राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी, सर्लाही - २ पुरुष , ६३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादव सत्ता गठबन्धनमा छन्, तर प्रतिनिधिसभा सदस्यका लागि दुवैले सर्लाही–२ बाट उम्मेदवारी दिएका छन् । गठबन्धनको साझा उम्मेदवार चाहिं यादवलाई भनिएको छ ।

गठबन्धनका शीर्ष नेताहरूको निर्णय हुबहु निर्वाचन क्षेत्रमा लागू हुने अवस्था छैन । चुनावी प्रतिस्पर्धाले मधेश आन्दोलनका यी दुई शीर्ष नेतामध्ये एक जनालाई संसद बाहिरै राख्नेछ । 

दिवंगत नेता गजेन्द्रनारायण सिंहबाट प्रभावित महतो सद्भावना परिषद्मा आवद्ध भएर २०४६ सालबाट सक्रिय राजनीतिमा आएका थिए । उनले तीन दशकभन्दा लामो राजनीतिक यात्रामा अनेक उतारचढाव भोगेका छन् ।

स्नातक तहसम्म अध्ययन गरेर काठमाडौंमा ट्राभल एजेन्सी, कुरियर, यातायातलगायत क्षेत्रमा काम गरिरहेको अवस्थामा उनको भेट गजेन्द्रनारायण सिंहसँग भयो । २०४६ सालको पञ्चायतविरोधी आन्दोलनकै सन्दर्भमा सिंह काठमाडौं आएका थिए । उनको कुरा सुनेपछि महतो सद्भावना परिषदमा आबद्ध भए ।

त्यसपछिको समयमा उनी सद्भावना पार्टी प्रवक्ता, महासचिव, उपाध्यक्ष र अध्यक्ष भए । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य, जनता समाजवादी पार्टीको वरिष्ठ नेताहुँदै उनी अहिले लोसपाको वरिष्ठ नेता छन् ।

२०४८ सालमै सर्लाहीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेका महतो नेपाली कांग्रेसकी मीना पाण्डेसँग १ हजार ३ मतले पराजित भए । २०५१ सालको मध्यावधि चुनावमा उनी सोही क्षेत्रबाट चुनाव लडेर पुरानै प्रतिस्पर्धी पाण्डेसँग ३०० मतले हारे ।

तेस्रो पटक २०५६ को निर्वाचनमा भने महतोले पाण्डेलाई उही क्षेत्रको प्रतिस्पर्धामा हराए । २०६२–६३ को जनआन्दोलनपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महतो पहिलो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने । त्यसपछिका वर्षहरूमा वाणिज्य तथा आपूर्ति मन्त्री, स्वास्थ्य मन्त्री र उपप्रधानमन्त्री समेत बने ।

२०६४ सालमा सद्भावना पार्टीका अध्यक्ष रहेका महतले पहिलो संविधानसभा निर्वाचनमा सहज जित हासिल गरे । २०७० को दोस्रो संविधानसभा चुनावमा भने उनी सर्लाही–५ मा महेन्द्रराय यादवसँग पराजित हुनपुगे । २०७४ को निर्वाचनमा महतोले कांग्रेसका विमलेन्द्र निधिलाई धनुषा–३ मा पराजित गरे ।

सर्लाहीको बबरगञ्ज स्थायी घर भएका महतो यसपटक पूर्वसहकर्मी महेन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्न धनुषा–३ छाडेर सर्लाही–२ फर्किएका छन् । २०७४ को चुनावताका तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्षमण्डलमा रहेका दुवैजना आ–आफ्नो क्षेत्रबाट विजयी भएर संसद पुगेका थिए ।

चुनावी अंकगणित

पछिल्लो स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले सर्लाही–२ मा पाएको दलगत मतमा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसले २४ हजार ६३०, जनता समाजवादी पार्टी (जसपा) १९ हजार ६४२, लोसपाले १२ हजार ३६६ मत पाएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ७ हजार ७३७, नेकपा (एमाले)ले ७ हजार ६७९ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार २२१ मत पाएको छ । यो क्षेत्रमा यसपटक जसपाले एमालेलाई समर्थन गरेको छ । एमालेका राजनारायण साह र जनमत पार्टीका नरेशप्रसाद कुशवाह यहींबाट प्रतिस्पर्धामा छन् ।

यो चुनावी अंकगणित महतोका लागि अनुकूल देखिंदैन । उनी सत्ता गठबन्धनका महेन्द्रराय यादवलाई लोसपाको एक्लो बलले हराउनुपर्ने अवस्थामा छन् । माओवादीको चुनाव चिह्न लिएका यादवको उम्मेदवारीलाई लिएर कांग्रेसभित्र रहेको असन्तुष्टिबाट भने महतोले फाइदा लिन सक्छन् ।

‘काम न काजको सत्ता गठबन्धन’ भन्दै चुनावी अभियान चलाइरहेका महतोले त्यसबाट आफूलाई केही फरक नपर्ने बताए ।

Full Read

सर्लाही - २ का उम्मेदवारहरु

२०७९ २०७४
राज नारायण साह
सर्लाही, सर्लाही - २
बर्ष: ५८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१४८१९
महिन्द्र राय यादव
सर्लाही, सर्लाही - २
बर्ष: ८५, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २३५२९
जय करण महतो
सर्लाही, सर्लाही - २
बर्ष: ३१, पुरुष
गठबन्धन:
५६९
विकेश महतो
सर्लाही, सर्लाही - २
बर्ष: ३५, पुरुष
गठबन्धन:
६७६
नरेश प्रसाद कुशवाहा
सर्लाही, सर्लाही - २
बर्ष: ४२, पुरुष
गठबन्धन:
६५५४
राजेन्द्र महतो
सर्लाही, सर्लाही - २
बर्ष: ६३, पुरुष
गठबन्धन:
२१५१६
वीर वंश वैठा
सर्लाही, सर्लाही - २
बर्ष: ५८, पुरुष
गठबन्धन:
९०६
मोस्तकिम अंसारी
सर्लाही, सर्लाही - २
बर्ष: ६२, पुरुष
गठबन्धन:
१०६४
राम नाथ साह
सर्लाही, सर्लाही - २
बर्ष: ४२, पुरुष
गठबन्धन:
५६
श्रवण साह
सर्लाही, सर्लाही - २
बर्ष: २७, पुरुष
गठबन्धन:
२०
सतिश कुमार चौधरी
सर्लाही, सर्लाही - २
बर्ष: २८, पुरुष
गठबन्धन:
११३
कामिल मियाँ मुकेरी
सर्लाही, सर्लाही - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
४४
शुसिला कुमारी
सर्लाही, सर्लाही - २
बर्ष: ३३, महिला
गठबन्धन:
४५
राज किशोर राय यादव
सर्लाही, सर्लाही - २
बर्ष: ५४, पुरुष
गठबन्धन:
७८
राजनारायण राय यादव
सर्लाही, सर्लाही - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
३२
मनोज कुमार साह
सर्लाही, सर्लाही - २
बर्ष: ३१, पुरुष
गठबन्धन:
३४
मोहम्मद मनसरीफ अंसारी
सर्लाही, सर्लाही - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
४१२
जंगीलाल राय
सर्लाही , सर्लाही - २
बर्ष: ५४ , पुरुष
गठबन्धन:
दिनेश राय
सर्लाही , सर्लाही - २
बर्ष: ४३ , पुरुष
गठबन्धन:
पुष्प रंजितकार
सर्लाही , सर्लाही - २
बर्ष: ५३ , पुरुष
गठबन्धन:
राज कुमार पंडित
सर्लाही , सर्लाही - २
बर्ष: ३४ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१४४ मत
जयप्रकाश नारायण सिंह यादब
सर्लाही , सर्लाही - २
बर्ष: ६२ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१२२ मत
जवाहर लाल राय
सर्लाही , सर्लाही - २
बर्ष: ३३ , पुरुष
गठबन्धन:
रघुनाथ राय
सर्लाही , सर्लाही - २
बर्ष: ५१ , पुरुष
गठबन्धन:
विरेन्‍द्र कुमार सिंह
सर्लाही , सर्लाही - २
बर्ष: ४१ , पुरुष
गठबन्धन:
रामचन्द्र भगत (भण्डारी)
सर्लाही , सर्लाही - २
बर्ष: ३७ , पुरुष
गठबन्धन:
रेणु शर्मा
सर्लाही , सर्लाही - २
बर्ष: ४७ , महिला
गठबन्धन:
राजेन्द्र राय यादव
सर्लाही , सर्लाही - २
बर्ष: ६७ , पुरुष
गठबन्धन:
एजाउल मिया मुकेरी
सर्लाही , सर्लाही - २
बर्ष: ४८ , पुरुष
गठबन्धन:
सुनिल चौधरी कल्वार
सर्लाही , सर्लाही - २
बर्ष: ३८ , पुरुष
गठबन्धन:
दिनेश राय
सर्लाही , सर्लाही - २
बर्ष: २७ , पुरुष
गठबन्धन:
विजय कुमार कर्ण
सर्लाही , सर्लाही - २
बर्ष: ४६ , पुरुष
गठबन्धन:
राम विश्‍वास राय
सर्लाही , सर्लाही - २
बर्ष: ४८ , पुरुष
गठबन्धन:
शेख मकसुद
सर्लाही , सर्लाही - २
बर्ष: ६१ , पुरुष
गठबन्धन:
शेष होमैदुर रहमान
सर्लाही , सर्लाही - २
बर्ष: ६८ , पुरुष
गठबन्धन:

चुनावी समाचार