पालिकाको पराजय संसद् पुगेर बिर्साउने प्रयास
Battleground Analysis
अनुकूलता
- युवा र ऊर्जाशील नेतृत्व
- झिनो मतान्तरको सहानुभूति
- युुवा उमेर, नयाँको पनि रोजाइ
प्रतिकूलता
- स्थानीय तहमा दुईपटक पराजयको मनोविज्ञान
- पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धा
- बलियो प्रतिस्पर्धी
शिक्षा
प्सल टू
हालको दल
नेकपा एमाले
राजनीतिक टाइमलाइन
२०६३
अनेरास्ववियू सदस्य
बहुदलीय व्यवस्था पुनर्स्थापना हुनुभन्दा केहीअघि जन्मिएका लंकबहादुर रोकाया १५ वर्षको उमेरमा अनेरास्ववियूको सदस्यता लिएर विद्यार्थी राजनीतिमा होमिए ।
२०६८
एमाले डोल्पा सदस्य
केही वर्ष विद्यार्थी राजनीति गरेपछि उनी २०६८ मा एमाले डोल्पा जिल्ला कमिटी सदस्य बने ।
२०७४
गाउँपालिका अध्यक्षमा पराजित
संविधान जारी भएपछि भएकाे पहिलो स्थानीय तह निर्वाचनमा उनी मुड्केचुला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, पराजित भए ।
२०७८
एमाले सचिव
२०७८ मा आइपुग्दा उनी एमालेको छैटौं जिल्ला अधिवेशनबाट सचिव पदमा चयन भए ।
२०७९
पुन: उम्मेदवार र पराजित
२०७९ मा स्थानीय तहको दोस्रो चुनाव भयो । यसपटक पनि उनले मुड्केचुला गाउँपालिकाको अध्यक्ष उम्मेदवार बने । तर, यसपटक पनि उनी निकाल्न असफल भए ।
लंकबहादुर रोकायाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







