Home Candidate महालक्ष्मी उपाध्याय ‘डिना’

पहिलोपटक प्रत्यक्ष निर्वाचन जित्न संघर्षरत

http://नेपाली%20कांग्रेस
महालक्ष्मी उपाध्याय ‘डिना’
मकवानपुर - १ उम्मेदवार

महालक्ष्मी उपाध्याय ‘डिना’

महिला , ६१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१४०३८ मत
Profile Election History
Profile Election History

पार्टी राजनीतिमा सफलताका सिँढी चढ्दै आएकी डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।

०००

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले महालक्ष्मी उपाध्याय ‘डिना’ लाई उम्मेदवार बनाएको छ । ६१ वर्षीया डिना कांग्रेस राजनीतिमा लामो समयदेखि संघर्षरत नेतृ हुन् ।

२०२१ सालमा जन्मिएकी डिनाले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छिन् । उनी विद्यार्थी राजनीतिबाटै सक्रिय भएकी हुन् । पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा नेविसंघको राजनीतिमा लागेकी डिनाले २०३९ सालदेखि कांग्रेसको संगठन निर्माणमा लागेकी हुन् ।

२०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी हुँदा उनी शैलजा आचार्यसँगै सात महिना जेलसमेत बसिन् । त्यसको एक वर्षपछि, २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भई उनी विद्यार्थी राजनीतिमा होमिएकी हुन् ।

२०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ मकवानपुरको सभापतिमा चयन भइन् । डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।

२०४८ र २०५१ सालमा मकवानपुर-२ बाट प्रतिनिधिसभा निर्वाचन लड्दा उनी नेकपा एमालेका विरोध खतिवडासँग पराजित भइन् । २०७४ सालमा पनि सोही क्षेत्रमा उनले पुनः पराजय भोग्नुपर्‍यो ।

२०६४ र २०७० सालमा भने समानुपातिकबाट संविधानसभा सदस्य हुँदै डिना संविधान निर्माणमा सहभागी भइन् । यही अवधिमा उनी जलस्रोत राज्यमन्त्रीसमेत बनिन् ।

२०७९ सालको निर्वाचनमा उनी मकवानपुर-१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी थिइन् । सो निर्वाचनमा राप्रपाका दीपक सिंहसँग पराजित भइन् । यस पटक पनि सोही क्षेत्रबाट उनले उम्मेदवरी दिएकी हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित डिना पार्टी भित्र अनुभवी नेतृका रूपमा चिनिन्छिन् ।

Battleground Analysis

अनुकूलता

  • निरन्तरको राजनीतिक सक्रियता
  • महिला नेतृत्व र संगठन विस्तारमा योगदान
  • पार्टीप्रति प्रतिबद्धता र धैर्य

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनमा पटक-पटक पराजय
  • चुनावी रणनीति प्रभावकारी नदेखिएको भनेर आलोचना
  • जनलहर सिर्जना गर्न अपेक्षाकृत कठिनाइ
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४, २०७०)
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव
जलस्रोत राज्यमन्त्री (२०६३-०६४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मकवानपुर - २ विराेध खतिवडा (एमाले) पराजित
प्रतिनिधिसभा मध्यावधि २०५१ मकवानपुर - २ विराेध खतिवडा (एमाले) पराजित
संविधानसभा सदस्य निर्वाचन २०६४ समानुपातिक विजयी
संविधानसभा सदस्य निर्वाचन २०७० समानुपातिक विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मकवानपुर - २ विराेध खतिवडा (एमाले) ४६४८१ ३४०९० १२३९१ पराजित
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मकवानपुर - १ दीपकबहादुर सिंह २७८५१ २५४६४ २३८७ पराजित

महालक्ष्मी उपाध्याय ‘डिना’को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित