Home Candidate निर्मल आचार्य

जित जोगाउने चुनौती

दाङ - २ उम्मेदवार

निर्मल आचार्य

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य २०३३ असार १५ गते प्यूठानको माण्डवी गाउँपालिका–५, रातापानीमा जन्मिएका हुन् । उनका बुुवा एकराज आचार्य प्यूठान जिल्लामा कम्युनिष्ट नेताका रूपमा परिचित थिए । बुवाको राजनीतिक कर्म उनका लागि शिक्षा र राजनीतिको प्रेरणाको स्रोत बन्यो ।

कक्षा ३ सम्म प्यूठानकै रातापानीस्थित सुन्तानी माध्यमिक विद्यालयमा पढेका उनी कक्षा ५ मा दाङ, देउखुरीको वनगाउँस्थित बालउत्तर उच्च माध्यमिक विद्यालयमा भर्ना भए । २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदा उनी जम्मा १५ वर्षका थिए । जनआन्दोलन पश्चात् तत्कालीन अखिल क्रान्तिकारीको सदस्यता लिए ।

घोराही उपमहानगरपालिका वडा नं. १७, चौघेराका स्थायी निवासी आचार्यले २०५० सालमा एसएलसी उत्तीर्ण गरे । २०५१ सालमा महेन्द्र बहुुमुखी क्याम्पस दाङमा आईएमा भर्ना भए । २०५४ सालमा स्नातक तहमा भर्ना गरे । क्याम्पसबाटै २०५५ सालमा नेपाली सेनाको गिरफ्तारीमा परे । आचार्यले जेलबाट राजनीतिक शास्त्र र अङ्ग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरे ।

हिरासत मुक्त भएपछि भूमिगत राजनीतिमा सक्रिय हुँदै महेन्द्र बहुुमुुखी क्याम्पस दाङबाट स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी सात पटक प्रहरीको गिरफ्तारीमा परे । २०५५ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । त्यस वर्ष माघ २९ गते पुुन: प्रहरीको गिरफ्तारीमा परे । २०५५ फागुुन १९ गतेदेखि २०५६ वैशाख ७ गतेसम्म बेपत्ताको सूचीमा परे । उनलाई २०५६ वैशाख ८ देखि २०५८ भदौ ६ गतेसम्म हिरासतमा राखियो । हिरासत मुक्त भएको तीन महिनापछि २०५८ मंसिर ११ गते तत्कालीन माओवादीको भूूमिगत राजनीतिमा लागे ।

२०६१ सालमा भूमिगत कालमै माओवादी नेता स्व. पोष्टबहादुर बोगटी र राममाया बोगटीकी छोरी प्रतिभा बोगटीसँग आचार्यले जनवादी विवाह गरेका थिए ।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा भूमिगत अवस्थामा पश्चिमी क्षेत्रमा खटिएर आन्दोलन सफल बनाउन भूमिका खेले ।

गत निर्वाचनमा यो क्षेत्रमा माओवादीकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गरेकी थिइन् । त्यतिबेला शर्मालाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

माओवादी र एकीकृत समाजवादी एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । त्यही पार्टीबाट आचार्यले उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट किरणकिशोर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिन आचार्य उठेका छन् ।

– प्रस्तुति : गिरिराज नेपाली

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

निर्मल आचार्य को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित