विद्या भट्टराई नेकपा एमाले, कास्की - २ महिला , ४९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

विद्यार्थी आन्दोलनको रापतापले खारिए पनि संसदीय राजनीतिमा आउन विद्या भट्टराईलाई दुई दशक बढी लाग्यो । अनेरास्ववियुको सचिव भइसकेकी विद्याले २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उपप्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।

१५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि विद्याको जीवनमा नयाँ मोड आयो । कास्की २ मा हुने उपचुनावमा पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि विद्या राजनीतिमा फर्किइन् ।

देशलेमात्रै होइन, आफ्नै जिन्दगीमा घटेको दुखद घटनाका कराण उनी नकल्पेको निर्वाचनमा उभिनुपर्‍यो । प्राध्यापनमा रमाइरहेकी विद्याको श्रीमान् रवीन्द्र अधिकारीको निधनकै कारण राजनीतिक पुनरागमन भयो ।

श्रीमानको निधनले आँखा नओभाउँदै २०७६ मंसिरमा भएको उपनिर्वाचनमा नेकपा एमालेले कास्की-२ मा उम्मेदवार बनाउँदा धेरै शब्दका तीरहरु खेपिन्, रवीन्द्रको निधनपछि संवेदनाको मत तान्न विद्यालाई खडा गरियो । त्योबेला विद्या भन्थिन्, 'मान्छे विशेष घटनाक्रमले पनि राजनीतिमा आउँदो रहेछ । म प्राध्यापनमा थिएँ तर राजनीतिबाट टाढा थिइनँ ।'

काठमाडौंलाई आधार बनाएर विद्यार्थी राजनीति गरेकी विद्या रवीन्द्रको निधनपछि एमाले विरासत धान्न कास्की-२ मा आइपुगिन् । शोकलाई शक्तिमा बदलेर चुनाव लड्ने साहस बटुलेको बताउँदै विद्या भन्छिन्, 'रवीन्द्रको सपना पूरा गर्न बुहारी होइन, कास्कीमा एउटा छोरी चुनाव लड्न आएकी छ ।'

४ वटा निर्वाचन क्षेत्र हुँदा कास्की-३ बाट दुई पटक र निर्वाचन क्षेत्र पुनर्संरचनापछि कास्की-२ २०७४ सालमा चुनाव जितेर रवीन्द्रले 'हृयाटि्रक' पूरा गरेका थिए । त्यही क्षेत्रमा रवीन्द्रकै बिरासतलाई पछ्याउँदै, संवेदनाको मतसमेत बटुल्दै एमालेबाट उपनिर्वाचन जितेर विद्याले संसद यात्रा तय गरिन् । तर, यसपटक उनी संवेदनाले होइन, एजेण्डा र व्यक्तित्वले मत ल्याएर जित्ने होडमा छिन् ।

उपनिर्वाचनमार्फत संसद छिरे पनि जनताको घर दैलोमा विकासको कार्यक्रम लिएर जान नपाएको र रवीन्द्र अधिकारीकै अपेक्षा आफूमाथि भएको विद्याको अनुभव छ । उनी सांसद त भइन् तर नेकपा विवादले संसद नै लामो समय अवरुद्ध भयो । नेकपा विवादमा पार्टीका नेता कार्यकर्ता विभाजित हुने अवस्था आयो ।

उपनिर्वाचनबाट संसद प्रवेश गरेपछि कानुन निर्माणमा सक्रिय सहभागिता जनाएकी विद्याले विभिन्न ऐनमा संशोधन प्रस्ताव दर्ता गर्ने, महिला, बालबालिकाको पक्षमा बोल्ने गरिन् । तर, जनताको तहमा अझै सांसदले योजना नै बाँड्नुपर्छ भन्ने मान्यता भएकाले संसदमा आफूले निभाएको भूमिका नदेखिएको विद्या बताउँछिन् । यो बीचमा विद्याले शालीन, तार्किक र शिष्ट नेताको परिचय बनाएकी छन् ।

आफ्नै परिचय र यसअघिको अनुभवलाई लिएर विद्या जनताका बीचमा गएकी छन् । यसअघि विशेष घटनाक्रमले उपनिर्वाचनमा होमिनुपरेको र अब पूरा कार्यकाल जनताको माग पूरा गर्ने, संसदमा जनताकै आवाज बोल्ने बताउँदै विद्या मतदाताको घरदैलोमा छिन् । केपी ओलीकै रोजाइ र जोडबलमा दोस्रो पटक चुनावी मैदानमा होमिएकी विद्याको निम्ति स्थानीय तहमा गठबन्धनले प्राप्त गरेको मतअनुसार जित निकाल्न सहज छैन ।

नेपाली कांग्रेसकै भोटको भर पर्नुपर्दा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराललाई भन्दा विद्यालाई सहज हुने अनुमान धेरैको छ । त्यसैमाथि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले यही क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् । जसका कारण विद्यालाई सहज भएको विश्लेषण निर्वाचन क्षेत्रमा छ ।

कास्की-२ रवीन्द्र अधिकारीको समयदेखिको विरासत गुम्न नदिने पक्षमा छिन् विद्या । तर, चार दशकको राजनीतिक जीवनमा पहिलो पटक उम्मेदवार बनेका श्रीनाथ गठबन्धनबाट विद्यालाई हराउन कसरत गरिरहेका छन् । रवीन्द्रले तीन पटक चुनाव जितेको क्षेत्रमा विद्या पनि यसपटक दोहोरिन हरतरहले लागिरहेकी छन्  ।

सांसद भएर चुनावको चर्चा सुरु भइसक्दा मान्छेहरुले अब फेरि प्राध्यापनमा फर्किने र राजनीतिमै सक्रिय हुने भनेर विद्यालाई सोध्न थालेका रहेछन् । फरक क्षेत्रबाट राजनीतिमा आइसकेपछि फेरि जाने कि आउने भन्ने प्रश्नहरुले उनलाई घोच्दो रहेछ ।

'हिजो जतिबेला राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलन एउटा मुद्दामा केन्द्रित थियो । विद्यार्थीका मागहरु नै हाम्रा एजेन्डा थिए', विद्या भन्छिन्, 'विवाहपछि राजनीतिसँग जोडिरहे पनि फ्रन्टलाइनर भइनँ । मेरो पहिचान भनेको एउटा प्राध्यापक, एक्टिभिस्टका रुपमा मात्रै रहृयो । तर एउटा अवस्थाले फ्रन्टलाइनर भएर निस्किएँ ।'

समाजशास्त्रमा एमफिल गरेकी भट्टराईलाई संघीय संसदमा सक्रिय सहभागिता र प्रभावकारी भूमिका खेलेको भन्दै एमालेले फेरि उम्मेदवार बनाएको हो । र यो अवसरलाई कुनै पनि हालतमा खेर जान नदिन उनी पनि लागिरहेकी छन् ।

कास्की-२ अन्तर्गत पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्छन् । यी ११ वटा वडामध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको छ भने ५ वटा वडामा कांग्रेस विजयी भएको छ ।

वडा नं १७, २१, २० लाई कास्कीमा नेकपा एमालेको 'उत्तर कोरिया' नै भन्ने गरिन्छ । वडा नं ४, ७, ९, ११ लाई कांग्रेसको बलियो जनाधार भएको वडा मानिन्छ । गएको स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा प्रतिनिधि सभाको निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था भने छैन ।

एमालेका वडाध्यक्षका उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा २१ हजार १ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत गरेका थिए । एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ मत र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत ल्याएका थिए ।

राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९ र स्वतन्त्र तथा अन्यले ७५० मात्र मत प्राप्त गरेका थिए । स्थानीय तहको मतलाई हेर्दा कांग्रेस, एकीकृत समाजवादी र माओवादीका वडाध्यक्षले पाएको मत हेर्दा एमाले करिब १ हजार मतले मात्र पछि छ । तर, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादीले सबै वडामा उम्मेदवार नउठाएकाले मतको परीक्षण नहुने उनीहरुको भनाइ छ ।

एमालेले पनि अघिल्लो निर्वाचनमा अन्तर्घात पनि भएको र यो निर्वाचनमा त्यस्तो नहुने भन्दै अन्य पार्टीको मतसमेत काटेर व्यक्तित्वका हिसाबले पनि विद्याले चुनाव जित्ने दाबी गरेको छ।

Full Read

कास्की - २ का उम्मेदवारहरु

२०७९ २०७४
विद्या भट्टराई
कास्की, कास्की - २
बर्ष: ४९, महिला
गठबन्धन: एमाले गठबन्धन
विजयी १६९९८
श्रीनाथ वराल
कास्की, कास्की - २
बर्ष: ५४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
९६५९
माधव प्रसाद कंडेल
कास्की, कास्की - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
१२४९५
सुवर्णराज पन्त
कास्की, कास्की - २
बर्ष: ३२, पुरुष
गठबन्धन:
३९९३
बुद्धि कुमारी गुरुङ्ग
कास्की, कास्की - २
बर्ष: ६१, महिला
गठबन्धन:
३५७
महेन्द्र शर्मा
कास्की, कास्की - २
बर्ष: ५२, पुरुष
गठबन्धन:
१३९
पशुपति प्रजापती
कास्की, कास्की - २
बर्ष: ५५, पुरुष
गठबन्धन:
२६
शिरिष गुरुङ
कास्की, कास्की - २
बर्ष: ३६, महिला
गठबन्धन:
७६२
ईश्‍वरबहादुर राना
कास्की, कास्की - २
बर्ष: ४९, पुरुष
गठबन्धन:
२४
बाल कुमार राई
कास्की, कास्की - २
बर्ष: ३०, पुरुष
गठबन्धन:
३३
ज्ञान राज गुरुङ्ग
कास्की, कास्की - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
२५९
गिता बहादुर रेाका
कास्की, कास्की - २
बर्ष: ४३, पुरुष
गठबन्धन:
६५
महादेव गुरुङ
कास्की, कास्की - २
बर्ष: ६६, पुरुष
गठबन्धन:
१३४०
तारानाथ सुवेदी
कास्की, कास्की - २
बर्ष: ७८, पुरुष
गठबन्धन:
७५
जमुना शर्मा
कास्की, कास्की - २
बर्ष: ३२, महिला
गठबन्धन:
१२
गिता नाथ
कास्की, कास्की - २
बर्ष: ३५, महिला
गठबन्धन:
ऋगेन्द्र गिरी
कास्की, कास्की - २
बर्ष: ३४, पुरुष
गठबन्धन:
९१५
रविन्द्र प्रसाद अधिकारी
कास्की , कास्की - २
बर्ष: ४९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २७२०७ मत
देव राज चालिसे
कास्की , कास्की - २
बर्ष: ५७ , पुरुष
गठबन्धन:
श्रीकृष्‍ण श्रेष्ठ
कास्की , कास्की - २
बर्ष: ३८ , पुरुष
गठबन्धन:
रत्‍न भट्टचन
कास्की , कास्की - २
बर्ष: ६३ , महिला
गठबन्धन:
दिपक भण्डारी
कास्की , कास्की - २
बर्ष: ४० , पुरुष
गठबन्धन:
निर्मल खत्री
कास्की , कास्की - २
बर्ष: ४६ , पुरुष
गठबन्धन:
स्वतन्त्र
११९ मत
उमा दर्लामी
कास्की , कास्की - २
बर्ष: ३६ , महिला
गठबन्धन:
बाल कुमार राई
कास्की , कास्की - २
बर्ष: २५ , पुरुष
गठबन्धन:

चुनावी समाचार