Home Candidate महिन्द्र राय यादव

अनुभवी नेतालाई जितको श्रृङ्खला जोगाउने चुनौती

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
महिन्द्र राय यादव
सर्लाही - २ उम्मेदवार

महिन्द्र राय यादव

पुरुष , ८८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

सर्लाही, हरिपुर्वा नगरपालिका-९ मा जन्मिएका महिन्द्र राय यादव नेपाली राजनीतिमा नयाँ नाम होइन । २०५१ र २०५६ सालमा सर्लाही–१, २०७० सालमा सर्लाही–५, २०७४ र २०७९ मा सर्लाही–२ बाट उनी चुनाव लडेका थिए ।

समानुपातिक सूचीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका यादव त्यसयता विभिन्न समयमा तीन पटकसम्म मन्त्री भइसकेका छन् । उनले २०५१ र २०५६ सालमा नेकपा (एमाले)बाट चुनाव जितेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव लडेर जित निकालेका थिए । उनले राजेन्द्र महतोलाई पराजित गरेका थिए ।

२०७४ सालकै प्रतिनिधिसभा निर्वाचनमा राजपा नेपालबाट सर्लाही-२ मा चुनाव लडे । यो चुनावमा उनले कांग्रेसका जंगीलाल रायलाई पराजित गरे ।

त्यसपछि डा. बाबुराम भट्टराई र यादव अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी नेसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेका थिए । लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै उनले जित निकाले । यादवले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका थिए ।

एसएलसीसम्मको अध्ययन पूरा गरेका यादव लोकतान्त्रिक मूल्यमा दृढ, अनुभवी र प्रक्रियामुखी राजनीतिज्ञको रूपमा पनि परिचित छन् । तर, उनलाई मन्त्री हुँदा ठूला उपलब्धि देखाउन नसकेकाले जनअपेक्षा पूरा गर्न नसकेको आलोचना हुने गरेको छ ।

नेसपाका अध्यक्ष रहेका यादव यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलमा थिए । मधेश आन्दोलनसँगै उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा आबद्ध रहे ।

डा. बाबुराम भट्टराईसँगको एकता पनि धेरै समय टिकेन । २०८० मा यादव, गंगानारायण श्रेष्ठलगायत छुट्टिएर बनेको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए ।

तर, लामो समयसम्म पनि एकता नभएपछि गंगानारायणसहितका नेता माओवादी केन्द्रमा मिल्न गएका थिए भने यादव नेसपामा नै रहेका छन् ।

यसपटकको चुनामा उनी नेपाली कम्युनिस्ट पार्टीकै चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।

२१ फागुनमा हुने निर्वाचनमा यादवसँग राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, नेपाली कांग्रेसका डा. सरोजकुमार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो प्रतिस्पर्धामा छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • बहु निर्वाचन जितेको लामो संसदीय अनुभव ।
  • स्थापित राजनीतिक पहिचान, मधेश केन्द्रित राजनीतिमा निरन्तर सक्रियता र स्थानीय जनाधार ।
  • मन्त्री पदको अनुभव तथा शासन सञ्चालनको व्यावहारिक समझ ।

प्रतिकूलता

  • मन्त्री हुँदा ठूला उपलब्धि नदेखिएको आरोप ।
  • विभिन्न दल परिवर्तन र राजनीतिक अस्थिरताले विश्वसनीयतामा प्रश्न उठ्ने सम्भावना ।
  • बहुपक्षीय प्रतिस्पर्धामा नयाँ तथा स्थापित दुवै खालका उम्मेदवारसँग कडा भिडन्त ।
शिक्षा
एसएलसी
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४,२०७०), प्रतिनिधिसभा सदस्य (२०७४, २०७९)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
सरकारको अनुभव
पटकपटक मन्त्री

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०७० सर्लाही - ४ राजेन्द्र महतो (सद्भावना) ८७९० ११५३४ २७४४ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ सर्लाही - २ जंगीलाल राय (कांग्रेस) १८९७६ २९१९१ १०२१५ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सर्लाही - २ राजेन्द्र महतो (लोसपा) 21518 23529 २०११ विजयी

महिन्द्र राय यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

महिन्द्र राय यादव
राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी, नेपाल
डा. सरोज कुमार नेपाली कांग्रेस
VS