पूर्ण बुढामगर नेकपा एमाले, रोल्पा - १ पुरुष , ३६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

१९ कात्तिक, रोल्पा । माओवादी सशस्त्र युद्धको उद्गमथलो रोल्पामा यस पटक नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पनि पूर्व माओवादी नै छन् । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण खारेज भएपछि रामबहादुर थापा बादलसँगै एमालेमै रहेका नेता पूर्णबहादुर बुढा यसपटक एमालेबाट उम्मेदवार बनेका छन् ।

सशस्त्र युद्धका क्रममा वर्षमान पुन मातहतमा धेरै फौजी आक्रमणमा सहभागी भएका बुढा यसपटक पुन विरुद्ध नै चुनावी मैदानमा उत्रिएकाले रोल्पाको प्रतिस्पर्धालाई रोचक मानिएको छ ।

१५ कात्तिक २०४२ मा रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा जन्मिएका पूर्ण विद्यालय अध्ययन गर्दैमा २०५४ सालमा तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्य बनेका थिए । २०५६ सालमा अखिल क्रान्तिकारीको एरिया कमिटी अध्यक्ष हुँदै उनी माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए ।

२०५८ सालमा अखिल क्रान्तिकारीको रोल्पा जिल्लाको कार्यवाहक अध्यक्ष र २०५९ मा माओवादी लडाकुको प्लाटुन कमान्डर र नेकपा माओवादी रोल्पाको जिल्ला कमिटी सदस्य भएका थिए ।

२०६१ मा माओवादी लडाकुको कम्पनी कमान्डर र कम्पनी कमिसारको जिम्मेवारी पाएका उनी पछि बटालियन कमाण्डरसम्म भए । त्यतिबेला उनको कमाण्डर उपराष्ट्रपति नन्दकिशोर पुन थिए । रुकुमको खारा, सल्यानको कपुरकोट ब्यारेक, म्याग्दीको बेनी, पाल्पाको तानसेन, कपिलवस्तुको तौलिहवाका साथै राजमार्गका कमाण्डो भिडन्तमा पनि उनी सहभागी भए । खारा भिडन्तमा त उनी सामान्य घाइते समेत भएका थिए ।

२०५७ मंसिरमा माओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा पूर्णले कमाण्डर वर्षमान पुन मातहतमा काम गरेका थिए । ‘लडाइँका दौरान सयौं मोर्चामा सँगसँगै लड्यौं । पछि वर्षमान पुन पूर्व जानुभयो, मेरो कार्यक्षेत्र पश्चिममा भयो’, पूर्णले भने ।

माओवादी सेना समायोजनको समयमा २०६६ देखि २०६८ पूर्णले बालानन्द शर्मा नेतृत्वको सेना समायोजन विशेष समितिमा रहेर काम गरेका थिए । एमाले र माओवादीको एकीकरण खारेज भएर पूर्ण एमालेमै बसेपछि उनी लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

आफ्नै पूर्व कमाण्डरसँगको प्रतिस्पर्धाबारे उनले भने, ‘त्यति मिठो त लागेको छैन तर राजनीतिमा सबै कुरा सम्भव हुँदोरहेछ ।’ निर्वाचनलाई व्यक्तिगत नभई विचार र सिद्धान्तको लडाइँ भन्ने पूर्ण वर्षमानबारे भन्छन्, ‘उहाँ आफ्नो विचार, सिद्धान्त अनुसार निर्वाचनमा लड्नुहोला म नेकपा एमालेको विचार, सिद्धान्त अनुसार प्रतिस्पर्धा गर्छु ।’

निर्वाचनमा जित–हार स्वाभाविक भएकाले यसलाई सहज रूपमा लिने पूर्ण बताउँछन् ।

३० वैशाखको स्थानीय तह चुनावमा पाएको मतको आधारमा रोल्पामा नेकपा एमाले तेस्रो शक्ति हो । पहिलोमा माओवादी केन्द्र र दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा रोल्पामा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारले ४० हजार ७९१ मत पाए भने नेपाली कांग्रेसले २४ हजार ६६४, नेकपा एमालेले १५ हजार ३०१, राप्रपाले एक हजार २१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत पाएका थिए ।

वर्षमान पुन १५ वर्षसम्म परीक्षण भएको र रोल्पाका लागि केही गर्न नसकेकाले मतदाता आफूतिर आकर्षित हुने बुढाको भनाइ छ । ‘कांग्रेससँग गठबन्धन नरुचाएका माओवादी मतदाताहरूले समेत मलाई भोट दिन्छन्’ बुढाले भने ।

रोल्पाले सशस्त्र युद्धमा ठूलो बलिदानी गरे पनि विकासको प्रतिफल भने पाउन नसकेको, दुई–चार जना नेताको अवस्था मात्र फेरिएको उनले टिप्पणी गरे ।

[ok18_read_this post_id="1213479"]

Full Read

रोल्पा - १ का उम्मेदवारहरु

२०७९ २०७४
पूर्ण बुढामगर
रोल्पा, रोल्पा - १
बर्ष: ३६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१६४८५
बर्षमान पुन
रोल्पा, रोल्पा - १
बर्ष: ५१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ४१७१४
लीला रावल
रोल्पा, रोल्पा - १
बर्ष: ३८, महिला
गठबन्धन:
२५५६
नाती भाइ ह्‍योम्बा
रोल्पा, रोल्पा - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
१५२
राम बहादुर वली क्षेत्री
रोल्पा, रोल्पा - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
८०३
बर्षमान पुन
रोल्पा , रोल्पा - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ४२०८४ मत
अमर सिह पुन
रोल्पा , रोल्पा - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:
साउने बुढा
रोल्पा , रोल्पा - १
बर्ष: ४१ , पुरुष
गठबन्धन:
पुजा परियार
रोल्पा , रोल्पा - १
बर्ष: २६ , महिला
गठबन्धन:

चुनावी समाचार