Home Candidate बलबहादुर कुँवर

हारको अनुभवलाई जितमा बदल्ने चुनौती

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
बलबहादुर कुँवर
अछाम - २ उम्मेदवार

बलबहादुर कुँवर

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
६४९३ मत
Profile Election History
Profile Election History

बलबहादुर कुंवर अछामको स्थानीय राजनीतिमा लामो समयदेखि चिनिएको नाम हो । २०१८ साल जेठ १५ गते जन्मिएका कुँवर अछामको ढकारी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।

कैलाली बहुमुखी क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गरेका उनी राजनीतिक यात्राको अधिकांश समय नेपाली कांग्रेसमा सक्रिय रहेर बिताएका पुराना नेता मानिन्छन् ।

तर समयक्रमसँगै उनको राजनीतिक धार फेरिएको छ । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम–२ मा उम्मेदवार बनेका छन्।

राजनीतिमा प्रवेश गर्नुअघि कुँवर अछाममा साझा सहकारीसँग जोडिएर काम गरे । नुन, चिनी, मलजस्ता अत्यावश्यक सामग्री सर्वसाधारणसम्म पुर्‍याउने साझा सहकारीको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जीवन, अभाव र जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाए। यही सामाजिक संलग्नताले उनलाई औपचारिक राजनीतितर्फ डोर्‍यायो ।

राजनीतिमा प्रवेश गर्नुअघि कुँवर अछाममा साझा सहकारीसँग जोडिएर काम गरे । नुन, चिनी, मलजस्ता अत्यावश्यक सामग्री सर्वसाधारणसम्म पुर्‍याउने साझा सहकारीको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जीवन, अभाव र जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाए। यही सामाजिक संलग्नताले उनलाई औपचारिक राजनीतितर्फ डोर्‍यायो ।


२०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट ढकारी गाविस वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुँदै उनले पहिलोपटक जनप्रतिनिधिको भूमिका निर्वाह गरे ।

सोही वर्ष उनी जिल्ला विकास समिति सदस्यमा पनि उम्मेदवार बने, यद्यपि त्यो चुनावमा भने पराजय भोग्नुपर्‍यो। त्यसपछि पनि उनी स्थानीय र जिल्ला तहको राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आए ।

कुँवरले सुकुम्बासी आयोग अछाम कार्यालयमा एक कार्यकाल उपाध्यक्ष र अर्को कार्यकाल कार्यालय प्रमुखको रूपमा काम गरेका छन् ।

भूमिहीन र सुकुम्बासी समुदायसँग प्रत्यक्ष काम गर्ने क्रममा उनले जमिन, बसोबास र सामाजिक न्यायका सवालमा अनुभव सँगाले, जसलाई उनी आफ्नो राजनीतिक पूँजीका रूपमा लिन्छन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट अछाम–२ बाट उम्मेदवार बनेका कुँवर नेकपा एमालेका भरत साउँदसँग पराजित भए । त्यसपछि २०७४ सालको निर्वाचनमा पनि उनी कांग्रेसकै तर्फबाट प्रदेश सभा सदस्यका लागि अछाम क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बने । त्यस निर्वाचनमा उनले ९ हजार ८३७ मत प्राप्त गरे पनि नेकपा एमालेका बलबहादुर सोडारीसँग ९७९ मतको अन्तरले पराजित हुन पुगे ।

कांग्रेसभित्र शेखर कोइराला पक्ष नजिक मानिने कुँवरलाई यसपटक पार्टीबाट टिकट नपाउने लगभग निश्चित भएपछि उनले कांग्रेस परित्याग गर्ने निर्णय गरे । त्यसपछि उनी नेकपामा प्रवेश गरे।

सुरुमा नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शरद सिंह भण्डारीले अछाम–२ को टिकट पाएका थिए। तर कुँवर नेकपामा प्रवेश गरेपछि राजनीतिक समीकरण फेरियो र अन्ततः टिकट कुँवरकै हातमा आयो।

वडाध्यक्षबाहेकका चुनावमा निरन्तर पराजय भोग्दै आएका बलबहादुर कुँवरका लागि यो निर्वाचन राजनीतिक जीवनको महत्वपूर्ण मोड मानिएको छ । पार्टी परिवर्तनपछि नयाँ मतदाताको भरोसा जित्न सक्लान् कि विगतका हारले उनलाई फेरि पनि पछ्याउने हो ? 

Battleground Analysis

अनुकूलता

  • सुकुम्बासी र भूमिहीनको मुद्दा
  • एकीकृत वाम शक्ति
  • सहानुभूति मत

प्रतिकूलता

  • पार्टी परिवर्तनको प्रभाव
  • पराजित इतिहासको दबाब
  • बलिया प्रतिस्पर्धीहरू
शिक्षा
प्लस–टू
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० अछाम-२ भरत साउँद १६६६४ १५४९० ११७४ पराजित
२०७४ अछाम-२ (२) बलबहादुर सोडारी १०८१६ ९८३७ ९७९ पराजित

बलबहादुर कुँवरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

बलबहादुर कुँवर
६४९३
यज्ञबहादुर बोगटी नेकपा एमाले
९५१८
पुष्पबहादुर शाह नेपाली कांग्रेस
९०४६
VS