Home Candidate नारायण प्रसाद गौडेल

प्रतिनिधिसभामा डेब्युको तयारी

http://नेपाली%20कांग्रेस
नारायण प्रसाद गौडेल
बाँके - १ उम्मेदवार

नारायण प्रसाद गौडेल

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२०७८ फागुनमा सम्पन्न १४औं अधिवेशनबाट कांग्रेस बाँके जिल्ला सभापतिमा निर्वाचित भए । गौडेलले कमान्ड सम्हालेपछि २०७९ मा भएको निर्वाचनमा बाँकेका ८ मध्ये ५ पालिकामा कांग्रेसले जित्यो ।

२०२१ सालमा पर्वतमा जन्मिएका नारायणप्रसाद गौडेल २०३८ सालदेखि बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका छन् । २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाएका उनी तरुण दल, कोहलपुरको संस्थापक अध्यक्ष हुन् ।

एसएलसीसम्मको अध्ययन गरेका गौडेल स्पष्ट वक्ताको रूपमा परिचित छन् । उनी ‘सक्ने काम सक्छु’, ‘नसक्ने काम सक्दिनँ’ भन्छन् ।

२०५५ सालमा कांग्रेस बाँके जिल्ला कार्य समिति सदस्य र त्यसको चार वर्षपछि सहसचिव बनेका थिए । २०६१ मा बाँके–१ को क्षेत्रीय सभापति बने । २०६७ सालमा केन्द्रीय संगठन विभाग सदस्य चयन भएका थिए ।

२०७४ को निर्वाचनमा बाँके–१ (२) को प्रदेश सभा सदस्य उम्मेदवार थिए । एमाले–माओवादी गठबन्धनकी उम्मेदवार आरती पौडेलसँग चार हजार १८४ मतको अन्तरले पराजित भए ।

प्रदेश सभा निर्वाचनमा पराजित भएपछि पार्टीको संगठन विस्तारमा जोड दिए । २०७८ फागुनमा सम्पन्न १४औं अधिवेशनबाट कांग्रेस बाँके जिल्ला सभापतिमा निर्वाचित भए ।
गौडेलले कमान्ड सम्हालेपछि २०७९ मा भएको निर्वाचनमा बाँकेका ८ मध्ये ५ पालिकामा कांग्रेसले जित्यो ।

२०७९ मै माओवादीसँगको गठबन्धनका कारण बर्दिया–२ बाट बाँके–३ मा चुनाव लड्न आएका कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर पनि निर्वाचित भए ।

बाँके–१ मा १ लाख २१ हजार १०० मतदाता छन् । गत निर्वाचनमा बाँके–१ मा कांग्रेस सहितको गठबन्धनबाट माओवादीका महेश्वर गहतराज ‘अथक’ उठेका थिए । तर आफ्नै पार्टीभित्रको अन्तर्घात र गठबन्धन दलका नेता कार्यकर्तासँगको समन्वय अभावमा उनी पराजित भए । यो क्षेत्रबाट एमालेका सूर्य ढकाल ५ हजार ३९४ मतान्तरमा निर्वाचित भए ।

बाँके–१ बाट पहिलो पटक उम्मेदवारी दिएका गौडेल जित निकालेर प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा छन् । २०७९ मा समानुपातिकमा एमालेले १६ हजार ८७६, कांग्रेसले १४ हजार २१८, नाउपाले ९ हजार ९९७, माओवादी केन्द्रले ८ हजार ९९३ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ९९२ मत पाएको थियो ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • स्थानीय संरचनामा बलियो पकड
  • सामाजिक सम्बन्ध र जनआधार
  • स्पष्ट वक्ता

प्रतिकूलता

  • प्रत्यक्ष संसदीय अनुभवको अभाव
  • २०७९ काे समानुपातिक मतमा एमाले अग्रता
  • गठबन्धन गर्दा पनि हराउन सकेका प्रतिस्पर्धी
शिक्षा
एसएलसी

नारायण प्रसाद गौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित