कमल थापा नेकपा एमाले, मकवानपुर - १ पुरुष , ६७ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लामो राजनीतिक जीवनमा सधैं अवसरको शिकार गरेका छन् । आफूलाई हिन्दू राजतन्त्रात्मक नेपालको पक्षमा उभ्याउँदै पटक–पटक सत्ताभोग गरेका उनी राजनीतिक जीवनको पछिल्लो चरणमा भने गणतन्त्रवादी बनेका छन् ।

थापाका बुवा छत्रबहादुर नेपाली सेनामा कर्णेल थिए । २०१६ सालमा अवकाश भएपछि कर्णेल थापा २०२२ सालमा मकवानपुर बसाइँ सरेपछि काठमाडौंको सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका कमल हेटौंडाको भुटनदेवी माविमा भर्ना भए ।

२०२५ मा पुनः काठमाडौं आएर पद्मोदय हाइस्कुलमा भर्ना भएका कमलले अन्तर माध्यमिक फुटबल प्रतियोगितामा राम्रो कौशल देखाए । त्यसबेला उनका दाजु नेत्रबहादुर थापा नेपाल आर्मीका चर्चित फुटबलर थिए, जो पछि मेजर जनरलबाट रिटायर्ड भए । कमलका भाइ गणेश थापा पनि पछि फुटबलमै उदाए ।

नेतृत्वमा राजेन्द्र लिङ्देनसँग हारेपछि अलग पार्टी खोलेका कमल थापाले नेकपा (एमाले)लाई संकटको साथी बनाएका छन् । यसपटक उनी सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

३० वर्षदेखि आफूलाई लघारेको एमालेकै काँधमा बन्दुक राखेर पड्काउन प्रयासरत थापा २०४८ यताका सबै चुनावमा उठेका छन् । हरेक पटक उनको घम्साघम्सी एमालेकै उम्मेदवारसँग भयो । चुनावमा एमालेसँगको पौंठेजोरीमा उनले नमिठो अनुभवहरू सँगालेका छन् ।

२०४८ को चुनावमा उनलाई मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालले हराइदिए । २०५१ को मध्यावधि चुनावमा मकवानपुरको दुवै क्षेत्रबाट उठे । त्यसबेला उनले मकवानपुर–१ मा दाहाललाई हराए, तर २ मा भने एमालेकै विरोध खतिवडासँग हारे ।

२०५६ मा मकवानपुर–१ र ३ बाट लडेका थापालाई दुवैतिर एमालेका उम्मेदवारले हराए । १ मा उनै दाहाल र ३ मा वीरबहादुर लामा विजयी भए । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उठेका उनलाई नेकपा (माओवादी)का प्रह्लाद लामिछानेले हराए । २०७० मा भने उनी समानुपातिकबाट संविधानसभा आए ।

२०७४ मा मकवानपुर–१ बाट उठेका थापा एमालेका उनै कृष्णप्रसाद दाहालसँग हारे । यसपटक भने ३० वर्षदेखिका प्रतिस्पर्धी थापालाई जिताउने पार्टी जिम्मेवारीमा छन्, दाहालहरू ।

तर, थापा यसपटक पनि सुरक्षित छैनन् । सिफारिस भएका पार्टीका नेतालाई हटाएर राप्रपा, नेपाललाई सूर्य चिह्न दिने एमाले अध्यक्ष ओलीको निर्णयबाट देशका अन्य ठाउँका जस्तै मकवानपुरका नेता–कार्यकर्ता पनि खुसी छैनन् । 

दुई पटक सांसद, ९ पटक मन्त्री

नेपालमा कमल थापा नै त्यस्ता राजनीतिक खेलाडी हुन्, जसले चुनावमा पटक–पटक पछि परे पनि सत्ताभोगमा अगाडि रहे । उनी जम्मा दुई पटक सांसद भए– एक पटक मकवानपुर–१ बाट जितेर अनि २०७० मा समानुपातिकतर्फबाट । मन्त्री भने ९ पटक भए ।

२०१२ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापा एक समय राष्ट्रिय फुटबल खेलाडी थिए । उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदको सदस्य र एशियाली फुटबल परिसंघको कार्यकारी सदस्य पनि भए ।

राजदरबारनिकट व्यक्तिहरूको प्रोत्साहनमा राष्ट्रवादी मण्डलबाट राजनीतिमा आएका थापा २०५१ पछि निरन्तर चर्चाका छन् । जोसुकैको सरकारमा पनि मन्त्री खान जानेदेखि रातारात दलबदलसम्मका प्रकरणका कारण उनी चर्चित भइरहे ।

हिन्दू राजतन्त्र फर्काउने मुद्दा उठाएर पहिलो पटक सांसद हुँदा नै थापा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए ।

देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा–एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा–कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषिमन्त्री बने ।

त्यसबेला चन्दले ‘जहाज डुब्न लागेको थाहा पाउनासाथ मुसा भागेको’ भन्दै कमल थापा प्रवृत्तिमाथि तिखो टिप्पणी गरेका थिए ।

सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री पनि भए । राजा ज्ञानेन्द्र शाहले सत्तापलट गरेर आफैं मन्त्रिपरिषद अध्यक्ष भएर गठन गरेको सरकारमा गृहमन्त्री भएर कमल थापाले जनआन्दोलन दबाउन योगदान गरे ।

मुलुक गणतन्त्र भएपछि २०६४ मा चुनाव हारे पनि समानुपातिकको कोटाबाट २०७० मा दोस्रो संविधानसभामा पुगेर थापाले मन्त्री हुने सिलसिला सुरु भयो ।

२०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा उनी उप–प्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उप–प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भए ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उप–प्रधानमन्त्री भए । २०७४ को चुनाव हारेपछि सत्ताबाट टाढिएका थापा यसपटक एमालेको सहारामा मकवानपुर–१ बाटै संसद छिर्ने प्रयासमा छन् ।

थापाले राजसंस्थाको मुद्दा छाडिदिएका छन् । उनले आफूलाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै ‘राजसंस्थाको भारी बिसाएको’ घोषणा नै गरे ।

चुनावी अंकगणित

मकवानपुर–१ मा थापासँगै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, राप्रपाका दीपकबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।

गत स्थानीय निर्वाचनमा मकवानपुर–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, नेकपा (माओवादी केन्द्र)ले १६ हजार ५४२, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार २८३ र राप्रपाले ४ हजार ७० मत पाएको छ ।

गत स्थानीय चुनावको यो आँकडाअनुसार सत्ता गठबन्धन १६ हजार मतले अगाडि देखिन्छ, जसको उम्मेदवार कांग्रेसकी डिना हुन् । यो निर्वाचनमा विजयी हुन कमल थापाले भने एकातिर एमालेको सबै मत लिन सक्नुपर्नेछ भने अर्कोतिर सत्ता गठबन्धनको मत पनि भारी मात्रामा तान्नुपर्नेछ ।  

Full Read

मकवानपुर - १ का उम्मेदवारहरु

२०७९ २०७४
महालक्ष्मी उपाध्याय(डिना)
मकवानपुर, मकवानपुर - १
बर्ष: ५८, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
२५४३४
कमल थापा
मकवानपुर, मकवानपुर - १
बर्ष: ६७, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२५४२०
टाका राज थापा
मकवानपुर, मकवानपुर - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
५६९३
दिपक बहादुर सिंह
मकवानपुर, मकवानपुर - १
बर्ष: ६१, पुरुष
गठबन्धन:
विजयी २७८१६
इन्द्र मान थिङ
मकवानपुर, मकवानपुर - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
३६२
रुपक लामा
मकवानपुर, मकवानपुर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
३९
सान्तलाल भैल
मकवानपुर, मकवानपुर - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
४६
सुरेन्द्र भट्टराई
मकवानपुर, मकवानपुर - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
१७४
दिपेन्द्र चन्द ठकुरी
मकवानपुर, मकवानपुर - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
४२२
कृष्ण प्रसाद दाहाल
मकवानपुर, मकवानपुर - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
७५९
सङ्गीन श्रेष्‍ठ
मकवानपुर, मकवानपुर - १
बर्ष: ३८, पुरुष
गठबन्धन:
२४
युवराज लामा
मकवानपुर, मकवानपुर - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
२९२
मन बहादुर दाहाल
मकवानपुर, मकवानपुर - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
८६
आईताराम तामाङ
मकवानपुर, मकवानपुर - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
४११
सुभाष पौडेल
मकवानपुर, मकवानपुर - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
पंच लाल तमाङ
मकवानपुर, मकवानपुर - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
६९
कृष्‍ण प्रसाद दहाल
मकवानपुर , मकवानपुर - १
बर्ष: ५४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ४०६३१ मत
कमल थापा
मकवानपुर , मकवानपुर - १
बर्ष: ६२ , पुरुष
गठबन्धन:
सरोज कोइराला
मकवानपुर , मकवानपुर - १
बर्ष: २७ , पुरुष
गठबन्धन:
केशवराज बानियाँ
मकवानपुर , मकवानपुर - १
बर्ष: ५९ , पुरुष
गठबन्धन:
स्वतन्त्र
४६७ मत
कृष्ण कुमार घलान
मकवानपुर , मकवानपुर - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
इन्द्र मान थिङ
मकवानपुर , मकवानपुर - १
बर्ष: ३२ , पुरुष
गठबन्धन:
प्रल्‍हाद लामिछाने
मकवानपुर , मकवानपुर - १
बर्ष: ४४ , पुरुष
गठबन्धन:
फणिन्द्र कुमार तिमल्सीना
मकवानपुर , मकवानपुर - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
देव आनन्द रेग्मी
मकवानपुर , मकवानपुर - १
बर्ष: ४० , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >