Home Candidate मेटमणि चौधरी

ह्याट्रिक गर्ने दाउमा बागीकाे बाधा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
मेटमणि चौधरी
दाङ - १ उम्मेदवार

मेटमणि चौधरी

पुरुष , ५२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

मेटमणि चौधरीका लागि २०८२ को निर्वाचन "अस्तित्वको लडाइँ" जस्तै बनेको छ। यदि उनले आफ्नो व्यक्तिगत प्रभाव र थारू सेन्टिमेन्टलाई जोगाउँदै विद्रोही मतलाई मत्थर पार्न सके भने मात्र उनले ह्याट्रिक जित दर्ता गर्न सक्नेछन्।

०००

दाङको गढवा मनिकापुर थारू बहुल गाउँ हो । त्यहाँ थारू समुदायबाट कोही प्रधानपञ्च बनेका थिएनन् । २०३७/३८ सालतिर कम्युनिष्ट विचारका भगवतीप्रसाद चौधरी प्रधानपञ्च बने ।

तिनै भगवतीप्रसादका छोरा हुन्, मेटमणि चौधरी । बाबुको जस्तै मेटमणिको पनि कम्युनिष्ट विचारतर्फ झुकाव बढ्यो । २०२९ सालमा गढवामा जन्मेका उनी २०४५ सालमा जनता मावि गढवाको अखिल छैटौंको प्रारम्भिक कमिटी अध्यक्ष बने । २०४८ मा अनेरास्ववियुको क्षेत्रीय कमिटीमा प्रवेश गरे ।

२०५० मा क्षेत्रीय कमिटी अध्यक्ष हुँदै अनेरास्ववियुको अञ्चल कमिटी, मध्यपश्चिम विकास क्षेत्रको अध्यक्ष हुँदै २०५५ सालदेखि २०६३ सालसम्म केन्द्रीय सदस्य बने । एमाले जिल्ला सदस्य हुँदै नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि मेटमणिले जिल्ला इञ्चार्जको जिम्मेवारी पाए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी २०७९ मा भौतिक पूर्वाधार मन्त्री बने । २०८२ मा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

२०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका मेटमणि दाङ–१ बाट निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मतका साथ विजयी भए । त्यतिबेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

२०७८ मा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बन्यो । यो पार्टीमा उनी उपमहासचिव बने । २०७९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा लगायतसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट उठेका मेटमणि दोस्रो पटक सांसदमा विजयी भए ।

२६ हजार ५७६ मत सहित मेटमणि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरीले २१ हजार ४९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९८ मत पाएका थिए ।

यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने मेटमणिका लागि त्यति सहज छैन । २०७४ मा जस्तो बलियो वामगठबन्धनको साथ थियो भने २०७९ मा कांग्रेस, माओवादीलगायतको पाँच दलीय गठबन्धन थियो । यसपटक यो सुविधा त छैन नै, आफ्नै पार्टीका प्रभावशाली नेता कुलप्रसाद केसीको बागी उम्मेदवारी परेको छ ।

पूर्वमुख्यमन्त्री र आफ्नै पार्टीका प्रभावशाली नेता कुलप्रसाद केसी 'सोनाम' ले स्वतन्त्र उम्मेदवारी दिएका कारण नेकपाको 'कोर' वामपन्थी मत विभाजन हुने खतरा छ।

केसीका अलावा यसपटक एमालेबाट रेवतीरमण शर्मा घिमिरे, कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक लगायत उम्मेदवार छन् ।

कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी थारू आन्दोलनका स्थापित चेहरा हुन् भने एमालेका रेवतीरमण शर्मा पनि सांगठनिक रूपमा बलिया छन्। यस्तो त्रिकोणात्मक भिडन्तमा रास्वपाका देवराज पाठकले काट्ने युवा मतले पनि मेटमणिको समीकरण बिगार्न सक्छ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अनुभवी र परीक्षण भइसकेको नेतृत्व
  • थारू समुदायको प्रतिनिधित्व
  • वामपन्थी मतको ध्रुवीकरण

प्रतिकूलता

  • गठबन्धनको अभाव
  • पार्टीभित्रैको विद्रोह
  • सबल प्रतिस्पर्धीहरू
शिक्षा
स्नातकोत्तर 
२०७९ को मतान्तर
25576
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
संघीय सरकारको भौतिक पूर्वाधारमन्त्री (२०७९)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ दाङ - १ सुशीला चौधरी (कांग्रेस) २४०७४ ३७९०८ १३८३४ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ दाङ - १ शान्ता चौधरी (एमाले) २१४९३ २६५७६ ५०८३ विजयी

मेटमणि चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित