Home Candidate चन्द्रकान्त राउत

निकटतम प्रतिद्वन्द्वीले मैदान छाडे पनि छैन सहज

http://जनमत%20पार्टी
चन्द्रकान्त राउत
सप्तरी - २ उम्मेदवार

चन्द्रकान्त राउत

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Political Nature Election History Timeline

गत  निर्वाचनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र यादवले यो निर्वाचन क्षेत्र छाड्नु राउतका लागि अनुकूलता हो । तर समानुपातिकमा दोस्रो बढी मत पाएको जसपा नेपाल, तेस्रो बढी मत पाएको लोसपा र जनता प्रगतिशील पार्टी एकीकरणको असर निर्वाचन परिणाममा देखिन सक्छ ।

 

०००

२०७९ को निर्वाचनमा सप्तरी–२ बाट डा. चन्द्रकान्त (सीके) राउत निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी थिए, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव । यसपटक यादव निर्वाचन क्षेत्र परिवर्तन गरेर सप्तरी–३ पुगेका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले पुनः सप्तरी–२ बाटै उम्मेदवारी दिएका छन् । स्वराजको नारा लगाएर नेपाली राजनीतिमा आएका उनी संसदीय राजनीतिमा अभ्यस्त हुँदै गएका छन् ।

सप्तरी, महदेवाका स्थायी बासिन्दा उनले बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन् । पढाइ सकेपछि राउतले अमेरिकामा काम गरे । राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल आएका उनी ‘स्वतन्त्र मधेश’ अभियान चलाएर विवादित भए ।

डा. राउतका ‘वैरागदेखि बचावसम्म’, ‘वीर मधेशी’, ‘मधेशका इतिहास’ लगायतका पुस्तक प्रकाशित छन् ।

स्वतन्त्र मधेश गठबन्धन नामक पार्टी खोलेर ६ वर्ष अभियान चलाउँदा उनी पटक–पटक पक्राउ र जेल परे । राज्य विप्लवको मुद्दामा जेल सजाय भोगिरहेका उनी २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आए । त्यस क्रममा उनले स्वतन्त्र मधेश गठबन्धन पार्टी विघटन गरेर जनमत पार्टी गठन गरे ।

जनमत पार्टीले २१ फागुनको निर्वाचनका लागि ६१ वटा क्षेत्रमा उम्मेदवार उठाएको छ ।

२०७९ को निर्वाचनमा राउतले जसपा नेपालका अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवको १६ हजार ९७९ मत पाएका थिए ।

७ हजार ३४७ मतसहित तेस्रो स्थानमा आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जसपा नेपालबीच पार्टी एकीकरण भएको छ । समानुपातिकमा जसपा नेपालको १४ हजार ९५ र लोसपाको ५ हजार १४९ मत थियो ।

गत निर्वाचनमा समानुपातिकमा जनमत पार्टीले २९ हजार ८०२ मत पाएको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रको ४ हजार ३९८, नेपाली कांग्रेसको २ हजार ६१६, नेकपा एमालेले १ हजार २४५, नेकपा एकीकृत समाजवादीले १ हजार २३२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७०९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ५१० मत पाएको थियो ।

२०७९ को निर्वाचनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र यादवले यो निर्वाचन क्षेत्र छाड्नु राउतका लागि अनुकूलता हो । तर समानुपातिकमा दोस्रो बढी मत पाएको जसपा नेपाल, तेस्रो बढी मत पाएको लोसपा र जनता प्रगतिशील पार्टी एकीकरणको असर निर्वाचन परिणाममा देखिन सक्छ ।

पार्टीभित्र असन्तुष्टि बढ्दै गर्दा अघिल्लो निर्वाचनको तुलनामा जनमत पार्टीप्रतिको रापतापमा कमी आएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले आफ्नै पार्टी खोलेर सप्तरी–२ बाटै उम्मेदवारी दिएका छन् ।

जसपा नेपालले उमेशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीले सूर्यनाथप्रसाद यादव, नेपाली कांग्रेसले रामकुमार यादव, नेकपा एमालेले मोहम्मद जियाउल रहमान र राष्ट्रिय प्रजातन्त्र पार्टीले अजयकुमार दासलाई उठाएको छ ।

डा. राउत यो क्षेत्रका बलिया उम्मेदवार भएकोमा भने सन्देह छैन ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अघिल्लो निर्वाचनका प्रतिद्वन्द्वी यो क्षेत्रबाट नउठ्नु
  • संगठन विस्तार
  • संसदीय राजनीतिमा अनुभव

प्रतिकूलता

  • जसपा नेपाल र लोसपाको एकता
  • पार्टी भित्रको असन्तुष्टि
  • घट्दो रापताप
शिक्षा
विद्यावारिधि

राजनीतिक स्वभाव र शैली

बौद्धिक विद्रोही

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका वैज्ञानिक। अमेरिकाको सुखद जीवन छोडेर मधेशको मुद्दा उठाउन नेपाल आएका।

रूपान्तरण

सुरुमा 'स्वतन्त्र मधेश' को विखण्डनकारी नारा लिएर हिँडे पनि २०७५ मा राज्यसँग सम्झौता गरी मूलधारको राजनीतिमा आएर शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो रोजेका।

किसान र रोजगार केन्द्रित

राजनीतिमा 'नौलो गणतन्त्र', 'भक्तराज' र 'किसान आन्दोलन' जस्ता फरक एजेन्डा स्थापित गर्न खोज्ने। उनको राजनीति परम्परागत मधेशवादी दलभन्दा सेवा प्रवाहमा बढी केन्द्रित छ।

कठोर अनुशासक

पार्टीभित्र कडा अनुशासन लागू गर्न खोज्ने, जसका कारण कहिलेकाहीँ आन्तरिक विद्रोह (जस्तै: सतिश सिंहको विद्रोह) पनि निम्तिएको छ।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ सप्तरी-२ उपेन्द्र यादव १६९७९ ३५०४२ १८०६३ विजयी

राजनीतिक टाइमलाइन

२०६८

स्वतन्त्र मधेश गठबन्धन घोषणा

पुल्चोक क्याम्पस (बीई), क्याम्ब्रिज युनिभर्सिटी (पीएचडी)। अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत। २०६८ सालमा नेपाल फिर्ती र 'स्वतन्त्र मधेश गठबन्धन' को घोषणा।

२०७५ सम्म

राज्य विप्लवको मुद्दा

राज्य विप्लवको मुद्दा, पटक–पटक गिरफ्तारी, जेल जीवन र भूमिगत शैलीको राजनीति।

२०७५ (फागुन २४)

ओली सरकारसँग ११ बुँदे सहमति

केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको एजेन्डा त्याग र खुला राजनीतिमा अवतरण।

२०७५ (चैत)

जनमत पार्टी गठन

ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमतिपछि जनमत पार्टी गठन ।

२०७९ (मंसिर)

प्रतिनिधिसभा सदस्य निर्वाचित

सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित।

२०७९ - २०८१

सडकदेखि सदनसम्म

सडक आन्दोलन र सरकार (संघ/प्रदेश) दुवै मोर्चामा सक्रिय। मधेश प्रदेशमा मुख्यमन्त्री (सतिश सिंह) बनाएर सत्ता अभ्यास।

चन्द्रकान्त राउतको उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्दी

चन्द्रकान्त राउत
सतिश कुमार सिंह स्वाभिमान पार्टी
राम कुमार यादव नेपाली कांग्रेस
VS