Home Candidate बल बहादुर कुँवर

हारको अनुभवलाई जीतमा बदल्ने चुनौती

अछाम - २ उम्मेदवार

बल बहादुर कुँवर

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

बलबहादुर कुंवर अछामको स्थानीय राजनीतिमा लामो समयदेखि चिनिएको नाम हो । २०१८ साल जेठ १५ गते जन्मिएका कुँवर अछामको ढकारी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।

कैलाली बहुमुखी क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गरेका उनी राजनीतिक यात्राको अधिकांश समय नेपाली कांग्रेसमा सक्रिय रहेर बिताएका पुराना नेता मानिन्छन् ।

तर समयक्रमसँगै उनको राजनीतिक धार फेरिएको छ । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम–२ मा उम्मेदवार बनेका छन्।

राजनीतिमा प्रवेश गर्नुअघि कुँवर अछाममा साझा सहकारीसँग जोडिएर काम गरे । नुन, चिनी, मलजस्ता अत्यावश्यक सामग्री सर्वसाधारणसम्म पुर्‍याउने साझा सहकारीको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जीवन, अभाव र जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाए। यही सामाजिक संलग्नताले उनलाई औपचारिक राजनीतितर्फ डोर्‍यायो ।

राजनीतिमा प्रवेश गर्नुअघि कुँवर अछाममा साझा सहकारीसँग जोडिएर काम गरे । नुन, चिनी, मलजस्ता अत्यावश्यक सामग्री सर्वसाधारणसम्म पुर्‍याउने साझा सहकारीको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जीवन, अभाव र जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाए। यही सामाजिक संलग्नताले उनलाई औपचारिक राजनीतितर्फ डोर्‍यायो ।


२०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट ढकारी गाविस वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुँदै उनले पहिलो पटक जनप्रतिनिधिको भूमिका निर्वाह गरे ।

सोही वर्ष उनी जिल्ला विकास समिति सदस्यमा पनि उम्मेदवार बने, यद्यपि त्यो चुनावमा भने पराजय भोग्नुपर्‍यो। त्यसपछि पनि उनी स्थानीय र जिल्ला तहको राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आए ।

कुँवरले सुकुम्बासी आयोग अछाम कार्यालयमा एक कार्यकाल उपाध्यक्ष र अर्को कार्यकाल कार्यालय प्रमुखको रूपमा काम गरेका छन् ।

भूमिहीन र सुकुम्बासी समुदायसँग प्रत्यक्ष काम गर्ने क्रममा उनले जमिन, बसोबास र सामाजिक न्यायका सवालमा अनुभव सँगाले, जसलाई उनी आफ्नो राजनीतिक पूँजीका रूपमा लिन्छन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट अछाम–२ बाट उम्मेदवार बनेका कुँवर नेकपा एमालेका भरत साउँदसँग पराजित भए । त्यसपछि २०७४ सालको निर्वाचनमा पनि उनी कांग्रेसकै तर्फबाट प्रदेश सभा सदस्यका लागि अछाम क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बने । त्यस निर्वाचनमा उनले ९ हजार ८३७ मत प्राप्त गरे पनि नेकपा एमालेका बलबहादुर सोडारीसँग ९७९ मतको अन्तरले पराजित हुन पुगे ।

कांग्रेसभित्र शेखर कोइराला पक्ष नजिक मानिने कुँवरलाई यसपटक पार्टीबाट टिकट नपाउने लगभग निश्चित भएपछि उनले कांग्रेस परित्याग गर्ने निर्णय गरे । त्यसपछि उनी नेकपामा प्रवेश गरे।

सुरुमा नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शरद सिंह भण्डारीले अछाम–२ को टिकट पाएका थिए। तर कुँवर नेकपामा प्रवेश गरेपछि राजनीतिक समीकरण फेरियो र अन्ततः टिकट कुँवरकै हातमा आयो।

वडाध्यक्षबाहेकका चुनावमा निरन्तर पराजय भोग्दै आएका बलबहादुर कुँवरका लागि यो निर्वाचन राजनीतिक जीवनको महत्वपूर्ण मोड मानिएको छ । पार्टी परिवर्तनपछि नयाँ मतदाताको भरोसा जित्न सक्लान् कि विगतका हारले उनलाई फेरि पनि पछ्याउने हो ?

अनुकूलता
• स्थानीय तहदेखि सुकुम्बासी आयोगसम्मको लामो प्रशासनिक र राजनीतिक अनुभव
• अछामको ग्रामीण जीवन र सामाजिक समस्यासँग प्रत्यक्ष जोडिएको पृष्ठभूमि
• नयाँ पार्टी प्रवेशपछि नेकपाभित्र प्राप्त भएको उम्मेदवारीको बलियो समर्थन

प्रतिकूलता
• वडाध्यक्षबाहेकका निर्वाचनमा पटक–पटकको पराजयको इतिहास
• पार्टी परिवर्तनले मतदातामाझ विश्वसनीयताबारे प्रश्न उठ्ने सम्भावना
• अछाम–२ मा कडा प्रतिस्पर्धा र स्थापित राजनीति नेताहरूको विरासत तोड्नुपर्ने चुनौती

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

बल बहादुर कुँवर को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित