गगनकुमार थापा - काठमाडाैं क्षेत्र नं. ४

प्रदेश नं ३   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

पूर्वस्वास्थ्यमन्त्री गगन थापा काठमाडौं ४ बाट दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । ०६४ मा समानुपातिक सभासद बनेका थापा ०७० मा काठमाडौं ४ बाट फराकिलो मतान्तरमा बिजयी भएका थिए । उनी यसबीचमा संसदको कृषि तथा जलस्रोत समितिको सभापति र स्वास्थ्यमन्त्री भए ।

सोलुखुम्बुमा जन्मिएका थापा काठमाडौं मैतिदेवीका स्थायी बासिन्दा हुन् ।

नेविसंघबाट राजनीति शुरु गरेका थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको महामन्त्रीसम्म बने । जनआन्दोलनका बेला कांग्रेसभित्र गणतन्त्रको आवाज उठाएर चर्चामा आएका थापा मिडियाको राम्रो साथ पाएका थोरै युवा नेताहरुमा पर्छन् ।

कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थापा १३ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेर शंशाक कोइराला र अर्जुननरसिंह केसीसँग पराजित भए । उनलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

युवा नेता थापा नेपाली कांग्रेसभित्र देउवा र रामचन्द्र पौडेलभन्दा फरक तेस्रो धारका नेता हुन् ।

यसपालिको निर्वाचन जित्ने या नजित्ने भन्ने विषय थापाको राजनीतिक 'करिअर' दाउ बन्न पुगेको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

विरोध खतिवडा

नेकपा एमाले

राजनकुमार केसी

नेपाली कांग्रेस

जनार्दन शर्मा

माओवादी केन्द्र

महेन्द्र यादव

नेपाली कांग्रेस

सरस्वती वजिमय

नेपाली कांग्रेस