Home Candidate सूर्यप्रसाद ढकाल

गठबन्धनका उम्मेदवार हराएको अनुभव लिएर मैदानमा

http://नेकपा%20एमाले
सूर्यप्रसाद ढकाल
बाँके - १ उम्मेदवार

सूर्यप्रसाद ढकाल

पुरुष , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५५४५ मत
Profile Election History
Profile Election History

२०७८ भदौमा पार्टी विभाजन भएपछि एमाले बाँकेको अध्यक्ष भएर काम गरे । त्यही वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भए । २०८२ मा एघारौं महाधिवेशनबाट दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भए । 

000

नेकपा एमाले उम्मेदवार सूर्यप्रसाद ढकाल बाँके–१ बाटै निर्वाचित निवर्तमान सांसद हुन् । २०२९ वैशाख ६ मा जन्मिएका उनी कोहलपुर नगरपालिका वडा नं ११ का बासिन्दा हुन् ।

२०४४ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति शुरु गरेका ढकालले बाँके जिल्ला कमिटीको अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएर २०५७ सालसम्म काम गरे ।

राजनीतिशास्त्रमा एमए गरेका उनी अनेरास्ववियूको राजनीतिपछि युवा फाँटमा खटिए । २०५८ सालदेखि एमाले निकट युवाहरूको संगठन प्रजातान्त्रिक युवा संघको साविक भेरी अञ्चल अध्यक्ष, केन्द्रीय सचिव र उपाध्यक्षको जिम्मेवारी पूरा गरे ।

२०७१ सालदेखि गृहजिल्लामै फर्किएर बाँके जिल्ला कमिटीको सचिवालय सदस्य बने । २०७८ भदौमा पार्टी विभाजन भएपछि एमाले बाँकेको अध्यक्ष भएर काम गरे । त्यही वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भए । २०८२ मा एघारौं महाधिवेशनबाट दोस्रोपटक केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७९ को निर्वाचनमा बाँके–१ मा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार बहालवाला मन्त्री महेश्वर गहतराजलाई ५ हजार ३९४ मतान्तरले पराजित गरे । त्यतिबेला उनले २५ हजार २६ मत प्राप्त गरेका थिए ।

ढकालले दोस्रोपटक उम्मेदवारी दिएको बाँके क्षेत्र नं. १ मा १ लाख २१ हजार १०० मतदाता छन् । २०७९ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुरेशकुमार चौधरीले ११ हजार ४६५ र रास्वपाका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएका थिए । नाउपाका चौधरी सहितको टीम २१ पुस २०८२ मा रास्वपामा प्रवेश गरेको थियो ।

रास्वपाबाट सुरेशकुमार चौधरी, कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेपाली कम्युनिष्ट पार्टीका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदीपकुमार शाह र जसपा नेपालका राजेन्द्रकुमार विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनको समानुपातिक मतमा एमाले अगाडि थियो । त्यतिबेला एमालेले १६ हजार ८७६, कांग्रेसले १४ हजार २१८, नाउपाले ९ हजार ९९७, माओवादीले ८ हजार ९९३, रास्वपाले ८ हजार ९९२ र राप्रपाले ५ हजार १४२ भोट पाएको थियो । अघिल्लो निर्वाचनमा जित निकालेका ढकालले यसपटक मिहिनेत गर्नै पर्ने देखिन्छ ।

Battleground Analysis

अनुकूलता

  • निवर्तमान सांसद र २०७९ मा जितको मनोबल
  • एमालेको समानुपातिक मतमा अग्रता
  • संगठनमा दीर्घ अनुभव र केन्द्रीय पहुँच

प्रतिकूलता

  • बलिया प्रतिस्पर्धी
  • नयाँ दल प्रतिको आकर्षण
  • निवर्तमान सांसद भएकाले असन्तुष्ट मतदाता
शिक्षा
स्नातकोत्तर
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ बाँके - १ महेश्‍वर जंग गहतराज (अथक) १९६३२ २५०२६ ५३९३ विजयी

सूर्यप्रसाद ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित