Home Candidate कर्णबहादुर बुढा

भाइको ‘ह्याट्रिक’ तोड्ने प्रयासमा कर्णबहादुर

http://नेपाली%20कांग्रेस
कर्णबहादुर बुढा
डोल्पा - १ उम्मेदवार

कर्णबहादुर बुढा

पुरुष , ६२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२९४७ मत
Profile Election History Timeline
Profile Election History Timeline

कम्युनिष्ट, राप्रपा, एमाले हुँदै कांग्रेस उम्मेदवार बन्दा पनि निर्वाचन जित्न असफल कर्णबहादुर यसपटक हारको सिलसिला तोड्ने प्रयासमा छन् ।

०००

२०२० सालमा डोल्पाको काइके २ शहरतारामा जन्मिएका कर्णबहादुर बुढा राजनीतिमा आउनु अघि गलैँचा व्यापारी थिए ।

२०३७ सालमा सदरमुकाम दुनैको सरस्वती माविबाट एसएलसी पास गरेका उनले काठमाडौंको आरआर क्याम्पसबाट आइएड पास गरे । उनी विद्यार्थीकलामा कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनको सदस्य थिए ।  

काठमाडौंमा पढाइ सकेर डोल्पा फर्केपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिए । राप्रपाको महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै कर्णाली प्रदेश इञ्चार्ज समेत बने । 

२०४८ सालमा राप्रपा प्रवेश गरेका उनी त्यसैबेला पार्टीको महाधिवेशन प्रतिनिधि बनेका थिए ।

२०५२ सालमा राप्रपाको जिल्ला अध्यक्ष भए । कर्णबहादुर २०६४ मा राप्रपाको केन्द्रीय सदस्य बने । २०७४ सालमा राप्रपाको सहमहामन्त्री हुँदै कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाले । 

माओवादीका क्रियाकलाप मन नपरेर राप्रपा प्रवेश गरेको बताउने कर्णबहादुर २०५१ सालमा चुनाव लडे । त्यो बेला नेपाली कांग्रेसका बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग ३०१ मतले पराजित भए ।

२०५६ सालमा फेरि चुनाव लडे । नेकपा एमालेका उम्मेदवार नरबहादुर बुढाथोकीसँग झन्डै ३ हजार मतको हराहरीमा कर्णबहादुरले पराजय भोगे । 

२०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन माओवादी केन्द्रका रामबहादुर बोहोरासँग पनि ४ हजार ५ सय मतले उनी पराजित भए । 

त्यसपछि उनी केही समय सक्रिय राजनीतिदेखि टाढा रहे ।

२०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेर पुन: राजनीतिमा सक्रिय भए । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुर्खेतका पाका नेता हृदयराम थानीलाई एक मतले पराजित गर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

त्यसपछि उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाले उनलाई प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गर्‍यो । यसैबीच नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत पाँच दलीय चुनावी गठबन्धन बन्यो ।

केन्द्रका नेताबीचको सिट बाँडफाँटमा डोल्पा नेकपा एकीकृत समाजवादीको भागमा पर्‍यो । त्यसैले उनले यसपटक एकीकृत समाजवादीका उम्मेदवार धनबहादुरलाई सघाए ।

धनबहादुर कर्णबहादुरका सहोदर भाइ हुन् । यसपटक कर्णबहादुर आफ्नै सहोदर भाइ नेपाकली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढालाई रोकेर जित खोज्दै छन् । धनबहादुर बुढा २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक चुनाव जितेका नेता हुन् ।

यो क्षेत्रमा एमालेका लंक रोकाया, रास्वपाबाट देव सिंह ऐडी, प्रलोपाबाट विकास बुढा लगायत ७ उम्मेदवार चुनावी मैदानमा छन् ।  

Battleground Analysis

अनुकूलता

  • अनुभवी नेतृत्व
  • पार्टीभित्र लोकप्रिय
  • उच्च शैक्षिक र व्यापारिक पृष्ठभूमि

प्रतिकूलता

  • निर्वाचनमा कमजोर इतिहास
  • अस्थिर राजनीतिक यात्रा
  • कठिन पारिवारिक प्रतिस्पर्धा
शिक्षा
प्रविणता प्रमाणपत्र तह
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०५१ डोल्पा-१ पराजित
२०५६ डोल्पा-१ पराजित
२०६४ डोल्पा-१ रामबहादुर बाेहोरा ९७२३ ३४२७ ६२९६ पराजित

राजनीतिक टाइमलाइन

२०३७

कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनको सदस्य

२०३७ सालमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले लुकीछिपी गतिविधि गरिरहेका थिए । यही क्रममा कर्णबहादुरले १७ वर्षको उमेरमा कम्युनिस्टनिकट विद्यार्थी संगठनको सदस्यता लिए ।

२०४८

राप्रपा प्रवेश

केही वर्ष कम्युनिष्ट पार्टीनिकट भएर काम गरेका उनी २०४८ मा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि राप्रपा प्रवेश गरे । २०५२ : राप्रपाको जिल्ला अध्यक्ष

२०५२

राप्रपाको जिल्ला नेतृत्व

पार्टी प्रवेशको चार वर्षमै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको डोल्पा जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगे ।

२०५१ र २०५६

प्रतिनिधिसभा सदस्य उम्मेदवार

२०५१ मा भएको मध्यावधि निर्वाचनका बेला उनी राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । तर पराजित भए । २०५६ मा पनि उही क्रम दोहोरियो ।

२०६४

संविधानसभा सदस्य उम्मेदवार

२०६४ चैत्र २८ गते भएको संविधानसभा सदस्य निर्वाचनमा पनि उनी राप्रपाबाट उम्मेदवार बनेका थिए । यसपटक पनि उनी विजयी हुन सकेनन् ।

२०६४-२०७४

पार्टी राजनीतिमा पदोन्नति

२०६४ मा उनी पहिलोपटक राप्रपाको केन्द्रीय सदस्य चयन भए । दश वर्षपछि २०७४ मा अझ माथि फड्किँदै सहमहामन्त्री र कर्णाली प्रदेश इन्चार्जसमेत भए ।

२०७४

नेपाली कांग्रेस प्रवेश

राप्रपाको राजनीतिमा लामो समय बिताएपछि २०७४ मा उनी नेपाली कांग्रेसमा प्रवेश गरे ।

२०८२

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

कांग्रेस प्रवेश गरेको आठ वर्षपछि आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको छ ।

कर्णबहादुर बुढाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित