Home Candidate दिनेश राई

स्थानीय तहमा झिनो मतान्तरको पराजय, प्रतिनिधिसभामा जित्नुपर्ने दबाब

धनकुटा - १ उम्मेदवार

दिनेश राई

नेपाली कांग्रेस
पुरुष , ४५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः धनकुटा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका उनी १४ मतको झिनो मतान्तरले पराजित भए । विद्यार्थी, तरुण र स्थानीय राजनीतिक आन्दोलनमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका राई हाल नेपाली कांग्रेस धनकुटाको नेतृत्व गर्दै संगठन सुदृढीकरणमा सक्रिय छन् ।

०००

नेपाली कांग्रेसका तर्फबाट धनकुटामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राई नेपाली कांग्रेस धनकुटाका सभापति हुन् । ४५ वर्षीय राईको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भई पार्टीको जिल्ला नेतृत्वसम्म आइपुगेको छ । लामो समयदेखि संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ४ मा जन्मिएर हाल वडा नं. ६ मा बसोबास गर्दै आएका राईले बी.एड. सम्मको अध्ययन पूरा गरेका छन् । उनले कम्प्युटरसम्बन्धी सफ्टवेयर, हार्डवेयर तथा वेबपेज डिजाइनिङका विभिन्न तालिम लिई व्यावसायिक रूपमा समेत काम गरिसकेका छन् ।

धनकुटामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया समुदायका प्रतिनिधि राई राजनीतिक, सामाजिक तथा सहकारी क्षेत्रमा परिचित नाम हुन् ।

राईले २०५१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । २०५२ सालमा नेविसंघ क्षेत्रीय सदस्य बनेका उनी २०५४ सालमा धनकुटा बहुमुखी क्याम्पस इकाइको सह–सचिव तथा २०५६ सालमा क्याम्पस इकाइ सभापतिमा निर्वाचित भएका थिए ।

त्यसपछि लोकसेवा आयोग उत्तीर्ण गरी ११ वर्षसम्म निजामती सेवामा कार्य गरेको अनुभव बटुलेका राई २०५८ सालमा निजामती कर्मचारी युनियन संघको जिल्ला सदस्य बनेका थिए ।

निजामती सेवाबाट राजीनामा दिएर पुनः राजनीतिमा फर्किएका उनी २०६७ सालमा नेपाल तरुण दल धनकुटाको जिल्ला उपाध्यक्ष, २०६९ सालमा कार्यवाहक जिल्ला अध्यक्ष तथा २०७१ सालमा जिल्ला अध्यक्ष बनेका थिए ।

राईले विभिन्न सहकारीको नेतृत्व गर्दै जिल्ला सहकारी संघको सचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

त्यस्तै, धनकुटा यातायात व्यवसायी प्रालि तथा रेडियो भेडेटारका अध्यक्षको भूमिकामा समेत उनी रहेका छन् । साथै, किरात आठपहरिया समाजको जिल्ला संयोजक तथा संरक्षक सदस्यको जिम्मेवारी पनि उनले निर्वाह गरिसकेका छन् ।

पार्टी राजनीतिमा सक्रिय राई २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले नेपाली कांग्रेसका तर्फबाट धनकुटा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए, जसमा उनी १ सय १४ मतान्तरले पराजित भएका थिए ।

पार्टी संगठनमै निरन्तर सक्रिय रहँदै आएका राई २०७८ सालमा नेपाली कांग्रेस धनकुटाको जिल्ला सभापतिमा निर्वाचित भए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः धनकुटा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका उनी १४ मतको झिनो मतान्तरले पराजित भए ।

विद्यार्थी, तरुण र स्थानीय राजनीतिक आन्दोलनमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका राई हाल नेपाली कांग्रेस धनकुटाको नेतृत्व गर्दै संगठन सुदृढीकरणमा सक्रिय छन् ।

उनै राईलाई नेपाली कांग्रेसले धनकुटाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचनमा दुई पटक उम्मेदवारी दिइसकेका भए पनि प्रतिनिधि सभाका लागि उनी नयाँ अनुहार हुन् ।

२०१५ सालमा मात्र नेपाली कांग्रेसले धनकुटाबाट प्रतिनिधि सभामा जित हासिल गरेपछि हालसम्म उक्त उपलब्धि दोहोर्‍याउन नसकेको अवस्थामा राईलाई धनकुटामा नयाँ इतिहास रच्ने अवसरका रूपमा हेरिएको छ ।

अनुकूलता

  • विद्यार्थी आन्दोलनदेखि पार्टीको जिल्ला नेतृत्वसम्मको निरन्तर राजनीतिक अनुभव
  • संगठन निर्माण, तरुण तथा सहकारी क्षेत्रमा बलियो पकड
  • आठपहरिया समुदायको प्रतिनिधित्व गर्दै समावेशी राजनीतिक पहिचान

प्रतिकूलता

  • स्थानीय तह निर्वाचनमा दुई पटक पराजित
  • प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ उम्मेदवार
  • धनकुटामा लामो समयदेखि कांग्रेसको जित नहुनुको ऐतिहासिक दबाब
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

दिनेश राई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित