Home Candidate बोधनारायण श्रेष्‍ठ

परम्परागत राजनीतिभन्दा फरक मोडेल

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
बोधनारायण श्रेष्‍ठ
धादिङ - २ उम्मेदवार

बोधनारायण श्रेष्‍ठ

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

विकास विज्ञको पहिचान बोकेका बोधनारायण श्रेष्ठ नीतिगत सुधार र परिणाममुखी राजनीतिको एजेन्डासहित धादिङ-२ मा चुनावी प्रतिस्पर्धामा छन् ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठ उम्मेदवार बनेका  छन् । परम्परागत राजनीतिक शैलीभन्दा विकासको मोडेल, विपद् व्यवस्थापन र नीतिगत सुधारको बहसलाई प्राथमिकतामा राख्ने व्यक्तिका रूपमा चिनिएका श्रेष्ठलाई रास्वपाले उम्मेदवार बनाएको हो ।

२०२६ सालमा धादिङ जिल्लाको तत्कालीन मैदी गाविसमा जन्मिएका श्रेष्ठ लामो समयदेखि सामाजिक र विकास क्षेत्रमा सक्रिय रहँदै आएका छन् । औपचारिक राजनीतिक पदमा भने यसअघि सक्रिय नरहे पनि उनी विगतमा नेकपा माओवादीप्रति वैचारिक आस्था राख्थे ।

केही महिनाअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका श्रेष्ठ हाल पार्टीको संगठन विभाग उपप्रमुखको जिम्मेवारीमा छन् ।

राजनीतिशास्त्रमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गरेका श्रेष्ठ ‘विकास विज्ञ’ का रूपमा परिचित छन्। उनीसँग युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थामा करिब १७ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) परियोजनामा काम गरेको अनुभव छ ।

जागिरका क्रममा उनले मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर काम गरेका छन् । विकास संस्थामा आर्जित अनुभवलाई संघीयता कार्यान्वयन, स्थानीय तहको सशक्तीकरण र प्रभावकारी नीति निर्माणमा प्रयोग गर्नुपर्ने निष्कर्षसहित आफू प्रतिनिधिसभा निर्वाचनमा होमिएको श्रेष्ठ बताउँछन् ।

२०७२ सालको विनाशकारी भूकम्प र कोभिड-१९ महामारीका समयमा समुदायको सुरक्षा, राहत तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानदेखि राजमार्ग सुरक्षा, प्राथमिक उपचारसम्बन्धी अवधारणा विकास गरी दुर्घटना न्यूनीकरण र घाइतेको जीवन रक्षासम्मका जनचेतनामूलक अभियानमा उनी अग्रसर देखिएका छन् ।

श्रेष्ठ नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्वमन्त्री, उपसभापति तथा संगठन व्यवस्थापक रहिसकेका छन् । साथै, उनी ज्वालामुखी गाउँपालिकास्थित बुढीगण्डकी क्याम्पसका संस्थापक अध्यक्षसमेत हुन् ।

‘जबसम्म नीति निर्माण गर्ने ठाउँमा सही मान्छे पुग्दैनन्, तबसम्म राम्रो योजना पनि सफल हुँदैन’ भन्ने मान्यताका आधारमा आफू राजनीतिमा प्रवेश गरेको श्रेष्ठ बताउँछन् ।

संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै ऐन-कानुन निर्माणमा सघाएको अनुभव बोकेका उनी संसद्‌मा पुगेर विधि, थिति र परिणाममुखी राजनीतिक अभ्यास गर्न चाहन्छन् ।

अनुभव, योग्यता र स्पष्ट भिजनका कारण बोधनारायण श्रेष्ठले धादिङ-२ मा परम्परागत राजनीतिक दलहरूलाई कडा चुनौती दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टी आशावादी देखिन्छ ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • विकास, विपद् व्यवस्थापन र नीति निर्माणमा लामो व्यावसायिक अनुभव
  • गैरसरकारी र मानवीय क्षेत्रमा काम गरेको व्यावहारिक पृष्ठभूमि
  • परम्परागत राजनीतिभन्दा फरक ‘टेक्नोक्रेट’ छवि

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचित पदमा काम गरेको अनुभव नहुनु
  • नयाँ पार्टी भएकाले संगठनात्मक संरचना सीमित
  • पुराना र स्थापित दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा
शिक्षा
स्नातकोत्तर 
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

बोधनारायण श्रेष्‍ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित