Home Candidate जयपति रोकाया

स्थानीय संगठनमा निरन्तर सक्रियताको अनुभव लिएर संसद्को यात्रामा 

http://नेपाली%20कांग्रेस
जयपति रोकाया
हुम्ला - १ उम्मेदवार

जयपति रोकाया

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८७९७ मत
विजयी
Profile
Profile

राजनीतिमा रोकायाको यात्रा २०४९ सालमा नेपाल विद्यार्थी संघ हुम्लाको अध्यक्ष पदबाट सुरु भयो र उनी तीन कार्यकाल उक्त पदमा रहे।

०००

नेपाली कांग्रेसका नेता जयपति रोकाया आगामी २१ फागुनमा हुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। कांग्रेसको भातृ संस्था नेपाल तरुण दलमा रहँदै आएका उनी पार्टीमा स्थायी र अनुभवी नेतृत्वको रूपमा परिचित छन्।

रोकाया हालको सिमकोट गाउँपालिका–५ (साविक सिमकोट गाविस) का स्थायी बासिन्दा हुन्। उनले माध्यामिक शिक्षा हुम्लाको मानसरोवर माविबाट पूरा गरे भने काठमाडौंको शंकरदेव क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरे।

राजनीतिमा रोकायाको यात्रा २०४९ सालमा नेपाल विद्यार्थी संघ हुम्लाको अध्यक्ष पदबाट सुरु भयो र उनी तीन कार्यकाल उक्त पदमा रहे। त्यसपछि उनी तीन कार्यकालसम्म नेपाल तरुण दल हुम्लाको अध्यक्ष भएर अनुभव संकलन गरे।

कांग्रेसमा पनि उनको भूमिका प्रभावकारी छ। कांग्रेसको बाह्रौँ महाधिवेशनबाट हुम्ला पार्टी सभापतिमा सर्वसम्मत चयन भए र तेह्रौँ महाधिवेशनबाट पनि पुन: पार्टी सभापति बने। २०७४ सालको संघीय संसद्को समानुपातिकतर्फ हुम्लाबाट सिफारिस भए पनि सदस्य बन्न सकेनन्। २०७९ सालको निर्वाचनमा पनि समानुपातिक सदस्यका लागि सिफारिस भएता पनि सफल भएनन्।

हाल रोकाया कांग्रेस कर्णाली प्रदेश सदस्य र पार्टी महासमिति सदस्य पनि हुन्। यस पटक हुम्ला कांग्रेसको सिफारिसलाई केन्द्रले अनुमोदन गरेपछि उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।

 

व्यक्तिगत विवरण

नाम: जयपति रोकाया

जन्म : २०३५ साल कात्तिक ४ गते

स्थायी ठेगाना:  सिमकोट गाउँपालिका तल्लो गाउँ, हुम्ला

शिक्षा: एसएलसी

राजनीतिक टाइमलाइन 

२०४९ : नेविसंघ हुम्लाको अध्यक्ष (निरन्तर ३ कार्यकाल)

२०७४ : समानुपातिकको बन्दसूचीमा सिफारिस

२०७९ : समानुपातिकको बन्दसूचीमा सिफारिस

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

Battleground Analysis

अनुकूलता

  • जगदेखि बनेको नेतृत्व
  • लामो र अविचलित राजनीतिक यात्रा
  • संगठनात्मक नेतृत्व क्षमता
  • जिल्लामै बसेर काम गरेको छवि

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनको नयाँ अनुभव
  • अन्य दलका बलिया प्रतिस्पर्धी
  • पार्टीभित्रको असन्तोष बाँकी नै हुनु
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
नेपाली कांग्रेस

जयपति रोकायाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित