देवेन्द्र पाैडेल - बाग्लुङ क्षेत्र नं. २

प्रदेश नं ४   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

नयाँशक्ति पार्टीबाट हालै मातृपार्टीमा फर्केका नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बाग्लुङबाट पहिलोपटक चुनाव लड्दैछन् । यसअघि ०७० सालमा उनी काठमाडौं ९ मा पराजित भएका थिए । नेता पौडेल अहिलेसम्म सांसद बन्न पाएका छैनन् ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट राजनीति शुरु गरेका पौडेल अखिल छैठौंको केन्द्रीय अध्यक्षसमेत भए । मसाल छाडेर माओवादीमा लागेका पौडेल युद्धकालमा बिभिन्न मोर्चाको नेतृत्वमा थिए ।

उनी माओवादीबाट बाबुराम भट्टराईसँगै अलग भएर केही समय नयाँ शक्तिमा पनि क्रियाशील रहे । नयाँ शक्तिबाट फेरि माओवादीमै फर्किएका पौडेल बाग्लुङ २ बाट कांग्रेसका निरज पुनसँग प्रतिस्पर्धामा छन् ।
पौडेललाई एमाले र राष्ट्रिय जनमोर्चाको समेत साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

नरबहादुर धामी

नेकपा एमाले

नारायण बहादुर कार्की

नेपाली कांग्रेस

कािसम नदाफ

माओवादी केन्द्र

भूमि त्रिपाठी

नेकपा एमाले