ह्याट्रिक जीतपछि सहोदर दाजुसँग चौथो प्रतिस्पर्धा
Battleground Analysis
अनुकूलता
- जिल्लामा बलियो प्रभाव
- स्थानीयस्तरसम्मै सुदृढ संगठन
- सरल शैली र स्वभावबारे मतदाता जानकार
प्रतिकूलता
- एकै व्यक्तिलाई पटक–पटक अवसर
- पार्टीभित्रै बढ्दो असन्तुष्टि
- बेला बेला आउने ठेक्कापट्टाका विवाद
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७० | डोल्पा-१ | सत्य पहाडी | २७७४ | ६९८७ | ४२१३ |
|
| २०७४ | डोल्पा-१ | अंगदकुमार बुढा | ३१६७ | ११७६१ | ८५९४ |
|
| २०७९ | डोल्पा-१ | गणेशबहादुर शाही | ५५०५ | ११२९२ | ५७८७ |
|
राजनीतिक टाइमलाइन
राप्रपाबाट राजनीतिमा संलग्न
२०५५ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएर उनले राजनीति यात्रा अघि बढाएका थिए ।
जिविस डोल्पाको सभापति
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि २०६० स्थानीय चुनाव गराएका थिए । त्यसमा विजयी हुँदै धनबहादुर जिल्ला विकास समिति डोल्पाको सभापति चुनिए । उनी २०६२ सम्म यो पदमा रहे ।
एमाले प्रवेश
राप्रपा परित्याग गरी उनी एमाले प्रवेश गरे । त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी एमालेबाट उम्मेदवार बने र विजयी भए ।
एमालेबाटै दोस्रोपटक सांसद
संविधान जारी भएपछि २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी पुन: उम्मेदवार बने । यसपटक पनि उनी जित निकाल्दै संसद् पुगे ।
फेरि पार्टी परिवर्तन
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद् भंग गरेपछि एमाले विभाजित भयो । २०७८ भदौमा नेकपा एकीकृत समाजवादी बन्यो। उनी त्यतै लागे ।
एकीकृत समाजवादीबाट पुगे संसद्
२०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी कांग्रेस, माओवादीलगायतको पाँचदलीय गठबन्धनबाट उम्मेदवार बने । यसपटक पनि चुनाव जित्दै ह्याट्रिक गरे ।
धनबहादुर बुढाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








