छा यसपटक पूरा भएको छ ।

९ असोज २०२६ मा घोराहीको रझेनामा जन्मिएकी उनले २०४३ सालदेखि अखिल (क्रान्तिकारी)बाट राजनीति सुरु गरेकी थिइन् । दाङकै महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण उनी अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष र २०४८ मा अनेमसंघ (क्रान्तिकारी) दाङको अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष भइन् ।

२०५७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी शर्मा त्यसबीचमा काठमाडौं उपत्यका उपब्युरो प्रमुख भइन् । त्यही क्रममा २०५८ चैतमा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गणमा कठोर यातना झेलिन् ।

‘हामीले एक वर्षसम्म रौरव नरक भोग्यौं’ शर्मा भन्छिन्, ‘सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ चैत ३१ गते त्यहाँबाट उम्किएर दुवैजना पार्टी सम्पर्कमा फर्कियौं ।’

अहिले उनी पार्टीको स्थायी कमिटी सदस्य पनि हुन् । र, नयाँ मिसन थपिएको छ– एमालेका महासचिव शंकर पोखरेललाई हराउने । यसक्रममा बस्ती–बस्ती पुग्दा मतदाताले हौसला दिएको बताउँदै उनी भन्छिन्, ‘४ मंसिरसम्म यही माहोल कायम राख्न सके हामी जित्छौं ।’

दाङ–२ को अंकगणित

गत वैशाखको स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत अनुसार दाङ–२ मा एमाले सबभन्दा ठूलो दल हो । उक्त निर्वाचनमा एमालेले ३३ हजार ५९३, नेपाली कांग्रेसले २३ हजार ३०१, माओवादी केन्द्रले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र एकीकृत समाजवादीले २ हजार ९४२ मत पाएका छन् ।

गठबन्धनको भावना अनुसार नै मत खसेको अवस्थामा भने यो आमनिर्वाचनमा एमालेलाई कठिन पर्ने देखिन्छ । त्यसैले सत्ता गठबन्धन र एमाले आफ्नो मत जोगाउँदै विपक्षीको मत तल–माथि पार्ने रस्साकस्सीमा छन् ।

गत स्थानीय निर्वाचनमा १० हजार मत बदर हुँदा पनि गठबन्धनका माओवादी उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५ हजार ३६० मत अन्तरले हराउँदै एमालेका नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

तर, एमालेको बलियो पकड रहेको घोराही उपमहानगरका १, २, ३ र ५ नम्बर वडा क्षेत्र नम्बर १ मा पर्ने भएकाले त्यताको मत शंकरलाई नजाने र त्यसको फाइदा रेखालाई हुने सत्ता गठबन्धनको विश्लेषण छ ।

माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य दाङ–२ को प्रदेश सभातर्फका दुईवटै सीट कांग्रेसले लिएर तालमेल भएकाले भोट गठबन्धन भावना अनुसारै खस्ने र अपेक्षित विजय हासिल हुने दाबी गर्छन् । प्रदेश सभातर्फ दाङ २ (१) मा कांग्रेसका राजु खनाल र २ (२) मा प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ उम्मेदवार छन् ।

Full Read

दाङ - २ का उम्मेदवारहरु

२०७९ २०७४
शंकर पोख्रेल
दाङ, दाङ - २
बर्ष: ५९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२६६८७
रेखा शर्मा
दाङ, दाङ - २
बर्ष: ५३, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २६८८०
बिशाल अधिकारी
दाङ, दाङ - २
बर्ष: २९, पुरुष
गठबन्धन:
१४२१५
भोलानाथ योगी
दाङ, दाङ - २
बर्ष: ६१, पुरुष
गठबन्धन:
२२७३
रेशम चौधरी
दाङ, दाङ - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
४८२
आसा राम वैद्य
दाङ, दाङ - २
बर्ष: ५५, पुरुष
गठबन्धन:
२४
बर्ष: ६४, पुरुष
गठबन्धन:
९१
शसीराम चौधरी
दाङ, दाङ - २
बर्ष: ४७, पुरुष
गठबन्धन:
२७१
बर्ष: ३७, पुरुष
गठबन्धन:
४८४
बर्ष: ३६, पुरुष
गठबन्धन:
५२
बर्ष: ५९, पुरुष
गठबन्धन:
९६७
गीता रावत
दाङ, दाङ - २
बर्ष: ४६, महिला
गठबन्धन:
१९७
यमलाल जि.सी.
दाङ, दाङ - २
बर्ष: ४३, पुरुष
गठबन्धन:
८८
भुपनाथ अर्जेल
दाङ, दाङ - २
बर्ष: ४२, पुरुष
गठबन्धन:
१५
बर्ष: ४९, पुरुष
गठबन्धन:
१५८
बर्ष: ५८ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ४००४२ मत
राजु खनाल
दाङ , दाङ - २
बर्ष: ५१ , पुरुष
गठबन्धन:
गगन शाह
दाङ , दाङ - २
बर्ष: २७ , पुरुष
गठबन्धन:
ठाकुर रोका
दाङ , दाङ - २
बर्ष: ४० , पुरुष
गठबन्धन:
बालाराम पौडेल
दाङ , दाङ - २
बर्ष: ३५ , पुरुष
गठबन्धन:

चुनावी समाचार