Home Candidate दीपकबहादुर सिंह

दोस्रोपटक संसद् छिर्ने दाउ

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
दीपकबहादुर सिंह
मकवानपुर - १ उम्मेदवार

दीपकबहादुर सिंह

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४५७४ मत
Profile
Profile

पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जिल्लामा राप्रपाको उपस्थिति कायम राख्न सक्रिय सिंह दोस्रो पटक प्रतिनिधसभाको उम्मेदवार बनेका छन् ।

०००

प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दीपकबहादुर सिंहलाई पुन: उम्मेदवार बनाएको छ । २०७९ को प्रतिनिधिसभामा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

६४ वर्षीय सिंह मकवानपुर हेटौंडा उपमहानगरपालिकामा जन्मिएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक अध्ययन पूरा गरेका उनी लामो समयदेखि मकवानपुरलाई स्थायी राजनीतिक कर्मक्षेत्र बनाएर सक्रिय छन् ।

पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जिल्लामा राप्रपाको उपस्थिति कायम राख्न उनी निरन्तर सक्रिय भए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ बाट उम्मेदवारी दिएका सिंहले ठूला दलहरूलाई पराजित गर्दै जित हासिल गरे ।  पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सिंहले जलस्रोत, ऊर्जा तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

साथै, प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सभापति बने । उनले स्थानीय विकास र पूर्वाधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाउँदै काम गरेका छन् ।

नागरिकसँग प्रत्यक्ष संवादमा अपेक्षाकृत कमजोर मानिए पनि स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै निरन्तर सक्रिय रहनु उनको स्वभाव हो ।

राप्रपाको कमजोर संगठनात्मक आधार भएको क्षेत्रमा पनि निरन्तर उपस्थित रहनुले अन्ततः उनलाई चुनावी सफलतासम्म पुर्‍याएको विश्लेषण गरिन्छ ।

ठूला दलका उम्मेदवारलाई पराजित गर्दै संसद् पुगेको अनुभवले उनलाई राजनीतिक रूपमा आत्मविश्वासी बनाएको छ ।

Battleground Analysis

अनुकूलता

  • अनुभवी नेतृत्त्व
  • स्थायी राजनीतिक कर्मक्षेत्र
  •  स्थानीय विकासमा सक्रियता

प्रतिकूलता

  • नागरिकसँग सीमित प्रत्यक्ष संवाद
  • उमेर र युवा प्रतिद्वन्द्वीहरू
  • संगठनात्मक कमजोर आधार
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
सरकारको अनुभव
मेयर, हेटौंडा नगरपालिका (२०६२)

दीपकबहादुर सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित