डा. नारायण खड्का नेपाली कांग्रेस, उदयपुर - १ पुरुष , ७३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्का यसपटक उदयपुर–१ बाट चौथो पटक प्रतिनिधिसभामा पुग्ने प्रयासमा छन् । उनलाई रोक्न नेकपा (एमाले)की नेतृ मञ्जुकुमारी चौधरी मैदानमा छिन् ।

पूर्व शहरी विकास राज्यमन्त्री चौधरी डा. खड्काको पुरानै प्रतिस्पर्धी हुन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । 

भोजपुरमा जन्मिएका ६३ वर्षीय डा. खड्का हाल उदयपुरको त्रियुगा नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । २०५६ सालको आमनिर्वाचनमा उदयपुर–१ मा एमालेका उम्मेदवारसँग पराजित भएका खड्का त्यसयता २०६४, २०७० र २०७४ सालमा निरन्तर विजयी भए ।

२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)का आर्थिक सल्लाहकार रहेका उनी २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भए । उनले भारतको पुने विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

२०५९ मा किसुनजीको समर्थनमा शेरबहादुर देउवाले नेपाली कांग्रेस विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गर्दा डा. खड्का देउवातिर लागे । त्यसको पाँच वर्षपछि कांग्रेस एकीकृत भएपछिको १२औं महाधिवेशनबाट उनी पहिलोपटक केन्द्रीय सदस्य चुनिए ।

सुरुदेखि नै किसुनजीको समूहमा रहेका डा. खड्का केन्द्रीय सदस्य भएपछि सुशील कोइरालासँग नजिक भए । २०७० मा कोइरालाको क्याबिनेटमा उनले शहरी विकास मन्त्रीको जिम्मेवारी पाए । २०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भए । 

एमालेको पकड क्षेत्रको रूपमा रहेको उदयपुर–१ मा कांग्रेसका डा. खड्काले २०६४ र २०७० का दुवै संविधानसभा निर्वाचन जिते । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ को प्रतिनिधिसभासम्मको निर्वाचनमा पनि बाजी मारे ।

२०७० सालसम्म उदयपुरमा ३ निर्वाचन क्षेत्र थियो । २०७० को संविधानसभा निर्वाचनमा डा. खड्का साविक उदयपुर–१ र मञ्जुकुमारी चौधरी उदयपुर–२ बाट विजयी भएका थिए । दुई मात्र निर्वाचन क्षेत्र भएपछि २०७४ मा खड्काले एमालेकी चौधरीलाई उदयपुर–१ मा पराजित गरे ।

त्यसबेला खड्काले वाम गठबन्धनकी उम्मेदवार चौधरीलाई ५४८ मतान्तरले पराजित गरेका थिए । खड्काले ३३ हजार १४२ र चौधरीले ३२ हजार ५९४ मत पाएकी थिइन् । त्यसबेला चौधरीलाई सघाएको माओवादी केन्द्र यो पटक खड्कालाई जिताउन लागिपरेको छ ।

स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतको आधारमा पनि उदयपुर–१ मा सत्ता गठबन्धन बलियो छ । पाँचदलीय गठबन्धनसँग कुल ४२ हजार २७३ र एमालेसँग २७ हजार ७९७ मत छ । पछिल्लो स्थानीय चुनावको यो अंकगणित डा. खड्काका लागि अनुकूल देखिन्छ । तर निर्वाचन हो, हार वा जित यसैको हुन्छ भन्न सकिन्न ।  

Full Read

उदयपुर - १ का उम्मेदवारहरु

२०७९ २०७४
डा. नारायण खड्का
उदयपुर, उदयपुर - १
बर्ष: ७३, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३१२७०
मन्जु कुमारी चौधरी
उदयपुर, उदयपुर - १
बर्ष: ४८, महिला
गठबन्धन: एमाले गठबन्धन
२८८९१
उध्दब अधिकारी
उदयपुर, उदयपुर - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
३४४४
धुर्व कुमार राय माझी
उदयपुर, उदयपुर - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
३९१५
गोपाल राई
उदयपुर, उदयपुर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१९०६
खुसी लाल ठाकुर
उदयपुर, उदयपुर - १
बर्ष: ६६, पुरुष
गठबन्धन:
१४६
कृत नारायण चौधरी
उदयपुर, उदयपुर - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
२०६
विष्‍णु वहादुर खत्री
उदयपुर, उदयपुर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
४४
मुकेश सहनि
उदयपुर, उदयपुर - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
३८
गोकर्ण राई
उदयपुर, उदयपुर - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
१२०
राम प्रसाद चौलागाई
उदयपुर, उदयपुर - १
बर्ष: ५५, पुरुष
गठबन्धन:
कम्पस बहादुर राई
उदयपुर, उदयपुर - १
बर्ष: ४५, पुरुष
गठबन्धन:
१३
ललकु चौधरी
उदयपुर, उदयपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
६३
केशर बहादुर मगर
उदयपुर, उदयपुर - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
४४२
राम श्रेष्‍ठ चौधरी
उदयपुर, उदयपुर - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
१३८
हरिबहादुर बुढाथोकी
उदयपुर, उदयपुर - १
बर्ष: ४५, पुरुष
गठबन्धन:
१८२
डा. नारायण खड्का
उदयपुर , उदयपुर - १
बर्ष: ६८ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी ३३१४२ मत
मन्जु कुमारी चौधरी
उदयपुर , उदयपुर - १
बर्ष: ४४ , महिला
गठबन्धन:
नेकपा एमाले
३२५९४ मत
गोपाल राई
उदयपुर , उदयपुर - १
बर्ष: ३९ , पुरुष
गठबन्धन:
विश्व राज राई
उदयपुर , उदयपुर - १
बर्ष: ५३ , पुरुष
गठबन्धन:
कसिक कुमार राई
उदयपुर , उदयपुर - १
बर्ष: ३९ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >