Home Candidate माधवप्रसाद लामिछाने

विकल्पको आशा बनेर चुनावी दौडमा नेकपाका माधव

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
माधवप्रसाद लामिछाने
रसुवा - १ उम्मेदवार

माधवप्रसाद लामिछाने

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

माधव लामिछाने रसुवाका लागि "माटो र मुद्दा बुझेको" उम्मेदवार हुन्। विशेष गरी चिलिमेको सेयर आन्दोलन र विकास निर्माणमा उनको योगदानले गर्दा उनी जनताका बीचमा परीक्षण भइसकेका नेता हुन्।

०००

एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव लामिछाने प्रत्यक्षतर्फका उम्मेदवार छन् । यसपटक पुराना उम्मेद्वारहरूको आपसी लडाईंलाई मौकाको रूपमा लिँदै त्यसबाट जित हासिल गर्ने धाउन्नमा छन् । नेपाली कांग्रेसका नेता मोहन आचार्य र नेकपा एमालेका प्रेम तामाङसँग पहिलोपटक लामिछाने भिड्दै छन् ।

२०७४ र ०७९ मा आचार्यले यहाँबाट जित निकालेका थिए । त्यसअघि २०६४ मा माओवादीका उम्मेदवार विजयी भएका थिए । २०७० मा भने माओवादीका उम्मेदवार पराजित भए । अहिले उनिहरूसँगै प्रतिष्पर्धा गरेर लामिछाने जित निकाल्ने प्रयासमा छन् । यसलाई उनले आफू मतदातासामु नयाँ आशा सञ्चार गर्दै नयाँ उम्मेद्वारको रुपमा संसद् छिर्न सकिने संभावनाको अवसर ठानेका छन् ।

२०३४ कार्तिक २९ गते तत्कालीन लहरेपौवा गाविसको बनुवामा जन्मिएका माधव जनयुद्ध हुँदै संघर्षबाट उदाएका नेता हुन् । लामिछानेहरूको झुप्रोमा एक छाक भात खान पनि धौधौ थियो । पढाइमा अब्बल लामिछानेले चेतनाको विकास भएसँगै गरिब किसान परिवारबाट संघर्ष गर्दै वर्गसंघर्षको यात्रामा सामेल भए ।

२०४६ सालमा नै तत्कालीन मशाल (मोटो)को विद्यार्थी मोर्चामा आवद्ध भएका उनी २०५० मा वाईसीएलको जिल्ला सदस्य, २०५३ मा अखिल क्रान्तिकारीको रसुवा जिल्ला अध्यक्ष र २०५७ सम्म दुईवटा सम्मेलनबाट नै अध्यक्ष चुनिए ।

चिलिमे जलविद्युत् आयोजनामा स्थानीयको सेयर सुनिश्चित गराउन "सेयर संघर्ष समिति" को कमान्डर भएर लडेको इतिहास लामिछानेको सबैभन्दा ठूलो पुँजी हो।

तत्कालीन राज्यसत्ताले उनीमाथि व्यापक दमन गर्‍यो । प्रशासनको पाँचपटकको गिरफ्तारीपछि नेकपा माओवादी पार्टीमा २०५५ भदौबाट पूर्णकालीन कार्यकर्ता हुँदै रसुवाको उपइलाका इञ्चार्ज भए ।

२०५७ मा जिल्ला सदस्य लामिछाने त्यसपछि रसुवा नुवाकोट धादिङको संगठनको मोर्चामा काम गरिरहे । २०५८ को रसुवा नुवाकोट संयुक्त जिल्ला जनसरकार घोषणा सभाबाट जिल्ला उपप्रमुख पनि चुनिए । नेपालको वर्गसंघर्षलाई उचाई दिन उनले ज्यान हत्केलामा राखेर साहसिक लडाईं लडे ।

"स्थानीय स्रोतमा स्थानीयको अधिकार" र "बदलिएको राजनीतिक विकल्प" को एजेन्डालाई प्रभावकारी रूपमा बुथसम्म पुर्‍याउन सके भने, रसुवामा २०६४ पछिको वामपन्थी विरासत फर्काउँदै लामिछानेले संसद्को यात्रा तय गर्ने बलियो सम्भावना छ।

२०६७/६८ सालतिर चिलिमे जलविद्युत् आयोजनाको सेयर रसुवाका स्थानीय नागरिकलाई दिनुपर्ने मागसहित भएको आन्दोलनमा सेयर संघर्ष समितिको कमान्डर थिए, लामिछाने । आयोजनाले स्थानीय जनतालाई सेयर दिएकै कारण रसुवाका भुइँतहका जनतालाई यो हाम्रो अधिकार रहेछ भन्ने थाहा पाएका थिए, पहिलोपटक । स्थानीय स्रोतसाधनमाथि स्थानीय जनताको अग्राधिकारको मुद्दालाई स्थापित गर्न महत्वपूर्ण इतिहास उनले रचेका छन् ।

जनआन्दोलन सफल भएसँगै रसुवामा सडकको सञ्जाल विस्तार गर्ने अभियानमा मुख्य भूमिकामा लामिछाने देखापरे । जिल्लावासीसँग सजिलै भेट्न र उपलब्ध हुनसक्ने स्वभावका लामिछाने आफ्नो जनताप्रतिको लगावकै कारण मतदाताले जिताएर पठाएमा राज्यको जनप्रतिनिधिको रूपमा अझ सशक्त भएर सेवा गर्ने अठोट र अभिलाषा बोकेका छन् ।

Battleground Analysis

अनुकूलता

  • भुइँतहको मुद्दा र सेयर आन्दोलनको साख
  • नयाँ र आशालाग्दो विकल्प
  • संघर्षपूर्ण पृष्ठभूमि र सादगी जीवन

प्रतिकूलता

  • पुराना दलको संगठित मतभार
  • विगतको नतिजाको दबाब
  • साधन-स्रोतको सीमितता
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

माधवप्रसाद लामिछानेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित