Home Candidate रामजी साह सोनार

सुनचाँदी व्यवसायीबाट प्रतिनिधिसभामा उम्मेदवारी

http://नेकपा%20एमाले
रामजी साह सोनार
रौतहट - ४ उम्मेदवार

रामजी साह सोनार

पुरुष , ४६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

रौतहट क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका साह सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् ।

०००

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नम्बर ४ मा रामजी साह सोनारलाई मैदान उतारेको छ ।

साहको जन्म १२ भदौ २०३६ मा रौतहटको गरुडा नगरपालिका गरुडा वैरियामा भएको हो ।  उनले प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेले उद्धवप्रसाद रेग्मीलाई टिकट दिएको थियो । तर उनी दोस्रो भएका थिए ।

कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ३४ हजार १६१ भोट पाउँदा एमालेका रेग्मीले २६ हजार ५५९ मत पाएका थिए । गत निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समेत समर्थन गरेका थिए ।

यस पटक प्रतिस्पर्धा एकल हुनेछ । यसको लाभ एमालेलाई हुनसक्छ । यो क्षेत्रमा २०७० सालमा एमालेले चुनाव जितेको थियो । तर सो बेला चुनाव जितेका रामकुमार भट्टराई यस पटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेका छन् ।

साह पेसाले सुनचाँदी व्यवसायी हुन् । उनले यसअघि नेपाल सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • पार्टीको दरिलो सांगठनिक आधार
  • व्यावसायिक छवि र नेतृत्व
  • बदलिएको चुनावी समीकरण

प्रतिकूलता

  • अनुभवी प्रतिस्पर्धीहरूको घेराबन्दी
  • कम्युनिस्ट मतको विभाजन
  • चर्चामा रहेका नयाँ प्रतिस्पर्धी
शिक्षा
प्रवीणता प्रमाणपत्र तह

रामजी साह सोनारको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित