Home Candidate Rabi Lamichhane
चितवन - २ उम्मेदवार

रबि लामिछाने

अध्यक्ष | पूर्व प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ४७ बर्ष, उम्मेदवारी : प्रतिनिधिसभा सदस्य
4.4
20 Reviews
२७७७२ मत
विजयी
Profile Political Nature Election History Timeline Agenda

विगतको ‘बोनस’ भोट गुमाएको अवस्थामा बालेन्द्रको ‘क्रेज’ लाई रोक्नु नै ओलीको मुख्य चुनौती हुनेछ।

०००

३१ असार २०७१ मा पार्टीको नेतृत्वमा उदाएदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट छैटौं पटक (२०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ पछि) जनअनुमोदन खोज्दैछन्। नाकाबन्दीको डटेर सामना, चुच्चे नक्सा प्रकाशन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका कारण विकासप्रेमी र राष्ट्रवादी नेताको छवि बनाएका ओली यसपटक आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन र पेचिलो प्रतिस्पर्धामा छन्।

चुनावी गणितमा ओली

Battleground Analysis

अनुकूलता

  • मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य स्थापित
  • एमालेको ग्रासरुट संगठन झापामा अन्य दलभन्दा सुदृढ
  • बहुपक्षीय प्रतिस्पर्धाको लाभ

प्रतिकूलता

  • 'बालेन' फ्याक्टर र जेन-जी विद्रोह
  • गठबन्धनको अभाव र मतको क्षति
  • एन्टी-इन्कम्बेन्सीको असर, दमनको आरोप

झापा–५ ओलीको ‘लालकिल्ला’ मानिन्छ। तर, अघिल्ला दुई जितमा उनलाई बलियो गठबन्धनको साथ थियो। २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका ओलीले २०७९ मा राप्रपाको समर्थनमा २८ हजार ५७६ मतान्तरले उनै अधिकारीलाई हराए ।  

यसपटकको चुनाव ओलीका लागि फलामको चिउरा साबित हुन सक्छ। जेनजी आन्दोलनपछि तथ्याङ्क र माहोलले केही यस्तै देखाउँछ ।

काठमाडौँ महानगरको मेयर भएर ‘क्रेज’ बनाएका बालेन्द्र शाह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिन्ह लिएर ओलीलाई टक्कर दिन झापा–५ मै उत्रिएका छन्।  

कांग्रेसले यसपटक ओलीका पुराना प्रतिस्पर्धी खगेन्द्र अधिकारीको सट्टा महिला उम्मेदवार मन्धरा चिमरियालाई मैदानमा उतारेको छ। २०७९ मा ओलीलाई सघाएको राप्रपाले यसपटक लक्ष्मी प्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ। राप्रपाको भोट यसपटक ओलीलाई जाने छैन।

अनुकूलता  

झापा–५ मा ओलीले भित्र्याएको अर्बौंको बजेट, सडक सञ्जाल र पूर्वाधार विकास नै उनको सबैभन्दा बलियो पक्ष हो। स्थानीय मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य स्थापित छ। उनी एमालेको ‘कोर भोट’ का साथै विकासप्रेमी तटस्थ मतका पनि हकदार हुन्। 

एमालेको ग्रासरुट संगठन झापामा अन्य दलभन्दा सुदृढ छ। विपक्षीको मत बालेन्द्र र कांग्रेसबीच बाँडिदा एमालेको ‘ब्लक भोट’ ले ओलीलाई जितको नजिक पुर्‍याउन सक्छ। उनी स्वयं पनि मतदातासँग अघिल्ला चुनावभन्दा बढ्तै जोडिने प्रयासमा छन् । यही कनेक्सन् उनका लागि विजयको आधार बन्न सक्छ ।

रास्वपाका बालेन्द्र शाह र कांग्रेसकी मन्धरा चिमरिया दुवैले ‘परिवर्तन’ र ‘एन्टि-इन्कम्बेन्सी’ को मत माग्नेछन्। सत्ता विरोधी मत यी दुई उम्मेदवार र राप्रपाबीच बाँडिँदा त्यसको प्रत्यक्ष लाभ ओलीलाई पुग्न सक्छ।

प्रतिकूलता  

भर्खरै भएको जेनजी विद्रोह र ‘नयाँको लहर’ ओलीका लागि सबैभन्दा ठूलो चुनौती हो। नयाँ मतदाता र युवा पुस्तामा ओलीप्रति भन्दा बालेनप्रति आकर्षण देखिन्छ। बालेनले रास्वपाको संगठन र आफ्नो व्यक्तिगत क्रेज मिसाउँदा एमालेको परम्परागत मतमा ठूलो क्षति पुग्न सक्छ।

२०७४ सालमा माओवादीको करिब १०-१२ हजार मत ओलीलाई थियो। ०७९ सालमा राप्रपाको करिब १५-१८ हजार मत ओलीलाई थियो।

२०८२ मा नेकपाका रञ्जित तामाङ र राप्रपा लक्ष्मी प्रसाद संग्रौला दुवैका आफ्नै उम्मेदवार छन्। अर्थात्, विगतमा ओलीले पाएको करिब १५ देखि २० हजार ‘प्लस’ भोट यसपटक उनले गुमाउँदैछन्। यो मतलाई ‘कभर’ गर्न उनले निकै संघर्ष गर्नुपर्नेछ।

पटक-पटक प्रधानमन्त्री हुँदा पनि जनताको अपेक्षा पूरा नभएको, संसद् विघटनको दाग र स्थिर सरकार दिन नसकेको आरोप उनीमाथि छ। कांग्रेसले महिला उम्मेदवार (मन्धरा चिमरिया) उठाएर महिला भोटरलाई आकर्षित गर्ने रणनीति लिएको छ, जुन ओलीका लागि अर्को चुनौती बन्न सक्छ।

ओलीका प्रतिस्पर्धी शाहले जेनजी आन्दोलनको पहिलो दिन २३ भदौमा ओलीले दमन गरेको आरोप लगाएका छन् । एमालेले जेनजी आन्दोलनलाई षड्यन्त्र र प्रतिगमन भनेको छ । यही एजेन्डाको पक्ष र विपक्षमा मतदाता ध्रुवीकरण हुने संकेत देखिएको छ । यसले ओलीमाथि प्रतिकूलता थपिनेछ ।  

केपी ओलीको २०८२ सालको चुनाव केवल जित वा हारको होइन, यो उनको राजनीतिक विरासतको अग्निपरीक्षा हो। एकातिर विगतका सहयोगी (राप्रपा/माओवादी) प्रतिस्पर्धी बनेका छन् भने अर्कोतिर ‘मिसन ८४’ को नारासहित उदाएको रास्वपाका बालेन्द्र शाह मुख्य तगारो बनेका छन्।

विगतको ‘बोनस’ भोट गुमाएर पनि बालेन्द्रको ‘क्रेज’ लाई रोक्नु नै ओलीको मुख्य चुनौती हुनेछ।

Expand Reading..
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
३ कार्यकाल
२०७४ को मतान्तर
+३,४११ मत
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रधानमन्त्री पदभार
३ कार्यकाल
निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०४८ झापा-६ केशवकुमार बुढाथोकी १६,४६२ २१,०४९ ४,५८७ विजयी
२०५१ झापा-६ केशवकुमार बुढाथोकी १४,४०२ १८,८६१ ४,४५९ विजयी
२०५६ झापा-६ काशीलाल ताजपुरिया १८,३५६ २३,७४९ ५,३९३ विजयी
२०६४ झापा-७ विश्वदीप लिङ्देन १६,१२७ १४,९५९ १,१६ पराजित
२०७० झापा-७ सुरेशकुमार योङ्या १२,३२८ १९,२८७ ६,९५९ विजयी
२०७९ झापा-५ खगेन्द्र अधिकारी २३,७४३ ५२,३१९ २८,५७६ पराजित
२०७९ झापा-५ खगेन्द्र अधिकारी २३,७४३ ५२,३१९ २८,५७६

राजनीतिक स्वभाव र शैली

आत्मविश्वास र इच्छाशक्ति

ओली इच्छाशक्ति र आत्मविश्वासमा समकालीन नेताभन्दा अगाडि देखिन्छन्। उनले प्रचण्डलाई गोरखा पठाउनु र देउवामाथि प्रश्न बर्साउनुलाई आफ्नो चुनावी सुरुवातको रूपमा लिएका छन्।

गुटीय राजनीति र कमाण्ड

एमालेका चुनावी कमाण्डर ओलीका लागि झापा-५ भन्दा देशभरको नतिजा टाउको दुखाइको विषय हो। भीम रावल र घनश्याम भूसाललाई टिकट नदिंदाको असर र असन्तुष्टिको व्यवस्थापन यसपटकको उनको मुख्य परीक्षण हुनेछ।

तादम्य र तालमेल

जसपा र राप्रपासँगको तालमेल मार्फत सत्ता गठबन्धनभित्र खेल्न खोज्नु ओलीको रणनीतिक चतुरता हो। झापा-३ मा लिङ्देनलाई सघाउनु र झापा-५ मा उनको सहयोग लिनु यसैको कडी हो।

संसदीय निर्वाचनको लडाइ र परिणाम

२०४८
१५२६९(68.48%)
मतान्तर : १०४ (0.14%)
२०४८
१५२६९(68.48%)
मतान्तर : १०४ (0.14%)
२०४८
१५२६९(68.48%)
मतान्तर : १०४ (0.14%)
२०४८
१५२६९(68.48%)
मतान्तर : १०४ (0.14%)

राजनीतिक र चुनावी टाइमलाइन

२०२८

झापा आन्दोलनको नेतृत्व

ओली इच्छाशक्ति र आत्मविश्वासमा समकालीन नेताभन्दा अगाडि देखिन्छन्। उनले प्रचण्डलाई गोरखा पठाउनु र देउवामाथि प्रश्न बर्साउनुलाई आफ्नो चुनावी सुरुवातको रूपमा लिएका छन्।

२०४८ - २०५६

संसदीय यात्राको उदय

२०४८ र २०५१ मा झापा-६ बाट निर्वाचित। २०५६ मा झापा-२ बाट विजयी। गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा स्थापित।

२०४८ - २०५६

पहिलो चुनावी पराजय

पहिलो संविधानसभा निर्वाचनमा झापा-७ बाट माओवादीका विश्वदीप लिङ्देनसँग पराजित। यो उनको करियरको कठिन मोड थियो।

एजेन्डा

१.
रोजगारी र भविष्य
२.
शिक्षा सुधार
३.
महँगी नियन्त्रण
५.
भ्रष्टाचार नियन्त्रण
६.
स्वास्थ्य सेवा
७.
प्रदूषण नियन्त्रण
४.
सुरक्षित श्रम
८.
पूर्वाधार बिकास
९.
नागरिक अधिकार

रबि लामिछाने को उम्मेदवारि कस्तो लागयो ?

65%
खुसी
5%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
30%
आक्रोशित