Home Candidate आशिष गजुरेल

ट्राफिक इन्जिनियरिङबाट चुनावी मैदानमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
आशिष गजुरेल
सिन्धुली - २ उम्मेदवार

आशिष गजुरेल

पुरुष , ४४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१७९४० मत
विजयी
Profile
Profile

यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ हुनुका साथै लगानी बोर्ड र इन्टरमोडल यातायात विकास समिति जस्ता निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवले उनलाई एक "नतिजामुखी विज्ञ" का रूपमा स्थापित गरेको छ।

000

आशिष गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । उनी यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ मानिन्छन् ।

उम्मेदवारी दर्ता गर्नुअघि उनी नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक थिए ।

यसअघि गजुरेल नेपाल सरकारको लगानी बोर्डमा ११ वर्षभन्दा बढी परामर्शदाताको रूपमा कार्यरत थिए । बोर्डमा रहँदा उनी पूर्वाधार परियोजनाहरूको सम्भाव्यता अध्ययन, परियोजना बैंक तयारी तथा सार्वजनिक–निजी साझेदारी सम्बन्धी काममा संलग्न थिए ।

गजुरेलको पृष्ठभूमि ट्राफिक इन्जिनियरिङ तथा यातायात व्यवस्थापनमा आधारित छ । उनी दिगो यातायात, सडक सुरक्षा, इन्टरमोडल पूर्वाधार विकास तथा नीति कार्यान्वयनका विषयमा सक्रिय रहेका छन् ।

सिन्धुली–२ बाट उम्मेदवार बनेका उनले त्यस क्षेत्रको पूर्वाधार सुदृढीकरण, सुरक्षित यातायात, स्थानीय रोजगारी, कृषि बजारीकरण, शिक्षा–स्वास्थ्य सुधार तथा डिजिटल पहुँच विस्तार जस्ता मुद्दालाई प्राथमिकतामा राख्दै मत मागिरहेका छन् ।

जर्मनीबाट यातायात प्रणालीमा स्नातकोत्तर गरेका हुनाले उनीसँग आधुनिक र वैज्ञानिक पूर्वाधार विकासको स्पष्ट भिजन छ, जसले गर्दा शिक्षित र युवा मतदाताहरू उनलाई विश्वास गर्न सक्छन्।

सिन्धुलीलाई पूर्व–पश्चिम राजमार्ग तथा मध्यपहाडी लोकमार्गसँग जोड्ने र स्थानीय उत्पादनलाई बजारसँग गर्ने योजनामा जोड दिएका छन् ।

४४ वर्षीय गजुरेलको स्थायी ठेगाना कमलामाई नगरपालिकामा पर्छ । उनले टेक्निकल युनिर्भसिटी मिउनिक जर्मनीबाट ट्रान्स्पोर्टेसन सिस्टममा स्नातकोत्तर गरेका छन् ।

यो क्षेत्रमा उनले नेपाली कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेका मनोजजंग थापा, नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ दाहाल लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

 

Battleground Analysis

अनुकूलता

  • विज्ञता र व्यावसायिक छवि
  • राजनीतिमा नयाँ अनुहार
  • यातायात र पूर्वाधार क्षेत्रको ज्ञान

प्रतिकूलता

  • राजनीतिक अनुभवको कमी
  • स्थापित दलहरूसँगको कडा प्रतिस्पर्धा
  • सांगठनिक संरचनाको अभाव
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

आशिष गजुरेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित