Home Candidate भरत कुमार स्वार

जिविस सभापतिको अनुभव बोकेर संसद् छिर्ने लक्ष्य

अछाम - १ उम्मेदवार

भरत कुमार स्वार

नेपाली कांग्रेस
पुरुष , ७० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४९ मै जिल्ला विकास समिति सभापतिमा निर्वाचित स्वारले दुई कार्यकाल कांग्रेस अछामको नेतृत्व गरिसकेका छन् ।

०००

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट भरतकुमार स्वारलाई उम्मेदवार बनाएको छ ।

२०१२ असार २४ मा जन्मिएका नेपाली कांग्रेसका नेता भरतकुमार स्वार अछामको साँफेबगर नगरपालिका-७ रिडिकोटका स्थायी बासिन्दा हुन् । साविक रिडिकोट गाविस-२ मा जन्मिएका स्वारले निरंकुश पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

बीपी कोइरालाबाट २०३४ सालमा कांग्रेसको सदस्यता लिएका उनले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । २०४३ सालमा कांग्रेसले जनताबाट टाढा नहुने नीति लिएर स्थानीय चुनावमा सहभागी हुँदा उनी जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

२०४३ सालमा अछामलाई मदिरा निषेधित जिल्ला घोषणा गराउन स्वारको योगदान अतुलनीय छ । आन्दोलनका क्रममा बाजुरा र अछामका विभिन्न कारागारमा उनले जेल जीवन बिताउनु परेको थियो ।

नेता स्वार २०४९ मा जिल्ला विकास समिति सभापतिमा निर्वाचित भए । जिल्ला विकास समिति सभापति हुँदा उनले अछामको बयलपाटामा जनता क्याम्पस स्थापना गरे ।

स्वारले अछामका विभिन्न स्थानमा १४८ वटा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालयको स्थापना तथा स्तरोन्नतिको काम पनि गरे ।

लोकसेवा आयोगबाट स्वीकृति लिएर ६५० शिक्षक दरबन्दी सिर्जना गरी स्थायी नियुक्ति दिलाएका स्वारले बुढीगंगा, कैलाश खोलालगायतका सिँचाइ योजनाको निर्माण गरे । स्वार जिविस सभापति हुँदा अछामका ५५ गाविसमा स्वास्थ्य चौकी स्थापना गरिएको थियो ।

कैलाश खोला साना जलविद्युत आयोजनाको निर्माण, महिला, दलित तथा पिछडिएका वर्गका लागि साक्षरता अभियान, बाल अधिकार तथा छाउपडी कुप्रथाविरुद्ध अभियान सञ्चालनमा पनि स्वारको योगदान छ ।

२०७४  को आमनिर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भीम रावलसँग पराजित भएपछि स्वारको संसदीय यात्राको पहिलो प्रयास असफल भयो ।

रावल २४ हजार ८९३ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा स्वारको पक्षमा १७ हजार ६८९ मत खसेको थियो ।

उनले दुई कार्यकाल कांग्रेस अछामको नेतृत्व गरिसकेका छन् । उनी २०५६ र २०७२ सालको अधिवेशनबाट कांग्रेस अछामको जिल्ला कार्यसमिति सभापतिमा निर्वाचित भएका थिए ।

स्वारलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेबाट दीपकबहादुर साउद, नेपाली कम्युनिस्ट पार्टीबाट भीमबहादुर रावल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल उम्मेदवार छन् ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव र संगठनात्मक पकड
  • विकास र सामाजिक अभियानमा ठोस योगदान
  • पुरानो कांग्रेस मतदाता आधार र पहिचान

प्रतिकूलता

  • अघिल्लो निर्वाचनमा पराजयको मनोवैज्ञानिक प्रभाव
  • बलिया उम्मेदवारबीच प्रतिस्पर्धा
  • नयाँ पुस्तामा आकर्षण बढाउनुपर्ने चुनौती
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

भरत कुमार स्वार को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित