गजेन्द्र महत - जुम्ला क्षेत्र नं. १

प्रदेश नं ६   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

जुम्लामा ०२५ सालमा जन्मिएका गजेन्द्र महत माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । चन्दनाथ नगरपालिका निवासी महतलाई माओवादीभित्र कार्मा नामले चिनिन्छ ।

कार्माले चन्दनाथ माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् । माओवादी हुनुपूर्व महत नेपाल मजदुर किसान पार्टी(नेमकिपा) मा आवद्ध थिए । ०४५ सालबाट नेमकिपाबाटै उनले राजनीति सुरु गरेका हुन् । ०५६ सालपछि महत माओवादीमा लागेर भूमिगत भए ।

महत ०५९ सालमा कालीकोट जिल्लाको जनसरकार प्रमुखसमेत बनेका थिए ।

दोस्रो संविधानसभा चुनावमा उम्मेदवार बनेका महत नेपाली कांग्रेसका ललिजंग शाहीसँग पराजित भएका थिए । यसपालि उनी एमालेको समेत सहयोग लिएर चुनाव लड्दैछन् ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

दिनेशराय यादव

माओवादी केन्द्र

कमला रोका

माओवादी केन्द्र

राजलाल यादव

संघीय फोरम

अम्बिका बस्नेत

नेपाली कांग्रेस

रजी हैजार

माओवादी केन्द्र

मदनबहादुर अमात्य

नेपाली कांग्रेस