Home Candidate नारायणप्रसाद आचार्य

जित जोगाउने जिम्मेवारी

http://नेकपा%20एमाले
नारायणप्रसाद आचार्य
पाल्पा - १ उम्मेदवार

नारायणप्रसाद आचार्य

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१६८१९ मत
Profile Election History
Profile Election History

आचार्य २०७९ मा नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

०००

नेकपा (एमाले)ले पाल्पा–१ मा नारायणप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । २०२६ सालमा पूर्वखोला गाउँपालिका–३, रिङ्नेरह तल्लाफाँटमा जन्मिएका उनी स्थानीय उद्बुद्ध माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने बेलामा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बसेका थिए ।

२०४३ सालमा जनपक्षीय उम्मेदवार दयाराज बस्यालको प्रचारप्रसारमा खटिए । २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा संगठित भएका उनी २०४८ को आमनिर्वाचनमा पार्टीको प्रचारप्रसारमा सक्रिय भए । २०५४ को स्थानीय निकाय निर्वाचनमा रिङ्नेरह गाउँ विकास समिति (गाविस)को अध्यक्ष निर्वाचित भए ।

२०५५ सालदेखि एमाले पाल्पा जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै २०७३ देखि २०७८ सम्म जिल्ला अध्यक्ष थिए । २०७४ सालमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य बने ।  २०७४ को निर्वाचनमा पाल्पा–१ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भए । प्रदेश सभामा भौतिक पूर्वाधार विकास समिति र प्रदेश मामिला तथा कानून समितिमा बसेर काम गरे ।

२०७९ मा नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए । आचार्यले ३१ हजार १०३ र गाहाले २० हजार २५६ मत पाएका थिए ।

समानुपातिकतर्फको मतमा पनि एमालेले कांग्रेसलाई १० हजार भन्दा बढीले उछिनेको थियो । एमालेले २८ हजार ९१० पाउँदा कांग्रेसले १८ हजार ७५५, रास्वपाले ४ हजार २८५, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ७९७, माओवादी केन्द्रले १ हजार ७६७ र नेकपा (एकीकृत समाजवादी)ले ५८६ भोट ल्याएको थियो ।

आचार्यले आफ्नो अघिल्लो मत सुरक्षित मात्र राख्न सके भने यसपटकको प्रतिस्पर्धामा उनी केही सहज देखिनेछन् । अन्यथा, सत्ताविरोधी मत उनका लागि भारी पर्न सक्छ ।

कांग्रेसले सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीले हुमबहादुर सुनारी मगर, रास्वपाले विमल पन्त, राप्रपाले बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाले नरमती सिंजाली र मंगोल नेशनलले सलन चिदीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनको मत जोगाउँदै केही मत थप्न सक्ने हो भने आचार्यलाई जित निकाल्न असहज देखिंदैन ।

 

Battleground Analysis

अनुकूलता

  • विरासत र बलियो जनाधार
  • निरन्तरता र स्थानीय अनुभव
  • विकास र नीतिगत अनुभव

प्रतिकूलता

  • नयाँ शक्तिहरूको उदय
  • एन्टी-इन्कम्बेन्सीको जोखिम
  • विपक्षीको घेराबन्दीकाे संभावना
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९) प्रदेश सभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ पाल्पा–१ (२) दानबहादुर पछाई क्षेत्री १०५०२ १४७६५ ४२६३ विजयी
२०७९ पाल्पा - १ ज्ञानबहादुर गाहा २०२५६ ३११०३ १०८४५ विजयी

नारायणप्रसाद आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित