Home Candidate मोहन आचार्य

राजनीति फापेका आचार्यको ह्याट्रिक गर्ने सुर

http://नेपाली%20कांग्रेस
मोहन आचार्य
रसुवा - १ उम्मेदवार

मोहन आचार्य

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२०१८ मत
अग्रता
Profile Election History
Profile Election History

मोहन आचार्य रसुवाका लागि "परीक्षित र चुनावी रणनीतिका चतुर" नेता हुन्। उनको मुख्य शक्ति नै उनको विगतको जितको शृङ्खला र पारिवारिक प्रभाव हो। यद्यपि, यसपटकको निर्वाचनमा अघिल्लो पटक जस्तो गठबन्धनको सहज सुविधा नहुनु र मतदातामा बढ्दो नयाँपनको खोजी उनका लागि मुख्य चुनौती हुन्।

०००

रसुवा जिल्लामा नेपाली कांग्रेसको तर्फबाट तेस्रोपटक उम्मेद्वार भएका मोहन आचार्य यसपटक पनि जित निकालेर ह्याट्रिक गर्ने धाउन्नमा छन् । २०३३ साल चैतमा रसुवाको लहरेपौवामा जन्मिएका आचार्यले प्रवीणता प्रमाण पत्र तहमात्र पूरा गरेका छन् । उनी यसअघि निर्माण व्यवसायको क्षेत्रबाट पछिल्लोपटक राजनीतिमा आएका हुन् ।

२०४८ सालबाट विद्यार्थी राजनीतिमा आवद्ध आचार्य २०७८ मा नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । आचार्यले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुईपटक निर्वाचित भइसकेका छन् । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट आचार्यले जित निकालेका थिए । जतिबेला उनले १८ हजार २३५ मत प्राप्त गरेका थिए ।

समानुपातिकमा भने कांग्रेसले १२ हजार ५८६ मत पाएको देखिन्छ । २०७४ मा एमाले र माओवादीसहितको गठबन्धनलाई पनि उनले पराजित गरे । उनको निकटतम प्रतिस्पर्धी एमालेका छोवाङ तेञ्जिन तामाङले ८ हजार ६१४ मत पाएका थिए । त्यसअघि २०७४ मा उनले निकटतम प्रतिद्वन्द्वी जनार्दन ढकाललाई ४ हजारभन्दा बढी मतले पराजित गरे ।

आफ्नो विकासका कार्यहरूलाई प्रभावकारी रूपमा जनतामाझ लैजान सके र कांग्रेसको आन्तरिक मतलाई सुरक्षित राख्न सके भने उनको 'ह्याट्रिक' गर्ने सम्भावना बलियो छ। तर, विपक्षीहरूले 'परिवर्तन' को एजेन्डालाई बलियो बनाएमा उनीमाथि ठूलो दबाब सिर्जना हुने देखिन्छ।

संसद्को सार्वजनिक लेखा समितिको सदस्य पनि भएर काम गरेको उनको अनुभव छ । उनका काका रामकृष्ण आचार्य यसै क्षेत्रबाट २०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र २०५१ मा राप्रपाबाट सांसद् निर्वाचित भई एक कार्यकाल विज्ञान तथा प्रविधि मन्त्रीसमेत भएका थिए ।

Battleground Analysis

अनुकूलता

  • अपराजित चुनावी रेकर्ड
  • पारिवारिक राजनीतिक विरासत
  • पार्टीभित्रको बलियो पकड

प्रतिकूलता

  • गठबन्धनको अभाव
  • परिवर्तनको चाहना
  • विपक्षीको रणनीति
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ रसुवा-१ जर्नादन ढकाल १०२७८ १४४५३ ४१७५ विजयी
२०७९ रसुवा-१ छोवाङ तेन्जिन तामाङ ८६१४ १८२३५ ९६२१ विजयी

मोहन आचार्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित