Home Candidate निशा डाँगी

समानुपातिकपछि प्रत्यक्ष जितेर संसद् पुग्ने लक्ष्य

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
निशा डाँगी
झापा - १ उम्मेदवार

निशा डाँगी

महिला , २९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४५६८० मत
विजयी
Profile Election History
Profile Election History

निशा डाँगीका लागि यो निर्वाचन समानुपातिकको 'ट्याग' हटाएर जनताबाट सिधै अनुमोदित हुने ठूलो अवसर हो।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट झापा क्षेत्र नम्बर १ की उम्मेदवार हुन् निशा डाँगी । २०७९ को प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी डाँगी यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । उनले संसद्‌मा जेनजी माग सम्बोधन गर्न बारम्बार ध्यानकर्षण गराएर चर्चामा आएकी थिइन् । २०७९ को संसदमा उनी कान्छी सांसद थिइन् । नीति निर्माणको सक्रिय भूमिका निभएकी डाँगी रास्वपाको सचेतकसमेत थिइन् ।

भीमबहादुर र देवीमाया डाँगीको सुपुत्री उनी २०५३ सालमा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी हुन् । उनले काठमाडौंको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन् ।

राजनीतिमा आउनुअघि उनी करिब पाँच वर्ष पत्रकारितामा सक्रिय थिइन् । उनी पत्रकारिताबाट राजनीतिमा होमिएकी हुन् । यसपटक झापा– १ मा उनलाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने अनुहारका रूपमा हेरिएको छ । नयाँ पुस्ताबाट उम्मेदवारी दिएपछि उनको झापामा उनको चर्चा बढेको छ ।

झपा १ मा कांग्रेसका केशवराज पाण्डे, एमालेका रामचन्द्र उप्रेती नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरे, राप्रपाका हेमराज कार्की लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । तर डाँगीले पुराना ठूला दलका उम्मेदवारलाई चुनौती दिइरहेकी छिन् ।

झापा १ मा २०७९ को निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मत ल्याएर विजय भएका थिए । एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका थिए । उनीहरुबीच करीब १४ हजार २७५ को मतान्तर थियो ।

यो तथ्यांकले अघिल्लो चुनावमा झापा–१ मा पुराना दलहरूको प्रभाव बलियो देखाउँछ । तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी पनि बलियो देखिएको छ ।

झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकताबारे नजिकबाट चिनेकी उनी विकास निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

Battleground Analysis

अनुकूलता

  • संसदीय अनुभव र युवा छवि
  • बौद्धिक र सञ्चार पृष्ठभूमि
  • परिवर्तनको संवाहक

प्रतिकूलता

  • पुराना दलको बलियो किल्ला
  • बहुपक्षीय भिडन्त
  • समानुपातिक भर्सेस प्रत्यक्ष
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ झापा-१ समानुपातिक विजयी

निशा डाँगीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित