गौरी कुमारी ओली नेकपा एमाले, डोटी - १ महिला , ४९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

तीन दशकअघि पार्टी संगठन निर्माण गर्न पुरुष कलाकारहरुसँगै क्रान्तिका गीत गाउँदै डोटीका गाउँगाउँ पुगेकी एक नारी आज सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा छिन् । कुनै बेला काखीमा दुधे बालक च्यापेर महिलाहरुलाई संगठित गर्ने अभियानमा हिंडेकी गौरी ओलीलाई नेकपा एमालेले डोटीबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

नेपालका पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी जन्मेको डोटी जिल्लाबाट हालसम्म कुनै पनि महिलाले संसदीय चुनावमा प्रतिस्पर्धा गरेका छैनन् । गौरी पहिलो व्यक्ति हुन् जो प्रत्यक्ष चुनावी मैदानमा छन् ।

२०१५ सालको निर्वाचन, राष्ट्रिय पञ्चायतका लागि भएका निर्वाचनहरु र २०४६ सालको राजनीतिक परिवर्तन यता भएका ६ निर्वाचनहरुमा जिल्लाबाट कुनै महिलाले प्रतिस्पर्धा गरेका छैनन् । यद्यपि २०६४ साल यताका निर्वाचनहरुमा समानुपातिक पद्धतिको व्यवस्था भएपछि डोटीका केही महिला सांसद भए ।

को हुन् गौरी ओली ?

डोटीको साविक घण्टेश्वर गाविस–३ (हाल जोरायल गाउँपालिका–१) मा २०३० सालमा जन्मिएकी गौरीले अध्ययनको क्रममा २०४७ सालतिर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र कलाकारहरुको संगठन जनसांस्कृतिक मञ्चमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरिन् । उनी २०४९ सालमा सम्पन्न अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०५३ सालमा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) डोटीको संस्थापक अध्यक्ष बनेकी ओली अनेमसंघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनिन् । हाल उनी अनेमसंघको केन्द्रीय सचिव छिन् ।

२०५४ सालमा एमालेको जिल्ला कमिटी सदस्य बनेकी उनी २०६५ देखि २०७१ सम्म केन्द्रीय सदस्य रहिन् भने हाल पोलिटब्यूरो सदस्य र डोटी जिल्ला इन्चार्ज छिन् ।

डोटीका राजनीतिकर्मी महिलाहरुमा गौरीको नाम अग्रणी स्थानमा छ । २०६२/६३ को जनआन्दोलनमा सक्रिय भूमिकामा रहेकी गौरीलाई प्रहरीले निर्मम कुटपिटसँगै केही दिन हिरासतमा समेत राखेको थियो । उनी २०७० सालमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य चुनिएकी थिइन् ।

इतिहास रच्लिन् त गौरीले ?

गौरी डोटीबाट प्रत्यक्ष निर्वाचन जित्ने पहिलो महिला बन्ने चाहनामा छिन् । तर चुनावी लडाईं त्यति सहज भने छैन । उनी आफ्ना पूर्वसहकर्मी वर्तमान सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगरसँग प्रतिस्पर्धा गर्दैछिन् । यद्यपि ३० वैशाखको स्थानीय तह निर्वाचनको मतको आधारमा एमाले भन्दा सत्तारुढ गठबन्धन अगाडि छ ।

तर उनी आफू चुनाव जित्ने दावी गर्छिन् । आफू लामो समयदेखि डोटी जिल्लामा राजनीतिक गतिविधिमा संलग्न भएको र पहिलो पटक जनताको बीचमा मत माग्न गएका कारण मतदाताले सहयोग गर्ने उनको भनाइ छ ।

‘मेरो हकमा मतदाताहरुले कांग्रेस, कम्युनिस्ट नभनी आफ्नै छोरी बुहारी सम्झेर मतदान गर्नुहुनेछ, त्यसमा पनि महिला दिदीबहिनीहरुले मलाई धेरै माया गर्नुहुनेछ’ उनी भन्छिन् ।

गौरीलाई स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काको पनि आशा छ । नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत रहेका खड्काले कांग्रेसको मत काट्दा सत्ता गठबन्धनमा आधिकारिक उम्मेदवार प्रेम आलेलाई भन्दा आफूलाई फाइदा हुने गौरीको आकलन छ । ‘क्रस खुकुरी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका खड्काले भने आफू जित्ने दावी गर्दै आएका छन् ।

स्थानीय चुनावको मत

डोटी जिल्लामा कुल मतदाता संख्या १ लाख २४ हजार ८७० रहेको छ । जसमध्ये ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष रहेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धनका उम्मेदवार आले सम्बद्ध दल एकीकृत समाजवादीसँग ३ हजार २०५ मत मात्रै छ । कांग्रेस एक्लैसँग ३३ हजार ९४४, नेकपा माओवादी केन्द्रसँग ७ हजार ६१२ मत रहेको छ । एमालेसँग २५ हजार ३६ मत रहेको छ ।

स्वतन्त्र उम्मेदवार खड्काले कांग्रेसकाे करिब ८० प्रतिशत मत तान्न सके भने उनी आफैं जित्नेछन् । त्यसो नभएर खड्काले कांग्रेसको ४० प्रतिशत मत तान्न सके भने नतिजा गौरीको पक्षमा पर्न सक्छ । सत्तारुढ दलहरु गठबन्धनका उम्मेदवारप्रति इमानदार रहेमा प्रेमबहादुर आले नै हावी हुनेछन् ।

Full Read

डोटी - १ का उम्मेदवारहरु

२०७९ २०७४
गौरी कुमारी ओली
डोटी, डोटी - १
बर्ष: ४९, महिला
गठबन्धन: एमाले गठबन्धन
२३००४
प्रेम वहादुर आले
डोटी, डोटी - १
बर्ष: ५१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २७२१०
केशव वलायर
डोटी, डोटी - १
बर्ष: २७, पुरुष
गठबन्धन:
७७४
अंक बहादुर खड्का
डोटी, डोटी - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
८०२
राज प्रशाद जोशी
डोटी, डोटी - १
बर्ष: ६८, पुरुष
गठबन्धन:
१०४
बर्ष: ५०, पुरुष
गठबन्धन:
६६८९
प्रेम वहादुर आले
डोटी , डोटी - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३२५१० मत
विर बहादुर बलायर
डोटी , डोटी - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
बर्ष: ५५ , पुरुष
गठबन्धन:
पुस्कर कुँवर
डोटी , डोटी - १
बर्ष: ३३ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >