पृथ्‍वीसुव्वा गुरुङ नेकपा एमाले, लमजुङ - १ पुरुष , ६४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

गण्डकीको मुख्यमन्त्रीबाट सत्ताच्यूत भएका पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुन चाहन्थे । संघीयतालाई बलियो बनाउन संघीय सरकार अनुदार भएको भन्दै कार्यकालभरि केन्द्रतिर ‘चोरऔंला’ ठड्याएका पृथ्वीसुब्बालाई यो चुनावमा नेतृत्वले सबक सिकाउने हतियार चलायो ।

फेरि मुख्यमन्त्री हुने पृथ्वीसुब्बाको योजनालाई इन्कार गर्दै एमाले शीर्ष नेतृत्वले लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाइदियो । गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा दिएका अभिव्यक्ति र गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका कारण केपी शर्मा ओली र महासचिव शंकर पोखरेल खुसी थिएनन् । मुख्यमन्त्री गुरुङले आफ्नै नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेर संघीय सरकारले नै संघीयतालाई कमजोर बनाउन खोजेको आरोप लगाएका थिए ।

लमजुङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट देव गुरुङ उठ्ने पक्का जस्तै भएकाले पनि भरसक देव गुरुङसँग प्रतिस्पर्धा गर्नभन्दा प्रदेशमै उठेर फेरि मुख्यमन्त्री बन्ने योजना पृथ्वीसुब्बाले बुनेका थिए । तर, प्रतिनिधिसभाको टिकट हात परेपछि अहिले चुनावी मैदानमा उनले भनिरहेका छन्, ‘नेतृत्वले मुख्यमन्त्री भइसकेको मान्छे, संघीयता बलियो बनाउन पनि राम्रो मन्त्रालय सम्हाल्ने गरी प्रतिनिधिसभामै चुनाव लड्नुपर्छ भनेर म आएको हुँ ।’

गण्डकीको मुख्यमन्त्री भएर काम गरिरहँदा एमालेको सरकार ढाल्नकै लागि माओवादीसहितको दलले गठबन्धन गरेकाले आफू पनि त्यसको शिकार भएको उनले चुनावी आमसभाहरूमा बताउने गरेका छन् ।

पहिचानको राजनीति गर्ने भन्दै अशोक राईहरू एमालेबाट बाहिरिंदा पृथ्वीसुब्बाले पार्टी छाडेनन् । अशोक राईहरूलाई बाहिरिने वातावरण बनाएर आफू चाहिं एमालेमै बसेको आरोप आज पनि उनीमाथि बेला–बेला उठ्ने गरेको छ । तर, अहिले पनि एमालेभित्र पार्टी नेतृत्वसँग हाकाहाकी कुरा गर्ने र आफ्नो एजेण्डा राख्ने नेताहरूमध्ये उनी पर्छन् ।

एमाले पार्टीभित्र हस्तक्षेप र आफ्नो हैसियत बढाउँदै लगेका पृथ्वीसुब्बा निर्वाचन क्षेत्रमा भने कहिल्यै बलियो देखिएनन् । सातौं पटक चुनावी मैदानमा उत्रिएका उनले ४ पटक त हारको मार नै खेपेका छन् ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेर मुख्यमन्त्री भएका पृथ्वीसुब्बा त्यसअघि पहिलो संविधानसभा निर्वाचन जितेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएका थिए ।

यसअघि एमाले सचिव हुँदै गर्दा प्रदेशमा झरेका उनी पार्टीभित्र र बाहिर बौद्धिक, तार्किक तथा निडर नेताका रूपमा चिनिन्छन् । अध्ययनशील र तथ्यसहित गर्ने उनको भाषण कलाको प्रशंसा हुने गरेको छ ।

२०१४ साल फागुन १ गते तत्कालीन गिलुङ गाविस–८, टक्सार (हाल क्होलासोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा जन्मेका गुरुङले विज्ञानमा स्नातक गरेका छन् । २०३४ सालदेखि तत्कालीन मालेको सदस्यता लिएका उनी शिक्षणसँगै २०४० सालमा राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।

२०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएका उनी सुरुदेखि नै हक्की स्वभावका थिए । शिक्षण कालमै पञ्चायतविरुद्धको आन्दोलन छेडेका पृथ्वीसुब्बा पटक–पटक जेल परेका छन् ।

कांग्रेसको दबदवा रहेको लमजुङबाट उनी राष्ट्रिय राजनीतिको केन्द्रमा उकालो त चढिरहेका छन् तर पटक–पटक निर्वाचनमा हार खेपेको अनुभव पनि छ । राजनीतिक जीवनको उत्तराद्र्धमा उनी जटिल परीक्षामा सहभागी छन् । यो परीक्षामा उत्तीर्ण हुनै पर्ने दबाव उनीमाथि छ ।

उनीसँगको प्रतिस्पर्धामा यसपटक नेकपा हुँदाका सहयात्री माओवादीका महासचिव देव गुरुङ छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा र माओवादी महासचिव देवबीचको यो प्रतिस्पर्धालाई देशैभरि निकै चासोका साथ हेरिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी र एमालेको एकता गरेर देशैभरि सन्देश दिन नेतृत्व गरेका पृथ्वीसुब्बाले अर्को चुनावमा देव नै प्रतिस्पर्धी हुन्छन् भन्ने कल्पना गरेका थिएनन् । २०७४ मा जसलाई जिताउन लागेका थिए, यो चुनावमा उसैलाई हराउनुपर्ने दबाव र चुनौती पृथ्वीसुब्बासँग छ ।

लमजुङका एक एमाले नेता भन्छन्, ‘सम्भवतः पृथ्वीसुब्बाको यो अन्तिम चुनाव हुन सक्छ । सातौं पटक त प्रतिस्पर्धा नै गरिसकेका छन् । लमजुङमा सधैंभरि उनले मात्रै टिकट पाउनुपर्छ भन्ने हुँदैन भन्ने आवाज यसपटक नै सुनिएको थियो । उमेर हदका कारण पनि अब अप्ठेरो होला ।’ तर, ६५ वर्षीय पृथ्वीसुब्बा पार्टी र देशका लागि अझै आफ्नो आवश्यकता रहेको उद्घोष गर्दै जोसका साथ चुनावी अभियानमा छन् ।

लोकतन्त्र, परिवर्तनका पक्षमा आफूले निरन्तर संघर्ष गरेको बताउँदै उनले आफू मुख्यमन्त्री हुँदा धेरै कामको थालनी गरेको तर कांग्रेस सरकार आएपछि रोकिएको भन्दै अब आफ्नै आवश्यकता रहेको मतदातालाई भनिरहेका छन् ।

पटक–पटक आदिवासी जनजाति आन्दोलनको नेतृत्वसमेत गर्दै पार्टी पदाधिकारीमा प्रवेश गरेका उनले जनजाति भाषा, संस्कृतिको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यकता रहेको बताइरहेका छन् ।

पहिलो संविधानसभामा आदिवासी जनजाति सभासद् सदस्य रहेको ‘ककस’ को नेतृत्व गर्दा चर्चा र पार्टीभित्रै अप्ठेरोमा पनि परेका थिए । लमजुङमा गुरुङ र आदिवासी जनजाति समुदायको भोट यस पटक देव गुरुङसँग बाँडिने भएकाले पृथ्वीसुब्बालाई चुनौती थपिएको छ ।

उनी संघको उम्मेदवार हुँदा संविधानसभा सदस्य जमिन्द्रमान घले र कृष्ण अधिकारी प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । केही पार्टीभित्रैको अन्तरद्वन्द्वले पनि पृथ्वीसुब्बालाई चुनौती बढ्न सक्ने अनुमान धेरैको छ । तर, पृथ्वीसुब्बाले फेरि पनि मुख्यमन्त्री लमजुङले नै पाउने एजेण्डा जनतामाझ राखिरहेका छन् । उनले संविधानसभा सदस्य जमिन्द्रमान अबको मुख्यमन्त्री बन्न सक्ने बताउन थालेका छन् ।

एउटा मात्र प्रतिनिधिसभा रहेको लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । उनको गृहपालिका क्वहोलासोंथार गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

तर, संघमा देव गुरुङसँगको प्रतिस्पर्धा र स्थानीय तहको मत हेर्दा केही जोखिम छ । पृथ्वीसुब्बा पनि अहिलेको गठबन्धनको सरकारले जनताको हुर्मत लिने काम गरेकाले आफ्नो जितको विकल्प नदेखेको बताउँछन् ।

राष्ट्रिय राजनीतिमा चर्चामा र केन्द्रमा रहिरहने तर निर्वाचन क्षेत्रमा हार व्यहोर्ने पृथ्वीसुब्बाले यसपटक हारको इतिहास सच्याउन चाहन्छन् ।

Full Read

लमजुङ - १ का उम्मेदवारहरु

२०७९ २०७४
पृथ्‍वीसुव्वा गुरुङ
लमजुङ, लमजुङ - १
बर्ष: ६४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ३४९६९
देवप्रसाद गुरुङ
लमजुङ, लमजुङ - १
बर्ष: ६४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
३१७८१
धर्म राज के.सी
लमजुङ, लमजुङ - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
९०२९
बाल चन्द्र श्रेष्‍ठ
लमजुङ, लमजुङ - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
१२३३
नरेन्द्र बहादुर गुरुङ
लमजुङ, लमजुङ - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
१४८
बर्ष: ५७, पुरुष
गठबन्धन:
२०
लक्ष्मी कान्त पौडेल
लमजुङ, लमजुङ - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
४९
टक बहादुर गुरुङ
लमजुङ, लमजुङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
३३
विकास गुरुङ्ग
लमजुङ, लमजुङ - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
४५७
नन्द जङ गुरुङ
लमजुङ, लमजुङ - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
६०
चन्दन वस्याल
लमजुङ, लमजुङ - १
बर्ष: २८, पुरुष
गठबन्धन:
३१
देव प्रसाद गुरुङ
लमजुङ , लमजुङ - १
बर्ष: ५९ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ३९४६८ मत
दिल बहादुर घर्ती
लमजुङ , लमजुङ - १
बर्ष: ६५ , पुरुष
गठबन्धन:
द्धारीका प्रसाद मिश्र
लमजुङ , लमजुङ - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
स्वतन्त्र
७३२ मत
निर्देश सिलवाल
लमजुङ , लमजुङ - १
बर्ष: २७ , पुरुष
गठबन्धन:
देवेन्द्र पराजुली
लमजुङ , लमजुङ - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:
खेमजङ्ग गुरुङ
लमजुङ , लमजुङ - १
बर्ष: ५९ , पुरुष
गठबन्धन:
यम बहादुर थापा मगर
लमजुङ , लमजुङ - १
बर्ष: ५१ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >