Home Candidate महालक्ष्मी उपाध्याय ‘डिना’

पहिलोपटक प्रत्यक्ष निर्वाचन जित्न संघर्षरत

http://नेपाली%20कांग्रेस
महालक्ष्मी उपाध्याय ‘डिना’
मकवानपुर - १ उम्मेदवार

महालक्ष्मी उपाध्याय ‘डिना’

महिला , ६१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३४९५ मत
Profile Election History
Profile Election History

पार्टी राजनीतिमा सफलताका सिँढी चढ्दै आएकी डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको  

०००

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर  मा नेपाली कांग्रेसले महालक्ष्मी उपाध्याय ‘डिना’ लाई उम्मेदवार बनाएको   ६१ वर्षीया डिना कांग्रेस राजनीतिमा लामो समयदेखि संघर्षरत नेतृ हुन् 

२०२१ सालमा जन्मिएकी डिनाले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छिन्  उनी विद्यार्थी राजनीतिबाटै सक्रिय भएकी हुन्  पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा नेविसंघको राजनीतिमा लागेकी डिनाले २०३९ सालदेखि कांग्रेसको संगठन निर्माणमा लागेकी हुन् 

२०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी हुँदा उनी शैलजा आचार्यसँगै सात महिना जेलसमेत बसिन्  त्यसको एक वर्षपछि२०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भई उनी विद्यार्थी राजनीतिमा होमिएकी हुन् 

२०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ मकवानपुरको सभापतिमा चयन भइन्  डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको  

२०४८  २०५१ सालमा मकवानपुर- बाट प्रतिनिधिसभा निर्वाचन लड्दा उनी नेकपा एमालेका विरोध खतिवडासँग पराजित भइन्  २०७४ सालमा पनि सोही क्षेत्रमा उनले पुनः पराजय भोग्नुपर्‍यो ।

२०६४  २०७० सालमा भने समानुपातिकबाट संविधानसभा सदस्य हुँदै डिना संविधान निर्माणमा सहभागी भइन्  यही अवधिमा उनी जलस्रोत राज्यमन्त्रीसमेत बनिन् 

२०७९ सालको निर्वाचनमा उनी मकवानपुर- बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी थिइन्  सो निर्वाचनमा राप्रपाका दीपक सिंहसँग पराजित भइन्  यस पटक पनि सोही क्षेत्रबाट उनले उम्मेदवरी दिएकी हुन् 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित डिना पार्टी भित्र अनुभवी नेतृका रूपमा चिनिन्छिन् 

Battleground Analysis

अनुकूलता

  • निरन्तरको राजनीतिक सक्रियता
  • महिला नेतृत्व र संगठन विस्तारमा योगदान
  • पार्टीप्रति प्रतिबद्धता र धैर्य

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनमा पटक-पटक पराजय
  • चुनावी रणनीति प्रभावकारी नदेखिएको भनेर आलोचना
  • जनलहर सिर्जना गर्न अपेक्षाकृत कठिनाइ
शिक्षा
स्नातकोत्तर 
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४, २०७०)
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव
जलस्रोत राज्यमन्त्री (२०६३-०६४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मकवानपुर - २ विराेध खतिवडा (एमाले) पराजित
प्रतिनिधिसभा मध्यावधि २०५१ मकवानपुर - २ विराेध खतिवडा (एमाले) पराजित
संविधानसभा सदस्य निर्वाचन २०६४ समानुपातिक विजयी
संविधानसभा सदस्य निर्वाचन २०७० समानुपातिक विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मकवानपुर - २ विराेध खतिवडा (एमाले) ४६४८१ ३४०९० १२३९१ पराजित
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मकवानपुर - १ दीपकबहादुर सिंह २७८५१ २५४६४ २३८७ पराजित

महालक्ष्मी उपाध्याय ‘डिना’को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित