शशांक कोइराला नेपाली कांग्रेस, नवलपुर -1 पुरुष , ६४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला नवलपुर–१ मा २०६४ सालयताको चौथो जितका लागि प्रयासरत छन् ।

बीपी कोइरालाका कान्छा छोरा शशांक लामो समय मेडिकल सेवामा रहेर सक्रिय राजनीतिमा आएका हुन् । उनी कांग्रेसको ११औं महाधिवेशन (२०६२)बाट केन्द्रीय सदस्य बनेका हुन् ।

पार्टीको १३औं महाधिवेशनबाट उनी महामन्त्रीमा निर्वाचित भए । १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी ३ हजार ८३६ मतका साथ विजयी भए ।

सक्रिय राजनीतिमा आउनुअघि उनी काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा नेत्र विशेषज्ञ थिए । २०१५ कात्तिकमा जन्मिएका डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा भनेका थिए, ‘मानिसहरूको आँखा मात्र हेरेर भएन, अब राष्ट्रकै आँखा हेर्नुप¥यो भनेर धेरै दबाव आएपछि कांग्रेसको राजनीतिमा आएको हुँ ।’

उनका दुई दाजुमध्ये जेठा प्रकाशले हिन्दु राजतन्त्रको मुद्दा बोके पनि कांग्रेसले उनलाई निष्काशन गरेको थियो । माहिला दाजु श्रीहर्ष भने राजनीतिमा आएनन् ।

चुनावमा शशांक

डा. कोइरालाले २०६४ मा नवलपुर–१ मा गरेको पहिलो चुनावी प्रतिस्पर्धामा नेकपा (माओवादी)का ठाकुरप्रसाद चापागाईंलाई जितेका थिए । संविधानसभा गठनका लागि भएको उक्त चुनाव देशकै लागि पनि पहिलो थियो । देशभर माओवादीको पक्षमा लहर चलेको त्यो बेला उनी १७ हजार ४३० मत ल्याएर विजयी भएका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि डा. कोइरालाले नेकपा (एमाले)का उम्मेदवार दीपक अधिकारी क्षेत्रीलाई ठूलो मतान्तरले हराए । त्यसो त, नवलपुर–१ नेपाली कांग्रेसको पकड क्षेत्र हो । यहाँ २०४८ सालयता कांग्रेस अविजित छ ।

नेपाल संघीय प्रणालीमा गएपछि राज्य पुनर्संरचना हुँदा नवलपरासीको बर्दघाट–सुस्तापूर्वलाई छुट्टै जिल्ला बनाएर नवलपुर नामकरण गरियो । त्यसबेला कांग्रेसका सभापति तथा प्रधानमन्त्री रहेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाले राजनीतिक दाउपेच नजान्ने भलाद्मी भतिज शशांकलाई कांग्रेसको परम्परागत पकड क्षेत्रका रूपमा रहेको नवलपुर पठाएका थिए ।

कांग्रेसका लागि नवलपुर–१ कति बलियो किल्ला साबित भयो भने एमाले र माओवादी केन्द्रको वाम गठबन्धन भएको २०७४ को निर्वाचनमा पनि ४ हजार ३४४ मतले डा. कोइराला नै विजयी भए । उनले ३६ हजार ६५२ र वाम गठबन्धनका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत पाएका थिए ।

चुनावी अंकगणित

यसपटक कोइरालासँग प्रतिस्पर्धा गर्न एमालेले केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेललाई उठाएको छ । ‘हेभिवेट’ कोइरालासँग राष्ट्रिय राजनीतिमा नामै नसुनिएका पौडेलको खासै प्रतिस्पर्धा नहुने कांग्रेसको दाबी छ ।

‘अघिल्लो पटक त्यत्रो वाम गठबन्धन हुँदा पनि हामीले जितेको क्षेत्र हो नवलपुर’ गण्डकी प्रदेश कांग्रेसका महामन्त्री विष्णु लामिछाने भन्छन्, ‘फेरि अहिले त माओवादी पनि कांग्रेसकै साथमा छ ।’

नवलपुरमा स्थानीय तहको मत पनि कांग्रेससँग धेरै छ । गत ३० वैशाखमा भएको स्थानीय चुनावमा कांग्रेसले ४० हजार ५११, एमालेले ३९ हजार ९५१ र माओवादी केन्द्रले एक हजार ९२१ मत पाएका छन् ।

Full Read

नवलपुर -1 का उम्मेदवारहरु

२०७९ २०७४
शशांक कोइराला
नवलपुर, नवलपुर -1
बर्ष: ६४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २७०६७
कृष्‍ण प्रसाद पौडेल
नवलपुर, नवलपुर -1
बर्ष: ५८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२५०४७
राजन गौतम
नवलपुर, नवलपुर -1
बर्ष: ३६, पुरुष
गठबन्धन:
२४३०५
डा. मोहनी लाल भुसाल
नवलपुर, नवलपुर -1
बर्ष: ७१, पुरुष
गठबन्धन:
३४६९
भुम बहादुर राई
नवलपुर, नवलपुर -1
बर्ष: ३८, पुरुष
गठबन्धन:
२१५
कमल महतो
नवलपुर, नवलपुर -1
बर्ष: ५०, पुरुष
गठबन्धन:
३१५
तुलसी राम भुषाल
नवलपुर, नवलपुर -1
बर्ष: ४३, पुरुष
गठबन्धन:
४२३
टक बहादुर थापा मगर
नवलपुर, नवलपुर -1
बर्ष: ६४, पुरुष
गठबन्धन:
५५४
रुक्मागत चापागाई
नवलपुर, नवलपुर -1
बर्ष: ४३, पुरुष
गठबन्धन:
९९
प्रेम छिरी शेर्पा
नवलपुर, नवलपुर -1
बर्ष: ४०, पुरुष
गठबन्धन:
६६१
सुर्यप्रसाद सापकोटा
नवलपुर, नवलपुर -1
बर्ष: ३८, पुरुष
गठबन्धन:
१०६
चित्रध्‍वज जि.सी.
नवलपुर, नवलपुर -1
बर्ष: ४१, पुरुष
गठबन्धन:
२६७
एकनाथ पोख्रेल
नवलपुर, नवलपुर -1
बर्ष: ५१, पुरुष
गठबन्धन:
विन्दु भट्टराई
नवलपुर, नवलपुर -1
बर्ष: ४६, महिला
गठबन्धन:
विष्‍णु भट्ट
नवलपुर, नवलपुर -1
बर्ष: ३९, पुरुष
गठबन्धन:
१५
शशांक कोइराला
नवलपुर , नवलपुर -1
बर्ष: ५९ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी ४०६२० मत
भविसोर पराजुली
नवलपुर , नवलपुर -1
बर्ष: ४२ , पुरुष
गठबन्धन:
हरि प्रसाद गौतम
नवलपुर , नवलपुर -1
बर्ष: ३५ , पुरुष
गठबन्धन:
कृष्ण प्रसाद शर्मा गौतम
नवलपुर , नवलपुर -1
बर्ष: ४३ , पुरुष
गठबन्धन:
तिलक थापा मगर
नवलपुर , नवलपुर -1
बर्ष: ६१ , पुरुष
गठबन्धन:

चुनावी समाचार