Home Candidate जयप्रकाश थारू

संविधानसभाका अनुभवी जयप्रकाश प्रतिनिधिसभाको यात्रामा

पर्सा - ४ उम्मेदवार

जयप्रकाश थारू

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

विकास, समानता र सामाजिक न्यायका मुद्दाहरूलाई आफ्नो चुनावी नारा बनाएर थारू यतिखेर जनताको घरदैलोमा पुगिरहेका छन् । समृद्ध र समावेशी समाज निर्माण आफ्ने मूल ध्येय भएको उनले बताउँदै आएका छन् ।

०००

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सा क्षेत्र नम्बर ४ बाट जयप्रकाश थारूलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ ।

पर्साको जिराभवानीपुर गाउँपालिका, भवानीपुरका स्थायी बासिन्दा थारू १७ फागुन २०१७ सालमा जन्मेका हुन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट आइकम गरेका उनको राजनीतिक यात्रा क्याम्पस पढ्दादेखि नै सुरु भएको थियो ।

विद्यार्थी हुँदा नै कम्युनिस्ट विचाराधाराप्रति आस्था राख्ने उनी सामाजिक कार्यमा सक्रिय भए । सामाजिक न्यायका लागि लामो संघर्ष गरे ।

समाजमा राम्रो छवि भएकै कारण २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनलाई नेकपा एमालेले तत्कालीन पर्सा-५ बाट टिकट दियो । उनी नेपाली कांग्रेसका नेता रमेश रिजाललाई पराजित गर्दै संविधान सभा सदस्य बने ।

संविधान निर्माणमा खेलेको प्रभावकारी भूमिकाकै कारण उनलाई एमालेले २०७४ र २०७९ सालमा पर्सा-४ (क) को प्रदेशसभा सदस्यमा टिकट दियो । तर दुवै निर्वाचनमा पराजित भए ।

प्रदेशसभा सांसदमा पराजित भए पनि उनी एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय बने । त्यसपछि एमाले मधेश प्रदेशका संयोजक समेत बने ।

पार्टीमा भूमिका राम्रो हुँदाहुँदै पनि एमालेको ११औं महाधिवेशन ताका भने थारू पार्टी नेतृत्वप्रति असन्तुष्ट बने । उनी आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन चाहन्थे । तर एमाले अध्यक्ष केपी शर्मा ओली इतरको ट्याग लागेपछि उनलाई क्षेत्रबाटै पाखा लगाइयो । प्रतिनिधि छनोटप्रति गम्भीर असन्तुष्टि पोख्दै एमाले छाडे ।

एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थारू अहिले पर्सा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

विकास, समानता र सामाजिक न्यायका मुद्दाहरूलाई आफ्नो चुनावी नारा बनाएर थारू यतिखेर जनताको घरदैलोमा पुगिरहेका छन् । समृद्ध र समावेशी समाज निर्माण आफ्ने मूल ध्येय भएको उनले बताउँदै आएका छन् ।

थारूले प्रतिस्पर्धा गरिरहेको यो क्षेत्रमा नेपाली कांग्रेसका निकै अनुभवी र प्रभावशाली मानिने रमेश रिजाल नै उम्मेदवार छन् । एमालेले भने जालिम मियाँ मन्सुरीलाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालले जिराभवानी गाउँपालिका स्थायी घर भएका कृपासिन्धुप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । उनी पूर्वराष्ट्रिय योजना आयोगका सदस्य एवं ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत हुन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता टेकबहादुर शाक्यले उठाएको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चन चुनावी मैदानमा छन् ।

अनुकूलता

  • लामो राजनीतिक अनुभव
  • स्थानीय पहिचान र सामाजिक छवि
  • विकास र सामाजिक न्याय केन्द्रित एजेन्डा

प्रतिकूलता

  • पछिल्ला दुई प्रदेशसभा निर्वाचनमा पराजित
  • पार्टी परिवर्तनको प्रभाव
  • बलिया प्रतिस्पर्धी उम्मेदवार

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

जयप्रकाश थारू को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित