Home Candidate अरबिन्द साह

राजनीतिक इञ्जिनियरिङतर्फ प्रविधि इञ्जिनियर

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
अरबिन्द साह
बारा - ३ उम्मेदवार

अरबिन्द साह

पुरुष , ४१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि इञ्जिनियर अरविन्द साहलाई उम्मेदवार बनाएको छ ।

२०४१ वैशाख ५ गते जन्मिएका अरविन्द बाराको महागढीमाई नगरपालिका–७, तेलकुवानिवासी हुन् । गाउँको पूर्वाधार कमजोर अवस्थामा रहेको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले माध्यमिक तथा उच्च शिक्षा कलैया र वीरगञ्जबाट पूरा गरेका हुन् ।

साहले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन् । त्यसपछि ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले उक्त तहमा नेपालमै पहिलोपटक आईसीटी इन एग्रिकल्चर विषयमा थेसिस गरेका थिए।

यस कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक सहयोगसमेत प्राप्त गरेका थिए। हाल उनी ग्रामीण विकास विषयमै एमफिल/पीएचडी अध्ययनरत छन्।

ग्रामीण जनजीवन, कृषि कर्म र सामुदायिक परिवेशमै उनको बाल्यकाल बितेको हो। बाबु–आमा दुवै शिक्षक भएकाले शिक्षाप्रतिको लगाव सानैदेखि विकास भएको देखिन्छ। उनका भाइ छात्रवृत्तिमार्फत चिकित्सा शिक्षा अध्ययनरत रहेका छन् भने दाइ पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङ उत्तीर्ण हुन्।

सन् २००८ मा पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा चार जना साथीहरूसँग मिलेर अरविन्दले ‘जानकी टेक्नोलोजी’ स्थापना गरेका थिए । विगत १५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमार्फत देशव्यापी रूपमा ‘स्प्यारो एसएमएस’ सेवा प्रदान गर्दै आएका छन्।

सन् २०१६ मा खल्ती एपमार्फत डिजिटल सेवा प्रदायकको रूपमा काम सुरु गरेका उनले हाल १ करोड ३० लाखभन्दा बढी प्रयोगकर्तालाई वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन्। 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • प्रविधि र नवप्रवर्तनको बलियो पृष्ठभूमि
  • सफल डिजिटल उद्यमी
  • ग्रामीण विकाससँग सम्बन्ध

प्रतिकूलता

  • प्रत्यक्ष राजनीतिक अनुभवको अभाव
  • परम्परागत चुनावी माहोल
  • सांगठनिक संरचनाको चुनौती
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

अरबिन्द साहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित