Home Candidate विद्यानाथ ढकाल

इमानको छ‍विसहित हेभिवेट उम्मेदवारलाई चुनौती दिइरहेका विद्यानाथ

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
विद्यानाथ ढकाल
तनहुँ - १ उम्मेदवार

विद्यानाथ ढकाल

पुरुष , ६५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२३९३ मत
Profile
Profile

रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई जस्ता 'भावी मन्त्री' का रूपमा प्रचारित उम्मेदवारका बीचमा ढकालले नीतिगत इमान्दारी र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

०००

निवर्तमान मन्त्रीहरू र भावी मन्त्री भनेर घोषित उम्मेदवारहरूको भिडन्त भइरहेको तनहुँ क्षेत्र नम्बर १ मा इमानको छविसहित नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन्, विद्यानाथ ढकाल । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा होमिँदै राजनीतिमा निष्ठा र इमानको छवि बनाएका नेकपा उम्मेदवार विद्यानाथ चर्का भाषण गरिरहेका भेटिँदैनन् ।

चिल्ला आश्वासन बाँड्दै लोकप्रियताको राजनीतिदेखि पनि टाढा छन् । विद्यानाथले सुशासनका निम्ति नेताहरूको स्वच्छ चरित्र र नीतिगत इमान्दारीको प्रदर्शन गरिरहेका छन् । यो क्षेत्रबाट चुनाव जितेर रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उपचुनावबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले भावी अर्थमन्त्रीको नारा लगाउँदै मैदानमा छन् ।

नेपाली कांग्रेसले फेरि पनि नेता गोविन्द भट्टराईलाई टिकट दिँदै भावी मन्त्रीकै रूपमा चर्चा गरिरहेको छ र एमालेबाट जेनजी आन्दोलनले सत्ताबाट बाहिरिएकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । देशकै चर्चा र चासोको केन्द्रमा रहेको तनहुँ–१ मा विद्यानाथले तिनै हेभिवेट उम्मेदवारहरूलाई चुनौती दिइरहेका छन् ।

पूर्व प्रधानाध्यापकसमेत रहेका ढकाल ५० वर्ष लामो राजनीतिक अनुभव र सादगी जीवनशैलीका लागि चिनिन्छन्।

नेकपा एमाले तनहुँको सचिव हुँदै केन्द्रीय लेखा आयोगका सदस्य भएर काम गरेका विद्यानाथ एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टीतिर लागे । अहिले एकीकृत समाजवादी, माओवादीसहित मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले उनैलाई तनहुँ–१ मा उम्मेदवार बनाएको छ ।

उनी अहिले नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । सादगीपन र जनतासँग घुलमिल हुन सक्ने इमान्दार छवि भएका उनी २०१७ वैशाख १९ गते भानु नगरपालिका ४ मा जन्मिएका हुन् । स्थानीय विद्यालयमा प्रधानाध्यापक समेत भई सेवा गरेको ढकालले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

ढकाल २०७९ सालमा गण्डकी प्रदेश सभा सदस्य तनहुँ २ (१) बाट निर्वाचित भएका अशोक श्रेष्ठका प्रतिष्पर्धी रहेका थिए । पचास वर्ष लामो राजनीतिक यात्रामा उनी प्रहरी हिरासत र जेलजीवन बिताएका अनुभवी नेता मानिन्छन् ।

ढकालको सबैभन्दा ठूलो शक्ति उनको 'सादगीपन' र स्थानीयता हो। अन्य उम्मेदवारहरूलाई 'बाहिरिया' वा 'सहरी केन्द्रित' भएको आरोप लागिरहँदा ढकालको ग्रामीण जीवनशैलीले आम मतदातालाई आकर्षित गर्न सक्छ।

हेभिवेट उम्मेदवारबीच प्रतिस्पर्धा भनिएको क्षेत्रमा नेकपा माओवादी, एकीकृत समाजवादीसमेतको प्रभाव क्षेत्रको मतलाई आफ्नो पक्षमा पार्दै जित निकाल्ने दाउमा छन्, विद्या । तनहुँ–१ को प्रदेश सभातर्फ एउटा क्षेत्रमा माओवादीबाट नेता हरिबहादुर चुमानले चुनाव जितेका छन् भने आँबुखैरेनीमा पनि माओवादीले जित हात पारेको थियो ।

तनहुँको बन्दीपुर गाउँपालिका पनि नेकपाको प्रभाव क्षेत्रमै लिने गरिएको छ भने विद्यानाथ आफैं भानु नगरवासी हुन् । अन्य दलहरूमा मत बाँडिदा नेकपाले आफ्ना संगठनलाई चुस्त बनाउँदै मत जोगाउन सक्यो भने जित्न सकिने अनुमान उनले गरिरहेका छन् ।

यो क्षेत्रमा यसपटक चौतर्फी प्रतिस्पर्धा छ, जहाँ विद्यानाथ ढकालका लागि केही विशिष्ट अवसर र चुनौतीहरू छन् ।

सहरमा आलिशान महल र विलासी जीवनको मोह त्यागेर आज पनि बुबाले बनाएको पुरानै ग्रामीण घरमा बस्ने उनको सादगीपनले मतदातालाई आकर्षित गरिरहेका छन् । निरन्तर सो क्षेत्रको विकास र सेवामा जनतासँग जोडिएर काम गरेका विद्याका लागि उनीहरू नै आफ्नो सम्पत्ति भएको बताउँछन् ।

Battleground Analysis

अनुकूलता

  • इमान्दार र सादगी छवि
  • लामो राजनीतिक र सामाजिक अनुभव
  • सांगठनिक ध्रुवीकरणको शक्ति

प्रतिकूलता

  • 'हेभिवेट' प्रतिस्पर्धीहरूको घेराबन्दी
  • आश्वासन र 'ग्ल्यामर' को अभाव
  • पार्टी विभाजन र विद्रोहको इतिहास
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

विद्यानाथ ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

विद्यानाथ ढकाल
२३९३
स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी
३८०४०
गोविन्द भट्टराई नेपाली कांग्रेस
१६२३१
VS