slot thailand
central-candidate – प्रतिनिधिसभा २०७९

सन्तोष चालिसे नेपाली कांग्रेस, काठमाडौं - ३ पुरुष , ६४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०१५ सालमा काठमाडौंको आरुबारीमा जन्मिएका सन्तोष चालिसे हाल गोकर्णेश्वर नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनी प्रसिद्ध साहित्यकार स्व. रमेश विकलका भाइ पनि हुन् ।

२०३९ सालबाट नेपाली कांग्रेसको राजनीति गरेका चालिसे संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भए ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति उनी यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । 

स्थानीय उम्मेदवार उनी पञ्चायतको समयदेखि बहुदल र गणतान्त्रिक शासन व्यवस्थासम्म जनप्रतिनिधि भएर विकास निर्माणका काममा संलग्न रहँदै आएका छन् । चार दशक लामो राजनीतिक–सामाजिक र व्यावसायिक अनुभव भए पनि प्रतिनिधिसभाका लागि भने उनी नयाँ हुन् । 

आर्थिक रूपमा सबल चालिसे राजनीति गर्न कसैसँग चन्दा लिनुपर्ने वा पदको दुरुपयोग गर्नुपर्ने अवस्थामा आफू नरहेको बताउँछन् । ‘राजनीतिमा इमान पनि हुन्छ भनेर देखाउन कोसिस जारी राखेकै छु’ उनी भन्छन्, ‘अब पनि त्यही इमानका साथ जनताको हितमा काम गर्नेछु ।’

गत स्थानीय तह चुनावमा काठमाडौं–३ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त चुनावमा कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार ७३०, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ५६ र स्वतन्त्र उम्मेदवारले १ हजार ३१४ मत पाएका थिए ।

एमालेले काठमाडौं–३ मा कृष्णबहादुर राईलाई दोहो¥याएको छ । स्थानीय चुनावी यो नतिजा भने चालिसेको लागि अनुकूल छ । गठबन्धन दलहरूको मत एकमुष्ट डोल्याउन सकेको अवस्थामा उनले अघिल्लो पटकका विजयी राईलाई रोक्न सक्ने सम्भावना देखिन्छ ।   

Full Read

काठमाडौं - ३ का उम्मेदवारहरु

२०७९ २०७४
सन्तोष चालिसे
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी १३८५३
कृष्‍णबहादुर राई
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१०२७७
दुर्गा बिक्रम थापा क्षेत्री
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५४, पुरुष
गठबन्धन:
५२६५
गणेश गिरी
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४८, पुरुष
गठबन्धन:
२२७९
गोविन्द नेपाल
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५८, पुरुष
गठबन्धन:
३०
मोहन कुमार विश्वकर्मा
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
४०
मोहन बहादुर बस्नेत
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६०, पुरुष
गठबन्धन:
विशोक डंगोल
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३७, पुरुष
गठबन्धन:
८३
नुर्पु गेन्जेन सेर्पा
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४४, पुरुष
गठबन्धन:
१०
नेत्र बहादुर तामाङ
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
४६
समिना न्यौपाने
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३४, महिला
गठबन्धन:
२८
कृष्ण काजी श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६३, पुरुष
गठबन्धन:
६२
कृष्‍ण बहादुर राई
काठमाडौं , काठमाडौं - ३
बर्ष: ४८ , पुरुष
गठबन्धन:
अम्‍विका बस्‍नेत
काठमाडौं , काठमाडौं - ३
बर्ष: ६८ , महिला
गठबन्धन:
सुमित्रा सिंह लामा
काठमाडौं , काठमाडौं - ३
बर्ष: ५५ , महिला
गठबन्धन:
मोहन कुमार विश्वकर्मा
काठमाडौं , काठमाडौं - ३
बर्ष: ४३ , पुरुष
गठबन्धन:

चुनावी समाचार