Home Candidate पुष्पबहादुर शाह

कानूनी पृष्ठभूमि र बौद्धिक छविका नेता

http://नेपाली%20कांग्रेस
पुष्पबहादुर शाह
अछाम - २ उम्मेदवार

पुष्पबहादुर शाह

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२०१७ मंसिर २४ मा जन्मिएका नेपाली कांग्रेसका नेता पुष्पबहादुर शाह अछामको मंगलसेन नगरपालिका–५ का स्थायी बासिन्दा हुन् । २०३६ सालमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भएका उनले कानूनमा स्नातक गरेका छन् ।

२०३६ सालको जनमतसंग्रह, २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी रहेका शाह २०४९ मा कांग्रेस अछामको जिल्ला सदस्य भए । पार्टीको जिल्ला सदस्य हुँदै कोषाध्यक्ष, सचिव र जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका शाह २०४९ सालमा साविक मंगलसेन गाविसको उम्मेदवार भए ।


तत्कालीन समयमा नेकपा एमालेको गढ मानिने मंगलसेनमा कांग्रेसबाट उम्मेदवार नपाउने अवस्था थियो । ९० प्रतिशत जनसंख्या एमाले रहेको गाविसमा कांग्रेसबाट कसैले चुनाव लड्ने हिम्मत नगरेपछि ३२ वर्षीय युवा शाहले उम्मेदवार बन्ने आँट देखाए ।

त्यही आँट उनका लागि राजनीतिको ‘टर्निङ प्वाइन्ट’ बन्यो । हाल कांग्रेस अछामका सभापति रहेका शाह २०६७ सालमा पहिलोपल्ट सभापति बने । पोखरा महाधिवेशनपछि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि रहँदै आएका शाह नेपाल रेडक्रस सोसाइटी, नेपाल बार एशोसिएसन लगायत संघ–संस्थामा पनि आबद्ध हुँदै आएका छन् ।


उनले अछाम क्याम्पस सञ्चालक समिति र षोडसा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । जिल्ला सभापति शाह विघटित प्रतिनिधिसभाका सदस्य पनि हुन् । उनलाई कांग्रेसले आसन्न चुनावमा अछाम–२ मा उम्मेदवार बनाएको छ ।


यो क्षेत्रमा शाहसँगै नेकपा एमालेबाट यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भूपदेव शाह उम्मेदवार छन् ।

यस्तै राप्रपाबाट मीनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट झंकरबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्पराज न्यौपाने, नेकपा माओवादीबाट शेरबहादुर विक र उज्यालो नेपाल पार्टीबाट राजेश रावलले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेस नेता शाह अछाम–२ बाट निर्वाचित भएका थिए । शाह २२ हजार ९५४ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत पाएका थिए । अन्य प्रतिस्पर्धी (तीन जना) ले ४०० मत पनि कटाउन सकेका थिएनन् ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा भने शाह पराजित भएका थिए । उनलाई एमाले नेता बोगटीले नै हराएका थिए ।  बोगटी २१ हजार ९५६ मतका साथ निर्वाचित हुँदा शाहले १९ हजार १०६ मत पाएका थिए । तेस्रो भएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार झंकरबहादुर शाहीले १७३ मत पाएका थिए ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव र संगठनमा पकड
  • कानूनी पृष्ठभूमि र बौद्धिक छवि
  • २०७९ मा निकटतम प्रतिस्पर्धीसँग राम्रो मतान्तर कायम भएकाले आधार क्षेत्र बलियो देखिन्छ

प्रतिकूलता

  • लामो समयदेखि जिल्ला सभापति र प्रभावशाली पदमा रहेकाले नयाँ पुस्ता वा परिवर्तन चाहने मतदातामाझ ‘स्थायी नेतृत्व’प्रति असन्तोष देखिन सक्ने सम्भावना
  • मत विभाजनको जोखिम
  • चिरपरिचित प्रतिस्पर्धी

पुष्पबहादुर शाहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

पुष्पबहादुर शाह
भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी
VS