निर्वाचन क्षेत्र फेर्दै प्रतिस्पर्धा गर्दै
Battleground Analysis
अनुकूलता
- गठबन्धन शक्ति: महन्थ ठाकुरको लोसपासँगको एकता। रुपनी (लोसपा) र विष्णुपुर (जसपा) गाउँपालिकामा स्थानीय सरकार भएकाले 'ग्रासरुट' भोट एकठ्ठा हुने आशा।
- रणनीतिक खेलाडी: अन्तिम समयमा साम, दाम, दण्ड, भेद प्रयोग गरेर नतिजा आफ्नो पक्षमा पार्न सक्ने खुबी।
- अनुभव: राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व भएकाले 'केन्द्रमा पहुँच' को आश्वासन।
प्रतिकूलता
- जनमतको लहर: २०७९ को समानुपातिक मतमा सप्तरी–३ मा जनमत पार्टी पहिलो (१८,३४० मत) थियो। यदि जनमतले बलियो उम्मेदवार उठाएमा यादवलाई सबैभन्दा ठूलो खतरा तिनै हुन्।
- 'भगौडा' ट्याग: मोरङ, सुनसरी, सप्तरी–२, बारा–२ हुँदै सप्तरी–३ डुल्ने 'पर्यटक' नेता भन्ने विपक्षीको आरोप।
- पार्टी विभाजन: अशोक राई समूह छुट्टिएर जाँदा पार्टीको संगठन कमजोर भएको र कार्यकर्तामा निराशा।
राजनीतिक स्वभाव र शैली
विद्रोही र सम्झौतावादी
अन्तरिम संविधान जलाएर मधेस आन्दोलनको आँधी ल्याउने विद्रोही स्वभाव। तर, सत्ताका लागि एमाले, कांग्रेस र माओवादी सबैसँग समीकरण बनाउन सक्ने लचकता (वा अवसरवाद)।
निर्वाचन क्षेत्रका यायावर
सुनसरी, मोरङ, सप्तरी–२, बारा–२ हुँदै अब सप्तरी–३। उनी एउटै क्षेत्रमा टिकेर राजनीति गर्ने भन्दा पनि 'सुरक्षित क्षेत्र' को खोजीमा भौंतारिने नेताका रूपमा देखिन्छन् ।
फुट र जुटको केन्द्र
फोरमदेखि जसपा नेपालसम्म आइपुग्दा उनको नेतृत्वमा दर्जनौं पटक पार्टी फुट्ने र जुट्ने क्रम चलिरह्यो। पछिल्लो समय अशोक राई समूहको बहिर्गमन र लोसपासँगको एकता/सहकार्य यसकै निरन्तरता हो।
बौद्धिक पृष्ठभूमि
विज्ञान (खाद्य प्रविधि) र मानविकीमा स्नातकोत्तर गरेका उनी मधेसको मुद्दालाई सैद्धान्तिक रूपमा व्याख्या गर्न सक्ने थोरै नेताहरूमा पर्छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | मोरङ-५ | अमृतकुमार अर्याल | १०३२४ | २७५०८ | १७१८४ |
|
| २०६४ | सुनसरी-५ | मोहम्मद महफुज अन्सारी | ९३८९ | २३९३९ | १४२५० |
|
| २०७० | मोरङ-५ | अमृत अर्याल | १५२५४ | १२५६६ | २६८८ | पराजय |
| २०७० | सुनसरी-५ | गफार अन्सारी | ६८८१ | ७२६४ | ३८३ |
|
| २०७४ | सप्तरी-२ | उमेश यादव | ११५३२ | २१६२० | १००८८ |
|
| २०७९ | सप्तरी-२ | सीके राउत | ३५०४२ | १६९७२ | १८०६३ | पराजय |
| २०८० (उप) | बारा-२ | शिवचन्द्र कुशवाह | २३५२९ | २८४१५ | ४८८६ |
|
राजनीतिक टाइमलाइन
२०३२: विद्यार्थी राजनीति (पुष्पलाल समूह) बाट । २०३५: नेपाल कम्युनिस्ट पार्टीको सदस्यता।
एमाले हुँदै जनाधिकार फोरम
२०४६: नेकपा (एमाले) मा सक्रिय (सुनसरी–मोरङ)। २०५४: एमाले परित्याग। 'मधेसी जनअधिकार फोरम' (गैरसरकारी संस्था) गठन।
मधेस आन्दोलनको नेतृत्व
२०६३/६४: मधेस जनविद्रोहको नेतृत्व। फोरमलाई पार्टीमा रूपान्तरण।
संविधानसभामा जय-पराजय
२०६४ (संविधानसभा-१): मोरङ–५ र सुनसरी–५ दुवै क्षेत्रबाट विजयी। उपप्रधान तथा परराष्ट्रमन्त्री। २०७० (संविधानसभा-२): मोरङ–५ मा पराजित।
उपप्रधानमन्त्री
सप्तरी–२ बाट विजयी। उपप्रधान तथा स्वास्थ्य/कानुन मन्त्री।
ठूलो मतान्तरको पराजय
२०७९ (मंसिर): सप्तरी–२ मा जनमत पार्टीका सीके राउतसँग भारी मतान्तरले पराजित।
उपनिर्वाचनबाट सांसद
बारा–२ को उपनिर्वाचनमा विजयी (गठबन्धनको बलमा)।
लोसपासँग एकता
चुनावअघि लोसपासँग एकता गर्दै नेतृत्वको जिम्मेवारीमा ।
उपेन्द्र यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?









