Home Candidate कुलमणि देवकोटा

खुल्ला दिशामुक्त क्षेत्र अभियानकर्ता कुलमणि

सुर्खेत - २ उम्मेदवार

कुलमणि देवकोटा

नेकपा एमाले
पुरुष , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा एमालेका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार छन्– कुलमणि देवकोटा । २०२९  साल चैत १० गते सुर्खेतको वीरेन्द्रनगर₋११, गाग्रेतालमा जन्मिएका उनी स्कुले जीवनदेखिनै स्काउट, रेडक्रस लगाएका सामाजिक संघ संस्थामा सक्रिय थिए । २०४९ सालदेखि राजनीतिमा छन् ।

देवकोटाले २०४९ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतबाट तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौँबाट राजनीति यात्रा सुरु गरेका थिए । २०५४ सालमा तत्कालीन सुर्खेतको जर्बुटा गाविस वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार थिए । र, जनताको मन र मत जिते ।

त्यसयता २०५४ को निर्वाचनपछि जनमोर्चा छाडेर उनी नेकपा एमालेमा आबद्ध भएका थिए । २०५६ सालमा एमाले जिल्ला कमिटीको सदस्य भएका उनी जिल्ला २०८० अघि जिल्ला उपाध्यक्ष भए । नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशन २०८१ मा देवकोटा अध्यक्षमा निर्वाचन भएका हुन् । 

देवकोटाले संगठित सदस्यता भने नेकपा मसालबाट २०५२ सालमै दिएका थिए । ६० को दशकमा देशलाई नै खुल्ला दिशामुक्त क्षेत्र अभियानको घोषण हुँदा त्यसको सुरुवात देवकोटाकै नेतृत्वमा सुर्खेतबाट भएको थियो । त्यसबेला देवकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष थिए ।

२०६० सालमा स्थापना भएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सल्लाहकारको रूपमा काम गरे । पछि आयोजना प्रतिनिधि, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको रूपमा काम गरे । 

उनै खुल्ला दिशामुक्त क्षेत्र अभियानकर्ता कुलमणि संसदीय चुनावमा होमिएका छन् । हाल एमाले सुर्खेतका जिल्ला अध्यक्ष रहेका देवकोटाले सुर्खेत बहुमुखी क्याम्पबाट आईएलको पढाइ पूरा गरेका छन् । स्थानीयस्तरमा उनी ‘निडर, हक्की र भिजनरी’ नेताका रूपमा परिचित छन् ।

सुर्खेत २ बाट २०७९ को चुनावमा कांग्रेसका हृदयराम थानी विजयी भएका थिए । २०७४ मा एमालेका नवराज रावत निर्वाचित भएका थिए । यसपटक आफ्नो पक्षमा चुनावी नतिजा पार्ने प्रयासमा एमाले छ ।

२०७४ मा एमाले र तत्कालीन माओवादी मिलेर चुनाव लड्दा भएको पक्षमा नतिजा आएको थियो भने २०७९ मा कांग्रेस र माओवादी मिल्दा कांग्रेसको पक्षमा नतिजा गएको थियो । यसपालि एक्ला एक्लै चुनावी प्रतिस्पर्धा छ ।

अनुकूलता :

खुल्ला दिशामुक्त क्षेत्र अभियान जस्तो देशव्यापी प्रभाव राख्ने अभियानको नेतृत्व गर्दै सामाजिक छवि बनाएका नेता हुन् । स्थानीयस्तरमा अन्य सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

प्रतिकूलता :

विगतमा गठबन्धनको बलमा सहज जित निस्किने गरे पनि यसपटक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । जेनजी आन्दोलनको दमनको दोष नेकपा एमालेले भोग्नु परिरहेको छ ।

व्यक्तिगत विवरण

नाम : कुलमणि देवकोटा

जन्म : २०२९  साल चैत्र १० गते

जन्मस्थान : सुर्खेत

स्थायी ठेगाना : वीरेन्द्रनगर₋११, गाग्रेताल, सुर्खेत

शिक्षा : आईएल

राजनीतिक टाइमलाइन 

२०४९ : तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता

२०५४ : सुर्खेतको जर्बुटा गाविस– १ मा स्वतन्त्र उम्मेदवार र विजयी ।

२०५४ : जनमोर्चा छाडेर एमाले प्रवेश ।

२०५६ :  एमाले जिल्ला कमिटीको सदस्य

२०८१  : एमालेको सुर्खेत जिल्ला कमिटी अध्यक्ष

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कुलमणि देवकोटा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित