पाँचौंपटक संसद् पुग्ने प्रयास
चारपटक चुनाव जितेर संसदीय राजनीतिको अनुभव बटुलिसकेका कांग्रेस नेता रमेश प्रतिनिधिसभा निर्वाचनमार्फत पाँचौंपटक सांसद बन्ने दौडमा छन् ।
०००
रमेश रिजाल जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य हुन् । यसअघि चारपटक सांसद् बनिसकेका रिजाल २१ फागुनमा हुने चुनावमार्फत पाँचौंपटक सांसद बन्ने दौडमा छन् ।
नेपाली कांग्रेसले यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि उनै अनुभवी नेतालाई पर्सा-५ बाट टिकट दिएको छ ।
२१ फागुन २०१३ सालमा पर्सा जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजालले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट एमएसम्मको शिक्षा हासिल गरेका छन् ।
उनका बुबा मेघनाथ उपाध्याय २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । बुबाको राजनीतिक बाटो छोरा रमेशले पनि समाए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६ सालदेखि २०४६ सालको अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।
पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा सक्रिय भएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । विशेष महाधिवेशनमा पनि उनी देउवाकै पक्षमै खुले ।
राजनीतिमा निकै उतारचढाव बेहोरेका रिजाल पार्टी अनुशासन समिति संयोजक, कार्यसम्पादन समिति सदस्य र मधेश प्रदेश संयोजकको भूमिकामा समेत रहे ।
पर्सा क्षेत्र नम्बर-४ बाट उनले यसअघि ७ पटक संसदीय चुनाव लडिसकेका छन् । जसमा ४ जित र ३ हार बेहोर्नुपर्यो । २०५६ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचन तथा २०७४ सालको आमनिर्वाचनमा उनले हार बेहोरे ।
४ पटकसम्म सांसद बने पनि मन्त्री बन्ने अवसर भने उनले एक पटक मात्रै पाए । २०७९ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी कांग्रेसबाट उद्योग मन्त्री बने ।
२०४८ सालमा पहिलो पटक आमचुनाव जित्दै उनले संसदीय राजनीतिको यात्रा सुरु गरेका थिए । २०५१ सालमा भएको चुनाव पनि उनले जिते । तर २०५६ सालको निर्वाचनमा भने उनी पराजित भए ।
रिजाल फेरि २०६४ सालमा भएको संविधानसभा चुनावमा पर्सा-५ मा विजयी भए । त्यसपछि २०७० को संविधानसभा र २०७४ सालको संसदीय निर्वाचनमा पराजित भए । २०७९ सालको चुनावमा भने उनी निर्वाचित भएका उनी यो चुनावमा पनि कांग्रेसबाट उम्मेदवार बनेका छन् ।
पर्सा-४ मा रिजालका मुख्य प्रतिस्पर्धीहरू पुरानै राजनीतिक खेलाडी छन् । नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जयप्रकाश थारू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेकबहादुर शाक्य, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कृपासिन्धु प्रसाद, श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चनलगायत उनका प्रतिस्पर्धी छन् ।
Battleground Analysis
अनुकूलता
- लामो संसदीय र राजकीय अनुभव
- पारिवारिक र राजनीतिक विरासत
- स्थानीय जरा र निरन्तर उपस्थिति
- कांग्रेसभित्र बलियो पकड
प्रतिकूलता
- लामो समयको 'एन्टी-इन्कम्बेन्सी'
- हेभीवेट र नयाँ प्रतिस्पर्धीहरूको घेराबन्दी
- बहु–कोणीय प्रतिस्पर्धा
- उमेर र स्वास्थ्य
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | पर्सा - ४ | जालिम मियाँ मंसुरी (एमाले) | २५६७१ | ३१२२४ | ५५५३ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ | पर्सा - ४ | लक्ष्मणलाल कर्ण (राजपा नेपाल) | 20738 | 14702 | ६०३६ | पराजित |
| संविधानसभा सदस्य निर्वाचन २०७० | पर्सा - ५ | जयप्रकाश थारु (एमाले) | १०४५० | ९३०६ | ११४४ | पराजित |
रमेश रिजालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


