प्रकाश मान सिंह नेपाली कांग्रेस, काठमाडौं - १ पुरुष , ६६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यसपटक पनि काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । यो क्षेत्रबाट उनी तीनपटक सांसद भइसकेका छन् ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा उनलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा आएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर सिंहले २०३९ मा त्रिचन्द्र क्याम्पसमा प्राध्यापन थालेका थिए, तर प्रशासनले दुःख दिन थालेपछि एक वर्षमै छाडेर पंचायती व्यवस्था विरुद्धको संघर्षमा केन्द्रित भएका थिए ।

२०४६ सालमा पंचायत ढलेपछि २०४७ देखि निरन्तर १० वर्षसम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति रहे सिंह । त्यो बेलाका सभापति गिरिजाप्रसाद कोइरालाको निशानामा परेका उनलाई पार्टीको १०औं महाधिवेशनअघि अन्य १६ जिल्ला सभापतिसँगै हटाइदिए ।

त्यसबाट रुष्ट गणेशमान पुत्र प्रकाशमान सिंहले १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्ने हिम्मत गरे । र, जिते पनि ।

कोइरालाको व्यवहारका कारण शेरबहादुर देउवातिर ढल्कँदै गएका सिंह पार्टी विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिकतिर लागे । उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उप–सभापति नै बने । २०६४ मा पार्टी एकीकरण भयो । २०६७ को १२औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए ।

१४औं महाधिवेशनसम्म आइपुग्दा देउवाबाट निकै टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे । तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिए । र अहिले, आफूले ताकेकै निर्वाचन क्षेत्र पाएका छन् ।

सिंहको प्रारम्भिक संसदीय चुनावी प्रतिस्पर्धा सुखद रहेन । उनी २०४८ मा काठमाडौं–४ मा र २०५१ मा काठमाडौं–३ मा पराजित भए । २०४८ मा एमालेकी सहाना प्रधान र २०५१ मा एमालेकै मनमोहन अधिकारीसँग पराजित भए । त्यसपछि २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताए ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं–१ मा आएर जिते, जहाँबाट उनी अहिले निरन्तर चौथो विजयको प्रयासमा छन् । काठमाडौं–१ मा २०६४ मा सिंहले १४ हजार ३१८, नेकपा (एमाले)का प्रदीप नेपालले ६ हजार ७८९ र नेकपा (माओवादी)का राममान श्रेष्ठले ४ हजार ८३६ मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रकाशमान सिंह नै विजयी भए काठमाडौं–१ मा । त्यो बेला उनले १५ हजार १३८ मत पाए भने माओवादीकी रेनु दाहालले ४ हजार ६४ ।

एमाले र माओवादी केन्द्रको गठबन्धन भएको २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंह १० हजार ९३७ मतका साथ विजयी भए । त्यसबेला काठमाडौं–१ मा वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा निकटतम प्रतिद्वन्द्वी समेत हुन सकेनन् । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आए ।

पछि राप्रपामा लागेका मिश्र दोस्रोपटक सिंहसँग भिड्न काठमाडौं–१ मा नै आएका छन् । यसपटक सिंहका प्रतिस्पर्धीमा धेरै नयाँ अनुहार छन् । एमालेका किरण पौडेल, सुशासन पार्टीका रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, विवेकशील साझाका शंकर बन्जाडेलगायत चुनावी मैदानमा छन् ।

परीक्षण हुन बाँकी नयाँ उम्मेदवार सिंहका लागि चुनौती हुनसक्छन् । धेरै जना नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा उनलाई लाभ हुने तर्क पनि छ । सिंह भने मतदाताको सुख–दुःखमा साथ दिएको उम्मेदवार नै पुनः निर्वाचित हुने विश्वास व्यक्त गर्छन् ।

काठमाडौं–१ मा महानगरका १०, ११, २९ र ३१ वडा (नयाँबानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर) पर्छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३१ बाहेक तीन वडामा जितेको छ ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार १५९, विवेकशील साझाले २७३ र स्वतन्त्रले १०१ मत पाएका छन् । 

स्थानीय चुनावको यो नतिजाले काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय र संघीय चुनावमा मतदाताको मनोविज्ञान फरक हुने र काठमाडौंमा स्वतन्त्र उम्मेदवारप्रति पनि आकर्षण बढेकोले यस्तै हुन्छ भन्न सकिने अवस्था भने छैन ।  

Full Read

काठमाडौं - १ का उम्मेदवारहरु

२०७९ २०७४
प्रकाश मान सिंह
काठमाडौं, काठमाडौं - १
बर्ष: ६६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ७१४३
किरण पौडेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ४१, पुरुष
गठबन्धन: एमाले गठबन्धन
३५३२
पुकार बम
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
४११५
रवीन्द्र मिश्र
काठमाडौं, काठमाडौं - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
७०१८
हरेन्द्र चौधरी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
२२
प्रकाश नायजु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
२२
हरि शरण श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ६२, पुरुष
गठबन्धन:
५०
रिषम भट्टराई
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
७६
डम्वर शाहु
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
१५०
मान बहादुर राई
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
शंकर बन्जाडे
काठमाडौं, काठमाडौं - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
३०
सुरेन्द्रप्रसाद ढकाल
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
९२
मन्जु राना मगर
काठमाडौं, काठमाडौं - १
बर्ष: ४३, महिला
गठबन्धन:
प्रकाश श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
२३
बाल कृष्ण न्यौपाने
काठमाडौं, काठमाडौं - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
५९०
शान्ती देवी के.सी.
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, महिला
गठबन्धन:
१७
इन्द्र बहादुर थापा
काठमाडौं, काठमाडौं - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
१८
हरिकुमार घले
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
रमेश प्रसाद खरेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ५८, पुरुष
गठबन्धन:
३१२४
मनिता (लिगल) श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
गोमा खतिवडा अधिकारी
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, महिला
गठबन्धन:
१२
सुनिता बसेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
खुमकला लामिछाने
काठमाडौं, काठमाडौं - १
बर्ष: २९, महिला
गठबन्धन:
संगीता बोगटी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३३, महिला
गठबन्धन:
३६
दुर्गा प्रसाद लिम्बु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
कुल बहादुर तमांङ
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
२०
निर्जल शाह
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
मीरा विष्‍ट
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
देब शर्मा
काठमाडौं, काठमाडौं - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
संगिता राजबाहक
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
सीता तामाङ (के.सी.)
काठमाडौं, काठमाडौं - १
बर्ष: ४५, महिला
गठबन्धन:
प्रकाश मान सिंह
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी १०९३६ मत
रवीन्द्र मिश्र
काठमाडौं , काठमाडौं - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
अनिल कुमार शर्मा
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
नारायण प्रसाद ढकाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
सन्तोष शिलवाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
बद्रि प्रसाद चुदाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
सुर्य लाल भन्‍डारी
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:
अनिल कुमार श्रेष्ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
अशोक उप्रेती
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
शारदा श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४७ , महिला
गठबन्धन:
सुवर्ण कुमार श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ६० , पुरुष
गठबन्धन:
रोशन कार्की
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:

चुनावी समाचार