प्रेम सुवाल नेपाल मजदुर किसान पार्टी, भक्तपुर - १ पुरुष , ६२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

एक सिटे भए पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई संसदमा बलियो गरी चिनाउने निवर्तमान सांसद हुन्, प्रेम सुवाल । २०७० सालदेखि विधायिकामा आएका उनले प्रखर सांसदको परिचय बनाए ।

२०१७ मा जन्मिएका सुवाल २०५४ मा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । भक्तपुरको चर्चित ख्वपः कलेजका संस्थापक अध्यक्ष समेत रहेका उनी २०७० सालमा समानुपातिकबाट दोस्रो संविधानसभामा गएका थिए । त्यसपछि २०७४ मा भक्तपुर–१ बाट सांसद निर्वाचित भए ।

वृद्ध हुँदै गएका पार्टी अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो उत्तराधिकारीका रूपमा अगाडि बढाएका सुवाल यसपटक भक्तपुर–१ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् ।

पछिल्लो समय नेमकिपा खुम्चिंदै गएको छ । २०५१, २०६४ र २०७० को चुनावमा संसदमा चार सिट जितेको यो दल अहिले एक क्षेत्रमा सीमित हुन पुगेको छ । यसले भक्तपुर–२ पनि गुमाइसकेको छ । भक्तपुर–१ भने नेमकिपाको खास गढ रहँदै आएको देखिन्छ ।

यो क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका समेटिएको छ । यसका पनि भक्तपुर नगरपालिकाभित्रको बलियो पकडकै कारण नेमकिपाले स्थानीयदेखि संघीय चुनावसम्ममा सहजै विजय बन्ने गरेको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेमकिपाका सुवालले ३३ हजार ७६, नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार र वाम गठबन्धनबाट उठेका माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३७४ मत पाएका थिए ।

गत स्थानीय चुनावमा नेमकिपाले भक्तपुर नगरपालिकामा ‘क्लिन स्वीप’ गरेको थियो । नेमकिपाका सुनिल प्रजापति २९ हजार २५२ मतका साथ मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका रामप्रसाद कसुला ३ हजार २०७ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवाका सबै क्षेत्रमा राम्रो काम गरेकाले भक्तपुर–१ मा आफ्नो पकड बलियो बनेको नेमकिपाको भनाइ छ । अरू दलले भने नेमकिपाले यहाँ ‘उत्तरकोरियाको शासन लादेको’ आरोप लगाउने गरेका छन् ।

भक्तपुर नगरभित्रै ३० हजारजति परम्परागत मत रहेकाले सबै प्रतिस्पर्धामा नेमकिपा अरूमाथि हावी हुने गरेको छ । यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा भक्तपुर प्राथमिकतामा परेन ।

र पनि, माओवादी केन्द्रका सुनिल गोठे, एमालेका नवराज गेलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरतबहादुर खड्का भक्तपुर–१ मा प्रतिस्पर्धी छन् ।

२०४८ सालयताका चुनावी नतिजा र गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मत हेर्दा यसपटक पनि भक्तपुर–१ मा सुवाल नै सहज जितको अवस्थामा रहेको देखिन्छ ।

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेमकिपाले ३३ हजार ८९५, एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ र माओवादी केन्द्रले १ हजार ३८८ मत पाएका छन् ।

Full Read

भक्तपुर - १ का उम्मेदवारहरु

२०७९ २०७४
नवराज गेलाल
भक्तपुर, भक्तपुर - १
बर्ष: ५७, पुरुष
गठबन्धन: एमाले गठबन्धन
११९६८
सुनिल गोठे
भक्तपुर, भक्तपुर - १
बर्ष: ४०, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
५२८३
भरत बहादुर खड्का
भक्तपुर, भक्तपुर - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
९३०३
हिरालाल खड्का
भक्तपुर, भक्तपुर - १
बर्ष: ५५, पुरुष
गठबन्धन:
२४६
प्रेम सुवाल
भक्तपुर, भक्तपुर - १
बर्ष: ६२, पुरुष
गठबन्धन:
विजयी ४२७६१
दिपक लामीछाने
भक्तपुर, भक्तपुर - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
२७७
अर्जुन प्रसाद नेपाल
भक्तपुर, भक्तपुर - १
बर्ष: ५९, पुरुष
गठबन्धन:
२४०
माधव खत्री
भक्तपुर, भक्तपुर - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
७१७
डम्वर बहादुर थिङ्ग
भक्तपुर, भक्तपुर - १
बर्ष: ३८, पुरुष
गठबन्धन:
२५०
वल राम प्रजापति
भक्तपुर, भक्तपुर - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
३३६
अर्जुन कोजू
भक्तपुर, भक्तपुर - १
बर्ष: ३१, पुरुष
गठबन्धन:
७८
पुष्प राम गेलाल
भक्तपुर, भक्तपुर - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
७५
सुलोचना छ्वाजु
भक्तपुर, भक्तपुर - १
बर्ष: ३६, महिला
गठबन्धन:
३५
गोकर्ण प्रसाद गेलाल
भक्तपुर, भक्तपुर - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
१४०
बाबु राजा जोशी
भक्तपुर , भक्तपुर - १
बर्ष: ६३ , पुरुष
गठबन्धन:
मिलन सुवाल
भक्तपुर , भक्तपुर - १
बर्ष: ३७ , पुरुष
गठबन्धन:
दिपेश न्यौपाने
भक्तपुर , भक्तपुर - १
बर्ष: ३४ , पुरुष
गठबन्धन:
राम सुन्दर हयौमिखा
भक्तपुर , भक्तपुर - १
बर्ष: २६ , पुरुष
गठबन्धन:
निल कण्ठ थापा
भक्तपुर , भक्तपुर - १
बर्ष: ५१ , पुरुष
गठबन्धन:
गोपाल दास बनेपाली
भक्तपुर , भक्तपुर - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
जितेन्द्र खायमली
भक्तपुर , भक्तपुर - १
बर्ष: ३८ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >