सत्य नारायण शाह स्वतन्त्र, धनुषा - ३ पुरुष , ६८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

महोत्तरीको एकडारामा जन्मिएका सत्य नारायण शाह पेशाले इञ्जिनियर हुन् । भारतबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक र बेलायतको ब्रिर्मिङ्घम युनिभर्सिटीबाट ‘म्यानुफ्याक्चरिङ इञ्जिनियरिङ’ र व्यस्थापनमा उनले स्तानकोत्तर तह उत्तीर्ण गरेका छन् ।

इञ्जिनियरकारुपमा झण्डै ३३ वर्ष सरकारी सेवा गरेका उनी विकास प्रशासन, सार्वजनिक खरिद प्रक्रिया, ठेक्का र योजना व्यवस्थापन क्षेत्रमा आफू विज्ञ भएको बताउँछन् । यिनै इञ्जिनियर शाहले देशमा राजनीतिकर्मी मात्रै जन्मिएको नेता नजन्मिएको भन्दै धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

‘वास्तविक नेताले आउने निर्वाचनभन्दा बढी देश र सन्ततिको भविष्यको चिन्तन गर्छ’, उनी भन्छन्, ‘तर अहिलेका राजनीतिकर्मीले आउने निर्वाचनमा आफ्नो कसरी जित सुनिश्चित गर्ने भन्ने मात्रै सोचे, सधैँ पद र शक्तिको लागि मात्र प्रयत्नशील रहे ।’ त्यसैले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उनी बताउँछन् ।

नेताहरुले झुठा बाचा र आश्वसन मात्रै दिएको बताउँदै आफूले काम गर्नका लागि चुनावी मैदानमा उत्रिएको शाह बताउँछन् । शाहसँग विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम कार्यालय (आईएलओ), डिफिड, नेपाल आयल निगम, खाद्य उद्योग, हेटौंडा लगायतमा काम गरेको अनुभव पनि छ ।

शाहका अनुसार उनले उद्योगबाट हुने वायु प्रदुषण तथा रोकथाम, मिथिला संस्कृतिको विकासका लागि संगठनात्मक व्यवस्थापन, राजनीतिक शुद्धिकरणका लागि सामाजिक जागरण लगायतका विषयमा अध्ययन अनुसन्धानमूलक कार्यपत्र विभिन्न सन्दर्भमा प्रस्तुत गरेका छन् । उनी सन् २०१४ देखि २०१८ सम्म नेपाल इञ्जिनियरिङ काउन्सिलमा अध्यक्ष पनि रहे । मेकानिकल इञ्जिनियर समाजका पनि उनी पूर्वअध्यक्ष हुन् ।

२०२६ सालमा सरस्वती मावि, जनकपुरमा अध्ययरत रहँदा विभिन्न आन्दोलनहरुमा सक्रियरुपमा सहभागी भएका उनी २०२९ देखि ०३३ सालसम्म अमृत साइन्स कलेज, काठमाडौंमा अध्ययन गर्दा प्रजातान्त्रिक छात्र समूहमा सक्रियरुपमा सहभागी भएका थिए ।

उनले लायन्स क्लब अफ जनकपुरमा रहेर पनि विभिन्न सामाजिक कार्य गरेका छन् । आफू सभापतित्वमा संस्था हुँदा उनले स्वास्थ्य शिविर, भूकम्प पीडितका लागि राहत संकलन, भोला सिंह लायन्स मिथिला स्कुलको भवन निर्माण लगायतका कार्यमा भूमिका खेलेका थिए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउने काम पनि उनैले गरेका थिए ।

२०४६ सालको जनआन्दोलनका बेला स्थापना भएको मानवअधिकार संरक्षण मञ्चका पनि उनी संस्थापक हुन् । मिथिला सांस्कृतिक केन्द्र, जनकपुरका पनि संस्थापक अध्यक्ष एवं संरक्षक शाहका लागि यो चुनावी प्रतिष्पर्धा त्यति सहज भने छैन । उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएका छन् । र, लामो समयदेखि बनेको संगठानिक संरचना भएका दलका उम्मेदवारहरुलाई उछिनेर जित निकाल्नु त्यति सहज पनि हुँदैन ।

तर, शाह चाहिँ आफू जितप्रति ढुक्क भएको बताउँछन् । उनी भन्छन्, ‘यो निर्वाचन भनेको समाजमा भएका विकृतिबाट मुक्ति पाउने समय पनि हो । त्यसका लागि असल नेतृत्व चुन्नुपर्छ । त्यसको विकल्प म नै हुँ भन्ने आममतदाताले बुझेका छन् ।’

धनुषा – ३ मा नेकपा एमालेबाट जुलीकुमारी महतो (महासेठ) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अनिलकुमार झा उम्मेदवार छन् ।

 

Full Read

धनुषा - ३ का उम्मेदवारहरु

२०७९ २०७४
बर्ष: ४६, महिला
गठबन्धन: एमाले गठबन्धन
विजयी ३३३५५
रंजित पंजियार
धनुषा, धनुषा - ३
बर्ष: ३६, पुरुष
गठबन्धन:
४३३
राम पदारथ मंडल
धनुषा, धनुषा - ३
बर्ष: ५३, पुरुष
गठबन्धन:
६५६
शम्भु नाथ साह
धनुषा, धनुषा - ३
बर्ष: ४४, पुरुष
गठबन्धन:
७३७४
अनिल कुमार झा
धनुषा, धनुषा - ३
बर्ष: ५५, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२३६८६
राम हृदय साह तेली
धनुषा, धनुषा - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
हुसैन कवारी
धनुषा, धनुषा - ३
बर्ष: ५१, पुरुष
गठबन्धन:
२६०
पुनम चोधरी
धनुषा, धनुषा - ३
बर्ष: ५६, महिला
गठबन्धन:
२०१
पुजा साह
धनुषा, धनुषा - ३
बर्ष: २५, महिला
गठबन्धन:
१०
बैदेही रमण ठाकुर
धनुषा, धनुषा - ३
बर्ष: ५५, पुरुष
गठबन्धन:
त्रिदेव कुमार मिश्र
धनुषा, धनुषा - ३
बर्ष: २८, पुरुष
गठबन्धन:
१६
मो. जासिम नदाफ
धनुषा, धनुषा - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
१३
मात्रिका प्रसाद दास
धनुषा, धनुषा - ३
बर्ष: २५, पुरुष
गठबन्धन:
१०
श्याम किशोर साह
धनुषा, धनुषा - ३
बर्ष: ५३, पुरुष
गठबन्धन:
१६
अरबिन्द कुमार पासवान
धनुषा, धनुषा - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
१८
अनिल कुमार यादव
धनुषा, धनुषा - ३
बर्ष: ४१, पुरुष
गठबन्धन:
२१
अजय कुमार यादव
धनुषा, धनुषा - ३
बर्ष: ३५, पुरुष
गठबन्धन:
७०
राज कुमार साह
धनुषा, धनुषा - ३
बर्ष: ३५, पुरुष
गठबन्धन:
२५
उमेश साह
धनुषा, धनुषा - ३
बर्ष: ५६, पुरुष
गठबन्धन:
५७१
मिलन कुमारी शाह
धनुषा, धनुषा - ३
बर्ष: ५४, महिला
गठबन्धन:
३५
चन्द्र शेषर साह
धनुषा, धनुषा - ३
बर्ष: ४६, पुरुष
गठबन्धन:
६५
शिलाकान्त झा
धनुषा, धनुषा - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
१४
उमेश चौधरी
धनुषा, धनुषा - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
५०
ज्योति कुमारी साह
धनुषा, धनुषा - ३
बर्ष: २५, महिला
गठबन्धन:
जीवन साह तेली
धनुषा, धनुषा - ३
बर्ष: ४६, पुरुष
गठबन्धन:
५१
सुनिलकुमार कर्ण
धनुषा, धनुषा - ३
बर्ष: ४६, पुरुष
गठबन्धन:
३८
अमरेन्द्र कण्‍ठ
धनुषा, धनुषा - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
७८
कृष्णा यादव
धनुषा, धनुषा - ३
बर्ष: २६, पुरुष
गठबन्धन:
६३
सत्य नारायण शाह
धनुषा, धनुषा - ३
बर्ष: ६८, पुरुष
गठबन्धन:
१८७
लक्ष्मी मण्डल खत्वे
धनुषा, धनुषा - ३
बर्ष: ६४, पुरुष
गठबन्धन:
१०२
विमलेन्द्र निधि
धनुषा , धनुषा - ३
बर्ष: ६१ , पुरुष
गठबन्धन:
राम सिंह यादब
धनुषा , धनुषा - ३
बर्ष: ४७ , पुरुष
गठबन्धन:
उपेन्‍द्र मंडल
धनुषा , धनुषा - ३
बर्ष: ४८ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१९५ मत
हुसैन कवारी
धनुषा , धनुषा - ३
बर्ष: ४६ , पुरुष
गठबन्धन:
राम पृत मण्डल धानुक
धनुषा , धनुषा - ३
बर्ष: ५१ , पुरुष
गठबन्धन:
कलम कान्त झा
धनुषा , धनुषा - ३
बर्ष: ५४ , पुरुष
गठबन्धन:
लक्ष्मेश्वर साह
धनुषा , धनुषा - ३
बर्ष: ४१ , पुरुष
गठबन्धन:
अरुण कुमार यादव
धनुषा , धनुषा - ३
बर्ष: ४० , पुरुष
गठबन्धन:
भोगेन्द्र साह तेलि
धनुषा , धनुषा - ३
बर्ष: ३४ , पुरुष
गठबन्धन:
तेज नारायण यादव
धनुषा , धनुषा - ३
बर्ष: ५० , पुरुष
गठबन्धन:
भोला दास तत्मा
धनुषा , धनुषा - ३
बर्ष: ६१ , पुरुष
गठबन्धन:
सुर्य नाथ यादव
धनुषा , धनुषा - ३
बर्ष: ३७ , पुरुष
गठबन्धन:
निलम साह
धनुषा , धनुषा - ३
बर्ष: ३८ , महिला
गठबन्धन:
संजय प्रसाद यादव
धनुषा , धनुषा - ३
बर्ष: ३० , पुरुष
गठबन्धन:
नन्दलाल साह सुडी
धनुषा , धनुषा - ३
बर्ष: ४३ , पुरुष
गठबन्धन:
विरेन्द्र कुमार मिश्र
धनुषा , धनुषा - ३
बर्ष: ४६ , पुरुष
गठबन्धन:
राज कुमार दास
धनुषा , धनुषा - ३
बर्ष: ३६ , पुरुष
गठबन्धन:
नागेश्‍वर साह
धनुषा , धनुषा - ३
बर्ष: ३८ , पुरुष
गठबन्धन:
राम बालक मिश्र
धनुषा , धनुषा - ३
बर्ष: ४२ , पुरुष
गठबन्धन:
मिनु झा
धनुषा , धनुषा - ३
बर्ष: ३५ , महिला
गठबन्धन:
शत्रुघ्न महतो
धनुषा , धनुषा - ३
बर्ष: ४१ , पुरुष
गठबन्धन:
संतोष कुमार चौधरी
धनुषा , धनुषा - ३
बर्ष: ३४ , पुरुष
गठबन्धन:
सुरज कुमार मण्डल
धनुषा , धनुषा - ३
बर्ष: २५ , पुरुष
गठबन्धन:
रमण कुमार सिंह
धनुषा , धनुषा - ३
बर्ष: ४० , पुरुष
गठबन्धन:

चुनावी समाचार