चुनावको पहिलो अनुभव लिँदै ललितकुमार
१५ साउन २०४० मा जन्मिएका ललितकुमार चन्द विकशित देशले गरेको विकास नेपालमा पनि सम्भव छ भनेर विश्वास राख्ने पात्र हुन् । बागचौर नगरपालिका वडा नं. ८, सल्याननिवासी चन्दले सिभिल इन्जिनियरिङमा डिप्लोमा तथा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
विगत १८ वर्षदेखि विकास क्षेत्रमा सक्रिय रहेका चन्दसँग जर्मन टेक्निकल कोअपरेसन, स्विच डेभलपमेन्ट कोअपरेसन, इन्टरनेसनल लेबर अर्गनाइजेसन (आईएलओ), यूएनओपीएस तथा संयुक्त राष्ट्र संघीय परियोजना कार्यालय लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आवद्ध भएर काम गरेको अनुभव छ । समुदाय सशक्तीकरण र सुशासनका क्षेत्रमा उल्लेखनीय अनुभव पनि हासिल गरेका छन् ।
विद्यार्थीकालमै अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सचिवालय तहको जिम्मेवारी निर्वाह गरेका चन्द २०७९ पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । रास्वपा सल्यानको संयोजक समेत रहेका उनी हाल रास्वपा कर्णाली प्रदेशको महामन्त्रीको जिम्मेवारीमा छन् ।
उनै चन्दलाई रास्वपाले सल्यानबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी नेपाल विकशित देशको दाँजोमै अगाडि बढ्न सक्ने विश्वाससहित चुनावी अभियानमा रहेका छन् ।
अनुकूलता :
युवा र शिक्षित उम्मेदवार हुन् । राजनीतिमा पुस्तान्तरणको मुद्दा उठिरहेका बेला मतदाताले उनलाई त्यसको प्रतिनिधि मान्न सक्छन् । अध्ययनको विषय र कामको अनुभव बलियो पक्ष बन्न सक्छ ।
प्रतिकूलता :
पहिलोपटक संसदीय चुनाव लड्दैछन् । संसदीय राजनीतिको अनुभव छैन ।
व्यक्तिगत विवरण
नाम : ललितकुमार चन्द
जन्म : २०४० श्रावण १५ गते
जन्मस्थान : सल्यान
स्थायी ठेगाना : बागचौर नगरपालिका वडा नं. ८, सल्यान
शिक्षा: स्नातकोत्तर
ललितकुमार चन्द को उम्मेदवारि कस्तो लागयो ?



