Home Candidate गोविन्द भट्टराई

उपनिर्वाचनको बदला लिने लक्ष्य

तनहुँ - १ उम्मेदवार

गोविन्द भट्टराई

नेपाली कांग्रेस
पुरुष , ६२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

तनहुँलाई आईटी हब बनाउने एजेन्डा सहित कांग्रेस उम्मेदवार भट्टराई चुनावी प्रचारमा छन् ।

०००

तनहुँ क्षेत्र नम्बर–१ बाट चुनाव जित्दै आएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि गोविन्द भट्टराईले २०८० सालको उपनिर्वाचनमा उम्मेदवार हुने अवसर प्राप्त गरे । उक्त उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग पराजित भए । अहिले उनै वाग्ले प्रतिस्पर्धी पाएका छन् । जसका कारण भट्टराईलाई यो निर्वाचन जितेर वाग्लेसँग बदला लिने अवसर छ ।

उपनिर्वाचनको अघिल्लो महिना कांग्रेस परित्याग गरेर रास्वपाको उम्मेदवार बनेका थिए वाग्ले । उनै वाग्लेसँग उपनिर्वाचन हारे पनि भट्टराईका लागि एउटा बेग्लै पहिचान भने बनाइदियो, त्यो हो– पानी मान्छे । जिल्लाको सुगमदेखि दुर्गम स्थानका नागरिकका लागि खानेपानी समस्या समधान गर्ने पात्रका रूपमा उनी परिचित छन् । जिल्लावासीले उनलाई ‘पानी मान्छे’ को रूपमा चिन्छन् । तनहुँका अधिकांश ग्रामीण बस्तीमा खानेपानीको योजना पार्न उनको भूमिका रहेको जिल्लाका कांग्रेस नेताहरू बताउँछन् ।

२०२० सालमा तनहुँको व्यास नगरपालिका-११ रामथुम्कीमा जन्मिएका नेता भट्टराई कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । विद्यार्थी संगठनमा काम गरेर पार्टी राजनीतिमा उनी प्रवेश गरेका हुन् । कांग्रेसको भ्रातृ संस्था नेविसंघको पूर्व अध्यक्ष समेत हुन् । २०३५ सालमा नेविसंघको सदस्य बनेका भट्टराई २०५३ सालमा नेविसंघको सर्वोच्च पदमा पुगे । २०५३ देखि २०५७ सालसम्म दुई कार्यकाल उनी नेविसंघ अध्यक्ष थिए ।

संघीय संसदका लागि पहिलोपटक प्रतिस्पर्धा गर्दा उपनिर्वाचनमा रास्वपाका उपसभापति डा. वाग्लेसँग उनी पराजित भए । यसपटक भट्टराईका लागि रास्वपाका प्रतिस्पर्धी उनै वाग्ले छन् । उपचुनावमा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए । एमालेबाट यो निर्वाचनका लागि यस क्षेत्रको उम्मेदवार परिवर्तन गरेको छ । त्यसबेला एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार थिए भने यसपटक भगवती न्यौपाने प्रतिस्पर्धामा छन् ।

तनहुँलाई आईटी हब बनाउने एजेन्डा सहित कांग्रेस उम्मेदवार भट्टराई चुनावी प्रचारमा छन् ।

‘युवा भाइबहिनी आईटी सेक्टरमा उत्साह र हुटहुटी छ, त्यसलाई एउटा सुनौलो अवसरमा बदल्ने योजना बनाएको छु,’ भट्टराई भन्छन्, ‘तनहुँ अब बन्नेछ नेपालकै आईटी हब । यसका लागि मैले बनाएको योजनाको खाका केही दिनमा सार्वजनिकसमेत गर्नेछु ।’

तनहुँ सदरमुकाम दमौलीमा सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिबद्धता सहित भट्टराईले मत मागिरहेका छन् ।

अनुकूलता 

  • खानेपानी योजनामा योगदान 
  • नेविसंघ नेतृत्वदेखि कांग्रेस केन्द्रीय तहसम्मको राजनीतिक अनुभव
  • तनहुँलाई आईटी हब बनाउने र सुविधा सम्पन्न अस्पताल बनाउने स्पष्ट विकास एजेन्डा।

प्रतिकूलता 

  • अघिल्लो उपनिर्वाचनमा स्वर्णिम वाग्लेसँग पराजित भएकाले मनोवैज्ञानिक दबाब
  • रास्वपा र एमाले उम्मेदवारसँग बहुकोणीय प्रतिस्पर्धा
  • नयाँ राजनीतिक शक्तिको प्रभावका कारण परम्परागत मत आधारमा चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गोविन्द भट्टराई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित