Home Candidate पदमबहादुर वि.क.

सामाजिक र राजनीतिक आन्दोलनबाट उदायका पदम

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
पदमबहादुर वि.क.
स्याङ्जा - २ उम्मेदवार

पदमबहादुर वि.क.

पुरुष , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२१ फागुनको निर्वाचनलाई आफूले केवल चुनावी प्रतिस्पर्धाको रूपमा नभई स्याङ्जाको आवाज संसद्‍मा पुर्‍याउने अवसरको रूपमा लिएको बताउँछन् ।

०००

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, विर्घामा जन्मिएका पदमबहादुर विकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा– २ बाट उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

४५ वर्षीय विक औपचारिक पदमा नरहे पनि पार्टी संगठन र जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय छन् । २१ फागुनको निर्वाचनलाई आफूले केवल चुनावी प्रतिस्पर्धाको रुपमा नभई स्याङ्जाको आवाज संसद्मा पुर्‍याउने अवसरको रूपमा लिएको बताउँछन् ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङलाई समर्थन गरेको थियो । 

समानुपातिकमा माओवादी केन्द्रले १ हजार ३३० र एकीकृत समाजवादीले ४१० मत प्राप्त गरेको थियो ।

स्याङ्जा २ मा विकले कांग्रेसका भागवतप्रकाश मल्ल, नेकपा एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०५६ सालदेखि दलित आन्दोलन र माओवादी आन्दोलनमा समाहित भएका विक पहिलो पटक निर्वाचन लड्दै गरेका युवा उम्मेदवार हुन् । शैक्षिक योग्यता, समाजसेवी छवि, विभिन्न पार्टी बीचको एकीकरण उनका सकारात्मक पक्ष हुन् ।

मजबुत संगठन र संसदीय निर्वाचनमा अनुभव नभएका उनले चुनाव जित्न निकै मिहनेत गर्नुपर्ने देखिन्छ ।

Battleground Analysis

अनुकूलता

  • आन्दोलनबाट आएको छवि
  • युवा उम्मेदवार
  • शिक्षित र समाजसेवी

प्रतिकूलता

  • कमजोर संगठन
  • निर्वाचनमा अनुभवको अभाव
  • प्रतिस्पर्धीको बलियो जनाधार
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

पदमबहादुर वि.क.को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित